निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १४, २०८०
|
|
५७ पटक हेरिएको
Shares
निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ :  प्रधानमन्त्री

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएक छन् ।
  • नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले आर्थिक एवं औद्योगिक विकासका लागि परिसङ्घबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यावहारिक सुझाव प्राप्त भइरहेको र त्यसलाई सरकाले प्राथमिकतामा राखेको बताए ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएक छन् ।

नेपाल उद्योग परिसंघ (सिएनआई) का नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै उनले आर्थिक एवं औद्योगिक विकासका लागि परिसङ्घबाट प्रत्यक्ष रुपमा नीतिगत तथा व्यावहारिक सुझाव प्राप्त भइरहेको र त्यसलाई सरकाले प्राथमिकतामा राखेको बताए ।

परिसङ्घका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवालको नेतृत्वमा गएको परिसङ्घ पदाधिकारीको टोलीले प्रधानमन्त्रीसँगको भेटमा पुँजीगत खर्च समयमै हुने वातावरणका लागि आग्रह गरेको थियो । परिसङ्घ अधयक्ष राजेश अग्रवालले बजेटको सफल कार्यान्वयनका लागि सरकारले घोषणा गरेको अनुगमन समितिमा निजी क्षेत्रको प्रतिनिधित्व गराउन आग्रह गरे ।

बजेटले लिएको छ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न, अर्थतन्त्रलाई चलायमान बनाउन खुकुलो मौद्रिक नीति आवश्यक रहेकोमा अग्रवालले जोड दिए । उनले स्वदेशी उत्पादनको प्रबद्र्धन एवं सरकारको राजस्व बढाउन चोरी पैठारी नियन्त्रण गर्न निर्मम ढङ्गले प्रस्तुत हुन आग्रह गरे ।

हालै प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा भएको विद्युत् निर्यात तथा विद्युतीय भुक्तानीसम्बन्धी समझदारी छिटो कार्यान्वयनमा लैजानुपर्नेमा पनि उनले जोड दिए ।

प्रधानमन्त्रीसँगको भेटमा उपाध्यक्षहरु वीरेन्द्रराज पाण्डे, अमित मोर, भीम घिमिरे, स्थायी आमन्त्रित पदाधिकारीहरु छायाँ शर्मा, गोकुल भण्डारी, महानिर्देशक दिपकराज जोशी सहभागी थिए । ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
नवनियुक्त प्रहरी महानिरीक्षक थापा : सरकारको निःस्वार्थ सेवाका लागि प्रतिबद्ध छु
सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास
सम्बोधन आगामी नीति तथा कार्यक्रममा समेटिने विश्वास
अवैध डलर बारे आनी छोइङको यस्तो खण्डन
अवैध डलर बारे आनी छोइङको यस्तो खण्डन
बेलायतलाई हराउँदै अमेरिका विश्वकप फुटबलको फाइनलमा
बेलायतलाई हराउँदै अमेरिका विश्वकप फुटबलको फाइनलमा
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज
सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेविसंघ कार्यकर्तामाथी प्रहरीकाे लाठीचार्ज
एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक
एमाले भक्तपुर-२ का उम्मेदवारको पाँच वर्षे ‘३० वटा महत्वपूर्ण योजना’हरु सार्वजनिक
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी
ललिता निवासको १४३ रोपनी जग्गा नामसारी गरियो : सीआईबी
गोरखा १ को  ताजा  मतपरिणाम
गोरखा १ को ताजा मतपरिणाम
भेट भयो भन्दै मेलिना राई
भेट भयो भन्दै मेलिना राई
रामचन्द्र गुटको भेलामा शेरबहादुरको विरोध, पौडेलले भने- देउवाबाट अब पार्टी चल्दैन

तपाईंले छुटाउनुभयो कि?