यसकारण सर्दैछ काँग्रेस महाधिवेशन

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, आश्विन ८, २०७८
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • नेपाली काँग्रेसको महाधिवेशन मंसिरमा नहुने निश्चितप्रायः भएको छ ।
  • १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्ने अवस्था बनेको हो ।
  • सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन सार्नेबारे छलफल बढाउन लगाएका छन् ।

नेपाली काँग्रेसको महाधिवेशन मंसिरमा नहुने निश्चितप्रायः भएको छ । १३ जिल्लाका वडा तहको अधिवेशन क्रियाशील सदस्यताको विवादले अन्यौलमा परेपछि महाधिवेशन सर्ने अवस्था बनेको हो ।

सभापति शेरबहादुर देउवाले पनि महाधिवेशन सार्नेबारे छलफल बढाउन लगाएका छन् । त्यसै बमोजिम महामन्त्री पूर्णबहादुर खड्काले विषय छलफलमा राखेको बुझिएको छ ।

काँग्रेसको ६४ जिल्लाको वडा अधिवेशन भइसकेको छ । पालिकाहरुको अधिवेशन हुन बाँकी छ । त्यसपछि प्रदेश, क्षेत्र हुँदै जिल्ला तहको अधिवेशन हुनुपर्नेछ । प्रदेशभन्दा माथिको अधिवेशन दशैं पछाडि मात्र हुने भएको छ । कार्यतालिका परिवर्तन भएकाले मंसिरमा महाधिवेशन हुने सम्भावना कम छ । फागुनमा महाधिवेशन सार्नेबारे छलफल बढाइएको छ ।

काँग्रेसको १४औं महाधिवेशन ९ देखि १३ मंसिरका लागि तय भएको छ । यो चौथोपटक सारेर तय भएको मिति हो । यसअघि १६ देखि १९ भदौमा गर्ने तय भएको थियो । त्यसभन्दा अघि ७ देखि १० भदौमा गर्ने तय भएको थियो । सबैभन्दा पहिले १४ औं महाधिवेशन ७ देखि १० फागुन २०७७ मा गर्ने गरी मिति तोकिएको थियो ।

काँग्रेसको महाधिवेशन यस वर्षभित्र नहुने सम्भावना पनि प्रबल छ । अर्ली इलेक्शनको सम्भावना देखि स्थानीय निकायको निर्वाचनको जेठभित्र हुने भएकाले पनि महाधिवेशन प्रभावित हुनसक्छ ।

देउवा महाधिवेशन भन्दा आमचुनावमा चासो दिन थालेका छन् । उनी महाधिवेशन अर्को वर्षलाई सारेर चुनाव आफ्नै नेतृत्वको सरकारबाट गराएर लाभ लिन खोजिरहेका छन् । अर्ली इलेक्शन काँग्रेसका लागि फाइदाजनक हुनसक्ने देउवा पक्षको विश्लेषण भइरहेको छ

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

 अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको छ :  महासचवि गुरुङ
 अस्थरिता नम्त्यिाउने चलखेल भइरहेको छ :  महासचवि गुरुङ
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
किन?भित्रिए माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी ‘,,
तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
तालबाराहीको आरती पर्यटकीय गन्तव्य बन्दै
५० वटा अण्डा खाने बाजी राखदा गयो ज्यान
५० वटा अण्डा खाने बाजी राखदा गयो ज्यान
काकी भतिज बीचको अश्लील रेकर्ड बाहिरियो, भतिज कांग्रेस वडा सभापति
काकी भतिज बीचको अश्लील रेकर्ड बाहिरियो, भतिज कांग्रेस वडा सभापति
सरकार विरुद्ध राप्रविसंको विरोध प्रदर्शन, सिके राउतको पुत्ला दहन  !
सरकार विरुद्ध राप्रविसंको विरोध प्रदर्शन, सिके राउतको पुत्ला दहन !
रेडियोमा पहिलोपटक गीत गाउने नेपाली गायिका रानुदेवीको निधन
रेडियोमा पहिलोपटक गीत गाउने नेपाली गायिका रानुदेवीको निधन
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
जीरोको ट्रेलर हेरेपछि शाहरुख खानका पाँच वर्षीय छोराले उनलाई के भने ?
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद  !(भिडियो सहित)
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद !(भिडियो सहित)
Body Parts of Nine People Found in a man’s Apartment in Japan
Body Parts of Nine People Found in a man’s Apartment in Japan

तपाईंले छुटाउनुभयो कि?