कर्णालीमा दुई मन्त्रीले दिए राजीनामा
सारांश
- सुर्खेत १२ भदौ ।
- नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् ।
- जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।
सुर्खेत १२ भदौ । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका कर्णाली प्रदेशका दुई जना मन्त्रीले राजीनामा दिएका छन् । जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह र आर्थिक मामिला तथा योजना मन्त्री विन्धमान विष्टले मुख्यमन्त्री जीवनबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलले उनीहरुलाई राजीनामा दिन आग्रह गरेसँगै आइतबार मन्त्रीद्वयले राजीनामा बुझाएका हुन् ।
राजीनामा पत्र बुझे लगत्तै मुख्यमन्त्री शाहीले स्वीकृत समेत गरिसकेका छन् । सोमबार नयाँ मन्त्रीहरू नियुक्त हुने मुख्यमन्त्री शाहीले जानकारी दिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया