पत्रकार महासंघको चुनावी परिणामः सत्तानिकट प्यानललाई धक्का

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २६, २०७७
|
|
५३ पटक हेरिएको
Shares
पत्रकार महासंघको चुनावी परिणामः सत्तानिकट प्यानललाई धक्का

सारांश

  • नेपाल पत्रकार महासंघको बुधबार भएको चुनावमा सत्तानिकट पत्रकारहरुको प्यानललाई धक्का लागेको छ ।
  • देशभर भइरहेको मनगणनाको परिणाम अनुसार विपुल पोखरेल नेतृत्वको प्यानल भारी मतान्तरले अगाडि रहेको छ ।
  • निर्मला शर्मा नेतृत्वको सत्तानिकट पत्रकारहरुको प्यानल अधिकांश जिल्लाहरुमा पराजित भएको छ ।

नेपाल पत्रकार महासंघको बुधबार भएको चुनावमा सत्तानिकट पत्रकारहरुको प्यानललाई धक्का लागेको छ । देशभर भइरहेको मनगणनाको परिणाम अनुसार विपुल पोखरेल नेतृत्वको प्यानल भारी मतान्तरले अगाडि रहेको छ ।

निर्मला शर्मा नेतृत्वको सत्तानिकट पत्रकारहरुको प्यानल अधिकांश जिल्लाहरुमा पराजित भएको छ । केन्द्रमा पनि पोखरेल नेतृत्वको प्यानल फराकिलो मतान्तरले अगाडि बढेको छ ।

ललितपुरमा सागर न्यौपाने नेतृत्वको प्यानल विजयी भएको छ । कोषाध्यक्षमा राजु बस्नेत विजयी भएका छन् । बस्नेत रिपोर्टर्स क्लब नेपाल ललितपुर शाखाका अध्यक्ष पनि हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलका शक्तिशाली मन्त्रीहरुको गृहजिल्लामै उनीहरु निकट पत्रकारको प्यानल पराजित भएका छन् । रुपन्देहीमा प्रगतिशील लोकतान्त्रिक प्यानलका रामराज पोखरलेको टिम विजयी भएको छ । पोखरेलले १६३ मत ल्याउँदा प्रेस चौतारीका दिनेश पाण्डेले १२० मत प्राप्त गरेका थिए । रुपन्देही अर्थमन्त्री विष्णु पौडेलको गृहजिल्ला हो ।

रौतहट, बारा, मुस्ताङ, रसुवालगायतका जिल्ला शाखामा प्रधानमन्त्री ओलीनिकट पत्रकारको समूह पराजित भएका छन् । सहरी विकासमन्त्री प्रभु साहको गृहजिल्ला रौतहटमा प्रेस चौतारीका उम्मेदवार पराजित भएका छन् ।

प्रतिष्ठान प्रदेश अध्यक्षमा बालकृष्ण अधिकारीको टिम नै जितेको छ । अधिकारी प्रेस युनीयनमा आवद्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कागेश्वरीमा भक्तजनको भीड
कागेश्वरीमा भक्तजनको भीड
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
राप्रपा प्रजातान्त्रिकले एक सिट पनि नजित्ने संभावना प्रबल, राष्ट्रिय पार्टी बन्नबाट ‘रिङ् आउट’ !
एक सय तीन वर्षीयाबाट मतदान
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा
सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा राजपा
चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु
चीनले चक्रपथमा मोनो रेल सम्भावनाका लागि अध्ययन शुरु
गण्डकीका नव नियुक्त मन्त्रीहरुद्वारा पदबहाली
गण्डकीका नव नियुक्त मन्त्रीहरुद्वारा पदबहाली
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
मन्त्रालय हेरफेरमा असन्तुष्टि जनाउँदै गण्डकीका वनमन्त्री मनाङेले दिए राजीनामा
स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः प्रचण्ड
स्थायीत्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली चाहिन्छः प्रचण्ड
कोरोनाबाट आज १ जनाको मृत्यु
फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)
फोहोरलाई मोहोर बनाउने शेरबहादुरका १० सूत्र : नो ल्याण्डफिल साइट (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?