पूर्वराष्ट्रपति भण्डारीको एमालेमा ‘इन्ट्री’ कतिको सम्भव ?

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र १७, २०८०
|
|
५५ पटक हेरिएको
Shares
पूर्वराष्ट्रपति भण्डारीको एमालेमा ‘इन्ट्री’ कतिको सम्भव ?

सारांश

  • काठमाडौं।
  • निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ ।
  • नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ ।

काठमाडौं। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)की पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारी एमालेबाटै फेरि सक्रिय राजनीतिमा आउने चर्चाले अहिले बजार तातेको छ ।

एमालेको एक पक्ष भण्डारीलाई एमालेमा ल्याउन सक्रिय रूपमा लागेको छ भने अर्को पक्ष रोक्ने प्रयास गरिरहेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्वबाट हटाएर २०८४ सालको आमनिर्वाचनमा भण्डारीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने योजना भित्रभित्रै बनेको छ ।

एमाले अध्यक्ष ओलीको नेतृत्वमा २०७९ सालको निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको बुझाइ भण्डारीलाई भित्र्याउन चाहनेहरूको छ । तत्कालीन नेकपाको दुई तिहाइनजिकको बहुमत जोगाउन ओली असफल भएको र उनकै नेतृत्वमा २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्दा राम्रो नतिजा आउन नसकेको निष्कर्ष उनीहरूको छ । ओलीकै नेतृत्वमा २०८४ सालको निर्वाचनमा समेत राम्रो नतिजा ल्याउन नसकिने भएकाले त्यसअघि नेतृत्व फेर्नुपर्ने कसरत भइरहेको हो ।

‘ओलीको हठ, गतल कार्यशैली एवं मनोमानीले आउने निर्वाचनमा पार्टीले राम्रो नजिता ल्याउन नसकिने २०७९ सालको निर्वाचनबाट प्रस्ट भइसकेको छ, राम्रो नजिता आए पनि त्यसलाई जोगाउन नसकिने नेकपाको प्राप्त बहुमतबाट पनि देखियो, त्यसैले अब आउने निर्वाचनअघि नेतृत्व फेर्नुको विकल्प छैन,’ ओलीको नेतृत्व फेर्ने अभियानमा लागेका एमालेका एक स्थायी कमिटी सदस्यले भने ।

ओलीको नेतृत्व फेर्ने र भण्डारीलाई नेतृत्वमा ल्याउने चर्चाले अहिले एमालेमा नयाँ गुट निर्माणले तीव्रता पाएको छ । पार्टी महासचिव शंकर पोखरेलसहितका नेताहरूले भण्डारीलाई भेटेरै सक्रिय राजनीतिमा फर्किन आग्रह गरिसकेका छन् । नेतृत्वमा भण्डारीलाई ल्याउन खोजेका पोखरेल शनिबार सद्भावनापूर्ण चीन भ्रमणका लागि त्यसतर्फ लागेका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा महासचिव पोखरेल नेतृत्वको टोलीले १२ दिने भ्रमण गर्ने र सो भ्रमण टोलीमा पार्टी स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमलगायत केन्द्रीय तहका नेता रहेका छन् ।

भ्रमण टोलीले गणतन्त्र चीनका तीन मुख्य सहर छोङ्छिङ, बेइजिङ र छिङ्हाईको भ्रमण गर्ने भनिए पनि भण्डारीलाई कसरी एमाले नेतृत्वमा स्थापित गर्ने भन्ने विषयमा समेत चीनमै थप योजना बन्ने बताइएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी)ले विभाजित तत्कालीन नेकपालाई पुनः एकीकृत गर्न खोजेको र ओलीको नेतृत्वमा सम्भव नभएकाले भण्डारीलाई नेतृत्वमा ल्याउन खोजिएको बुझाइ कतिपयको रहेको छ ।

एमालेमा नेतृत्व फेर्न लागिएको चर्चा चलिरहेकै बेला शनिबार बुटवल पुगेका पार्टी उपाध्यक्ष विष्णु पौडेलले एमालेभित्र नेता, नीति, विधि र विचारमा कुनै समस्या नभएको बताउँदै पार्टीको नेतृत्व केपी ओलीभन्दा अरूबाट तत्काल हुन नसक्ने बताएका छन् ।

पार्टी नेतृत्वको विषय जोडेर गलत मनसायले प्रचार भइरहेको बताउँदै पौडेलले एमाले नेतृत्वमा ओलीको विकल्प नभएको ठोकुवासमेत गरे । कुण्ठित मनसाय राखेर विवाद ल्याउने प्रयास भइरहेको बताउँदै उनले त्यसमा आफूहरू सावधानीपूर्वक अघि बढ्ने बताए ।

अहिले विभिन्न कोणबाट नेतृत्वको विषय उठाएर एमालेलाई कमजोर पार्ने प्रयास भइरहेको बताउँदै पौडेलले भने, ‘एमाले नेता, नीति, विधि र विचारमा एकताबद्ध छ, कुनै अस्पष्टता छैन, अध्यक्ष केपी ओलीकै नेतृत्वमा पार्टीले मिसन २०८४ सञ्चालन गरिरहेकाले कोही कसैले कुण्ठित आशा नराखे हुन्छ, नेतृत्वको विषयमा विवाद आज पनि छैन र भोलि पनि हुनेछैन ।’

एमाले जीवन्त पार्टी भएको र जीवन्त पार्टीमा गुट र पार्टीसँगै अघि बढ्न नसक्ने ठोकुवा पौडेलको छ । ‘गुट बनाउनेले पार्टी समाप्त पार्छन्, पार्टी बनाउनेले गुट समाप्त पार्छन्,’ नेता पौडेलले भने ।

एमाले पार्टीभित्र बसेर भित्रैबाट गुट उपगुट चलाउने र चर्चा गरेर बस्ने छुट कसैलाई नरहेको बताउँदै पौडेलले भने, ‘गुटबन्दीको सहारा लिने भनेका कायरहरू हुन्, पार्टीभित्र भविष्य नदेख्ने र संगठनको काम गर्न नसक्नेहरूले मात्र गुटको सहारा लिन्छन् ।’

पूर्वराष्ट्रपति भण्डारी फेरि एमालेको राजनीतिमा सक्रिय हुने चर्चा चलिरहेका बेला एमालेका अध्यक्ष ओलीले उनलाई एमालेमा स्वागत हुने बताए । गत १० भदौमा विराटनगर पुगेर एमाले अध्यक्ष ओलीले पार्टीमा भण्डारीलाई कसैले निषेध नगरेको र सधैं स्वागत हुने बताएका थिए ।

ओलीले भण्डारी पार्टीको आदरणीय व्यक्ति भएको बताए । ओलीले राजनीतिक गर्छु भन्दा भण्डारीलाई कसैले नरोक्ने बताउँदै भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो ? कसले रोक्छ ? कसरी रोक्छ ? हामी उहाँलाई निषेध गर्दैनौं, उहाँ आउँछु त भन्नुप¥यो, सधैं वेलकम छ, पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्ति पनि उहाँ हुनुहुन्छ ।’

त्यसभन्दा अगाडि पनि उनी नजिककै मित्र भएको भन्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो पार्टीको उपाध्यक्ष नै हो, हाम्रो पार्टीको आदरणीय व्यक्तित्व नै हो त्यसैले हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठुलो कुरा होइन ।’

पूर्वराष्ट्रपति भण्डारी फेरि राजनीतिमा सक्रिय हुने चर्चा चले पनि पनि उनले भने यस’boutमा मुख खोलेकी छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
अब आउन बाँकी ९ स्थानको मतपरिणाम जसमा ५ मा एमालेको अग्रता ४ मा कांग्रेसको
बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई
बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
२०४६ को जनआन्दोलन सम्झाउने त्यो फोटो…
भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी
भागरथी हत्याका दोषीलाई उम्कनै नदिने गरी प्रमाण जुटाउँदै प्रहरी
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
संकटा क्लब तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा
‘प्रेम गीत ३’ हिरोइन् क्रिष्टिना : आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु
‘प्रेम गीत ३’ हिरोइन् क्रिष्टिना : आफ्नो तर्फबाट शत प्रतिशत दिनेछु
ऋषि कपुरलाई क्यान्सर भएको खुलासा !
ऋषि कपुरलाई क्यान्सर भएको खुलासा !
सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द
सुक्खा पहिरो खसेपछि बीपी राजमार्ग फेरि बन्द
पूर्वराजा शाहद्वारा सरकारको कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने घोषणा
पूर्वराजा शाहद्वारा सरकारको कोरोना उपचार कोषमा २ करोड जम्मा गर्ने घोषणा
मनाेरञ्जन समाचार : यसकारण अरबाजलाई छोडेकी थिइन् मलाइकाले
मनाेरञ्जन समाचार : यसकारण अरबाजलाई छोडेकी थिइन् मलाइकाले

तपाईंले छुटाउनुभयो कि?