जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, बैशाख २३, २०७८
|
|
५३ पटक हेरिएको
Shares
जसरी पनि ओलीलाई हराएरै छा्ड्ने रणनीतिमा नेपाल

सारांश

  • कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेकपा एमालेबाट फ्लोर क्रस भयो ।
  • एमालेका प्रकाश ज्वालासहित ४ प्रदेश सांसदले फ्लोर क्रस गरे ।
  • ती सबै माधव नेपाल पक्षका थिए ।

कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा नेकपा एमालेबाट फ्लोर क्रस भयो । एमालेका प्रकाश ज्वालासहित ४ प्रदेश सांसदले फ्लोर क्रस गरे । ती सबै माधव नेपाल पक्षका थिए । फ्लोर क्रसले शाही मुख्यमन्त्री कायमै रहे । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट यामलाल कँडेल मुख्यमन्त्री बन्नबाट रोकिए ।

गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भयो । सत्ता जोगाउन गुरुङ्गले जनमोर्चाका खिमविक्रम शाहीलाई कोभिड आइसियू वार्डमा पुर्याएको चर्चा चल्यो । दिपक मनाङेलाई मन्त्री बनाए । तर, त्यहाँ माधव नेपालले अविश्वासको प्रस्ताव अगाडि बढेमा फ्लोर क्रससम्मको तयारी गरेका छन् ।

लुम्बिनी प्रदेशमा ओलीका विश्वासपात्र शंकर पोखरेललाई उनकै गृहजिल्ला दाङबाट धक्का लाग्यो । विमला खत्रीले एमाले छाडेर माओवादी रोजिन् । तर, पोखरेलले सुर्य चिन्ह लिएर उम्मेदवार बनेकाले एमाले छाड्न नमिल्ने जिकिर गरे । उनले एकल बहुमत दाबी नै गरे । त्यसपछि दाङकै एमाले सांसद अमरबहादुर डाँगीले राजीनामा दिए । डाँगी माधव नेपाल निकट हुन् । उनको राजीनामाले मुख्यमन्त्री पोखरेल अल्पमतमा परे । अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । यसरी माधव नेपालले कुनैपनि रणनीति चालेर ओली र उनीनिकटलाई विफल बनाउन लागिपरेको सन्देश दिइसकेका छन् ।

संघीय संसदमा ओली विश्वासको मत लिन बढेका छन् । तर, उनले विश्वासको मत पाउन कठिन छ । ओलीले सबैभन्दा ठूलो दलको हैसियतले फेरि प्रधानमन्त्री बन्ने रणनीति बनाएका छन् । तर, त्यो अवस्था अगावै उनलाई हटाउन माधव नेपालले १५ देखि २१ सांसदलाई राजीनामा दिन लगाएर भएपनि ओलीलाई रोक्ने तयारी गरिसकेका छन् । उनी पक्षधर प्रत्यक्ष निर्वाचित १५ सांसद सम्मले राजीनामा दिएमा काँग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र समूहबीच समिकरणलाई बहुमत पुग्छ ।

माधव नेपाल ओलीसँग ‘गर या मर’ को लडाईंमा प्रस्तुत भइसकेका छन् । उनले त्यसको सन्देश कर्णाली र लुम्बिनी प्रदेशमा दिइसकेका छन् । उनी कुनै हालतमा ओलीलाई प्रधानमन्त्री रहन नदिने गरी राजनीतिक जीवनकै कठोरतम कदम चाल्ने तयारीमा छन् । एमालेको सांसद भएर पनि एमालेकै संसदीय दलका नेताविरुद्ध मत दिन समेत तयारी अवस्थामा माधव नेपाल समूह सक्रिय भएको छ । सुसाइड गोल गरेर भएपनि ओलीलाई पराजित गर्ने रणनीतिमा नेपाल बढेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’
रेखा थापाको उद्घोष ‘एक रुपैया खर्च नगरी चुनाव जित्छु’
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
संघीयता अनुकूल योजना, आयोगको पुनःसंरचना र आर्थिक सुधारलाई प्राथमिकता– उपाध्यक्ष वाग्ले
विश्व बजारको उतारचढाव: नेपाली बजारमा सुन तोलामा १८ सय र चाँदी ४५ रुपैयाँले घट्यो
विश्व बजारको उतारचढाव: नेपाली बजारमा सुन तोलामा १८ सय र चाँदी ४५ रुपैयाँले घट्यो
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
राष्ट्रसंघको महासभामा यसपटक नेपाल सुनिने र देखिने गरी प्रस्तुत हुन सफल भएको छः मुख्य सल्लाहकार रिमाल
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
बिहारको नक्कली प्रमाणपत्रधारी असई अख्तियारका फन्दामा
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
इजलासमा रविको गुनासो: श्रीमान् माथिको आदेश भन्दै राति साढे १० बजे झाक्कलझुक्कल गरेर मध्यरात पोखरा ल्याइयो
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै
काठमाडौं को धुम्बाराहीमा आज बिहानदेखि रक्तदान कार्यक्रम हुदै
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
भरतपुरमा निर्वाचन अायोगले गरेको निर्णयबिरुद्द सर्बत्र बिरोध- कसले के भने “
सिरिया आक्रमणलाई रुसले भन्यो ‘गुण्डागर्दी’
सिरिया आक्रमणलाई रुसले भन्यो ‘गुण्डागर्दी’
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी
‘म नै राज्य हो, मबिना संसार चल्दैन’ भन्ने भ्रममा नपर्न ओलीलाई माधव नेपालको चेतावनी

तपाईंले छुटाउनुभयो कि?