गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २९, २०७९
|
|
४८ पटक हेरिएको
Shares
गठबन्धन डर र कर दुवै हो : वरिष्ठ नेता पौडेल

सारांश

  • चितवन।
  • नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन्।
  • नेपाल प्रेस युनियन चितवनले आइतबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए।

चितवन। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन्। नेपाल प्रेस युनियन चितवनले आइतबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताए।

उनले भने, “ कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गरिहाल्छन्, यसैले गठबन्धन कर पनि हो डर पनि हो।” अहिलेको आवश्यकता मिलेर जानुपर्ने रहेको उनको भनाइ थियो। एक्लाएक्लै निर्वाचनमा गएर पछि गठबन्धन गरे पनि फरक नपर्ने जनाउँदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर, तालमेल गरेर जानुपर्ने रहेको बताए। गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको उनले बताए। उनले भने, “कुरा चलिरहेको छ, मिलाउने कोसिस हुन्छ।”

को कहाँबाट उम्मेदवार बन्ने भन्ने विषयमा अहिले निर्णय नभएको जनाउँदै उनले गठबन्धनभित्र दाबी हुनु स्वाभाविक रहेको बताए। दलहरूको धरातलीय पाटो हेरेर कुन क्षेत्रमा कसको सम्भावना छ त्यहीअनुसार अघि बढ्ने उहाँको भनाइ थियो। उनले भने, “तलको जनमत हेरेर निर्णय लिन्छौँ।” उनले थपे, “कुन उम्मेदवारलाई अघि सार्दा कस्तो होला, जनमत कसको बढी छ त्यसलाई आधार मान्नुपर्छ।” कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध गरे। उनले भने, “कांग्रेसले कांग्रेसलाई जिताउने हो हराउने होइन।”

आगामी निर्वाचनपछि देशको प्रधानमन्त्री तपाईँ हो भन्ने पत्रकारको प्रश्नको जवाफमा उनले भने, “यो निर्णय लिने जिम्मा पार्टीको हो। अहिले नै घोषणा गर्ने समय भएको छैन।” कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको उनले बताए। फरक प्रसङ्गमा उहाँले नागरिकता विधेयक संसद्ले पास गरेकाले राष्ट्रपतिबाट रोकिन हुँदैन भने। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
बलिउड अभिनेत्री दीया मिर्जाले गरिन् सम्बन्ध विच्छेद, ११ वर्षे वैवाहिक जीवनको अन्त्य
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
एकदिवसीय क्रिकेटः नेपालकाे दाेस्राे खेल अाज
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले बाटो बिराएछ, लोकतन्त्र नै समाप्त पार्ने बाटोमा कोहीपनि नलागौं: केशब बडाल
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
श्रीदेवी बाल सुधार विद्यालयमा संयुक्त कार्यक्रम आयोजना हुने
जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !
जोशीलाई प्रमाणपत्रको घाँडो : कक्षा १० मा दुई विषयमा फेल !
चिनभन्दा अमेरिका नै पहिलाे ! नेपालको भविष्य के?
चिनभन्दा अमेरिका नै पहिलाे ! नेपालको भविष्य के?
मृत घोषित महिलाले पाँच घण्टापछि कफिन’ ढकढक्याएपछि…..
मृत घोषित महिलाले पाँच घण्टापछि कफिन’ ढकढक्याएपछि…..
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
बंगलादेशी नागरिक रकम चोर को अभियोगमा लाजिम्पाटमा प्रकाउ
वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा
वाटर किङ्डम पार्क सञ्चालनको तयारीमा

तपाईंले छुटाउनुभयो कि?