बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द

Abhiyanpost Abhiyanpost
|
आइतबार, श्रावण २०, २०८१
|
|
५८ पटक हेरिएको
Shares
बंगलादेशमा फेरि प्रदर्शन चर्कियो: देशभर कर्फ्यु, इन्टरनेट बन्द

सारांश

  • काठमाडौं।
  • बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ।
  • प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ।

काठमाडौं। बंगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ।

प्रदर्शन चर्किएपछि बंगलादेश सरकारले आइतबार साँझ ६ बजेदेखि पूरै बंगलादेशमा कर्फ्यूको घोषणा गरेको छ। बंगलादेशमा जारी हिंसामा आइतबार मात्र ३२ जनाको मृत्यु भएको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्।

बंगलादेशको गृह मन्त्रालयले आइतबार साँझ ६ बजेदेखि देशभर कर्फ्यूको घोषणा गरेको छ। कर्फ्यु अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहनेछ।

आइतबार बंगलादेशका विभिन्न भागहरूमा हजारौं मानिसहरू भेला भए र शेख हसिनाको राजीनामाको माग गरेका थिए। शनिबार प्रदर्शनकारीहरूले बंगलादेशको राजधानी ढाकाका मुख्य सडकहरू घेराबन्दी गरेका थिए। बंगलादेशमा हालै प्रहरी र विद्यार्थी प्रदर्शनकारीबीच हिंसात्मक झडप भएको छ। आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न खोजिरहेका छन्। यसअन्तर्गत सन् १९७१ मा बंगलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
बहुविवाह मुद्दाका फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा
बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा
डेंगु नियन्त्रणका लागि विद्यालय बन्द
डेंगु नियन्त्रणका लागि विद्यालय बन्द
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
नेपालकाे लगातार दाेस्राे जित, दिपेन्द्रकाे सतकिय पारी र सागरकाे अलराउण्ड प्रदर्शन महत्वपूर्ण !
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
यस्तो छ गृहमन्त्रीको असार १५ मा खेताला रुप (फोटोफिचर)
शारीरिक सम्पर्क को क्रममा महिलाको ज्यान गए पछि…
संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
संसदको अवरोध हटाउन सभामुखसहित शीर्ष नेताको बैठक आज पनि बस्दै
उदयपुर,सिरहा र सप्तरीका पशुऔषधी पसल दर्ता नगरी संचालन
उदयपुर,सिरहा र सप्तरीका पशुऔषधी पसल दर्ता नगरी संचालन
दार्चुलाका मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो १६ लाख क्षतिपूर्ति
दार्चुलाका मृतक बालकको परिवारलाई भारतीय निर्माण कम्पनीले दियो १६ लाख क्षतिपूर्ति
बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश
बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश

तपाईंले छुटाउनुभयो कि?