युरोकप फुटबलः पोर्चुगल क्‍वाटारफाइनलमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १८, २०८१
|
|
४८ पटक हेरिएको
Shares
युरोकप फुटबलः पोर्चुगल क्‍वाटारफाइनलमा

सारांश

  • काठमाडौं।
  • पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
  • फ्रान्कफर्टमा मंगलबार बिहान सम्पन्न खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गरेको हो।

काठमाडौं। पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोकप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। फ्रान्कफर्टमा मंगलबार बिहान सम्पन्न खेलमा पोर्चुगलले स्लोभानियालाई पेनाल्टी सुटआउटमा ३-० गोलले पराजित गरेको हो।

गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा तीन पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो। पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो।

निर्धारित ९० मिनेटपछि थप गरिएको अतिरिक्त समयको पहिलो हाफको अन्तिम समयमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्न चुकेका थिए। रोनाल्डोको प्रहारलाई विपक्षी कप्तान यान ओब्लाकले विफल पारेका थिए।

यो जीतसँगै पोर्चुगलले अब क्वाटरफाइनलमा फ्रान्सको सामना गर्नेछ । क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा जर्मनी र स्पेन खेल्ने पक्का भइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
हिन्दू राष्ट्रका विषयमा जनमत संग्रह हुनुपर्छ: महामन्त्री कोइराला
कपनबाट हराएका बालक विहारमा भेटिए
कपनबाट हराएका बालक विहारमा भेटिए
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
कालिका ११ मा एमाले वडा अध्यक्ष र तिन सदस्यमा विजयी, दलित सदस्यमा काँग्रेस निर्विरोध
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
पूर्वराजा ज्ञानेन्द्रलाई लिन पूर्वरानी कोमल पूर्व युवराज पारस शाह, पूर्व युवराज्ञी हिमानी शाह पुगे नर्भिक अस्पताल
मोदी र ओलीको भेटपछि नेपाललाई हिन्दु राष्ट्र बनाउने सहमति हुने डा. लोहनीको खुलासा
के कारणले प्रधानमन्त्री ओली अस्पताल भर्ना भए ?
के कारणले प्रधानमन्त्री ओली अस्पताल भर्ना भए ?
६० जनासम्म मन्त्री बनाउन मिल्छ  : प्रधानमन्त्री देउवा
६० जनासम्म मन्त्री बनाउन मिल्छ : प्रधानमन्त्री देउवा
पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी
पोखरा दुर्घटना अपडेटः ६६ जनाको शव फेला, संकलित शव आफन्तलाई बुझाउने तयारी
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी
नेपालगञ्ज उपमहानगरपालिकाः २० वर्ष पहिलेकै प्रतिस्पर्धी
नेपाल प्रज्ञा प्रतिष्ठानमा फेरि उप्रेती नियुक्त
नेपाल प्रज्ञा प्रतिष्ठानमा फेरि उप्रेती नियुक्त