सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, जेठ २०, २०७९
|
|
५२ पटक हेरिएको
Shares
सिसडोलवासीसँग मेयर बालेनको प्रतिबद्धता- केमिकल हालेर दुर्गन्ध हटाउँछौँ

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगे।
  • लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न उनी त्यहाँ पुगेका थिए।

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह शुक्रबार बिहानै नुवाकोटमा रहेको सिसडोल क्षेत्रमा पुगे। लामो समयदेखि काठमाडौंको फोहोर बिर्सजन गर्न नदिएर अवरोध गरिरहेका स्थानीयबासिन्दासँग छलफल गर्न उनी त्यहाँ पुगेका थिए।

उपमेयर सुनीता डंगोलसहित महानगरको टोलीले केहीबेर स्थानीयसँग छलफल पनि गरे। छलफलको क्रममा मेयर साहले तत्कालको लागि केमिकल हालेर दुर्घन्ध हटाइने बताए। स्थानीयका कुरा सुनेपछि मेयर साहले केमिकल हालेर एक हप्ताभित्रमा दुर्घन्ध हटाइने बताए। त्यसका लागि केमिकल लिएर आउने गाडीमा स्थानीयले अवरोध गर्न नहुनेमा जोड दिए।

स्थानीयसँग उनले अर्को पनि प्रतिबद्धता जनाए। फोहोरबाट मल बनाउने सिस्टम जडान गरेर त्यहाँको फोहोरलाई मलमा परिणत गर्ने बताए । ड्रिल गरेर ग्यास निकाल्ने योजना पनि अघि सारे । यी दुवै कामको लागि कम्तिमा चार महिनाको समय लाग्ने बताए।

छलफलको क्रममा स्थानीयले राज्यसँग गरेको सम्झौता कार्यान्वयन नहुँदा फोहोर विर्सजन गर्न नदिएको बताएका थिए। फोहोर र मानिसहरू एकै ठाउँमा बस्न नसकिने भन्दै चाँडो भन्दा चाँडो त्यसको व्यवस्थापन गर्न पनि मेयरसँग आग्रह गरे।

सिसडोलवासीले फोहोर बिर्सजनमा अवरोध गरेपछि लामो समयदेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन्। फोहोर व्यवस्थापनका विषयमा छलफल गर्न मेयर साहले यसअघि बिहीबार सहरी विकासमन्त्री रामकुमारी झाक्रीसँग भेट गरेका थिए । भेटको क्रममा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको दिगो समाधान खोज्ने विषयमा छलफल भएको थियो।

अहिले निर्माणाधिन अवस्थामा रहेको बन्चरेडाँडाको ल्याण्डफिल साइट सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो। मेयरमा निर्वाचित भएसँगै मेयर साह सिसडोल र बञ्चरेडाँडाको अवलोकनका लागि पुगेका थिए । त्यसपछि आज बिहान उनी सिसडोल पुगेका हुन्। काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म कुनै पनि उत्सव नमनाउने उनले घोषणा गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
वृश्चिक राशि हुनेको न्वारानको नाम अनुसारको फल यस्तो हुन्छ
आजको राशीफल :
आजको राशीफल :
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
विद्यासुन्दरको घरदैलोमा ओली देखिएपछि स्वागत गर्न कांग्रेस कार्यकर्ता पनि !
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
अस्थायी शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ द्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता
डमरुसहित बाघ देखिएपछि क्षति रोक्न सक्रियता
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
माधव नेपालकाे उदाहरण दिंदै यसरि हप्काए देउवाले कार्यकर्तालाइ
एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण
एक करोडलगानीमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
पूर्वी युक्रेनका मानिसलाई सरकारले भन्यो -तत्काल भाग वा मृत्युको सामना गर
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप
प्रधानमन्त्री ओलीमाथि ‘राष्ट्रिय हितविरुद्ध गतिविधि गरी देशलाई बन्धकी राखेको’ प्रचण्डको आरोप

तपाईंले छुटाउनुभयो कि?