भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ १४, २०८०
|
|
४९ पटक हेरिएको
Shares
भारत तस्करी गर्न लागिएको मदिरासहित मोटरसाइकल बरामद

सारांश

  • जलेश्वर ।
  • महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ ।
  • जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

जलेश्वर । महोत्तरी प्रहरीले गएराति नेपालबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा र भारतीय नम्बरको मोटरसाइकल बरामद गरेको छ ।

जिल्लाको पश्चिमी सीमावर्ती मनरासिस्वा नगरपालिका–९ स्थित दशगजा क्षेत्रबाट भारततर्फ तस्करी गर्न लागिएको अवस्थामा प्रहरीले २२ कार्टुन मदिरा र एक थान मोटरसाइकल बरामद गरेको प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

भारतको विहार राज्यमा मदिरा प्रतिबन्धित रहेको अवस्थामा गएराति बीआर ३२ बी ८९२७ नम्बरको मोटरसाइकलमा मदिरा नेपालबाट भारततर्फ लैजाँदै गर्दा दशगजा क्षेत्रमा गस्तीका लागि गएको प्रहरी टोलीलाई देखेर तस्कर मोटरसाइकल र मदिरा छाडेर भागेका थिए ।

प्रहरीले सीमा क्षेत्रबाट बरामद गरेको मदिरा र मोटरसाइकल आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय जलेश्वरमा बुझाउने तयारी गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
नेपालले एक खेल अगावै जित्यो केन्याविरुद्धको एकदिवसीय सिरिज
काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी
काठमाडौ क्षेत्र नं. ६ मा आफ्नो विजय सुनिश्चित भएको प्रधानको दावी
Neha Kakkar’s alleged boyfriend Himansh Kohli blasts trolls for slamming her!
Neha Kakkar’s alleged boyfriend Himansh Kohli blasts trolls for slamming her!
डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि,सरकारको आनाकानी,
डा. गोविन्द केसीको स्वास्थ्य गम्भीर बन्दै गए पनि,सरकारको आनाकानी,
बालुवाटारमा लञ्च खाएर सुष्मा स्वराज स्वदेश प्रस्थान
बालुवाटारमा लञ्च खाएर सुष्मा स्वराज स्वदेश प्रस्थान
लण्डनःटावर ब्लकमा भीषण आगलागी
लण्डनःटावर ब्लकमा भीषण आगलागी
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विमलेन्द्र निधिले भने’ सबै पत्रकारलाई हटाऊ भनेर मिडियाका मालिकहरुलाई भन्यौ भने के हुन्छ ?
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
विवाह नगरी आमा बनिन् सलमान खानकी यी नायिका, तीन वर्षपछि गरिन् खुलासा
बुटवल उपमहानगरपालिका पछिल्लो अपडेट एमालेको अग्रता कायमै
बुटवल उपमहानगरपालिका पछिल्लो अपडेट एमालेको अग्रता कायमै
कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ’उत्साहजनक’
कोभिड-१९ विरुद्धको औषधी परीक्षणको परिणाम ’उत्साहजनक’

तपाईंले छुटाउनुभयो कि?