नेपाल वायुसेवा निगमले हवाई भाडा घटायो

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ६, २०८१
|
|
६६ पटक हेरिएको
Shares
नेपाल वायुसेवा निगमले हवाई भाडा घटायो

सारांश

  • काठमाडौं।
  • राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ।
  • निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम दुई हजार पाँचसयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ।

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय गन्तव्यको हवाई भाडादरमा छुट दिएको छ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार न्यूनतम दुई हजार पाँचसयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिइनेछ। काठमाडौंबाट भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर सेक्टरका लागि बजार भाडादरमा दुई हजार पाँच सयसम्म छुट दिइनेछ भने कतारको दोहा युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबई, साउदी अरेबियाको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा पाँच हजारसम्म दिइएको निगमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

हवाईभाडादर घटाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष निर्देशन बमोजिम राष्ट्रिय दायित्व निर्बाह गर्दै अन्तर्राष्ट्रिय गन्तव्यहरुको भाडादरमा छुट दिन थालिएको निगमले जनाएको छ।

हवाईभाडा वृद्धिबारे गुनासो बढेपछि पर्यटनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका थिए।

यसअघि हवाई सेवा कम्पनीहरुले नियामक निकायसँगको छलफलमा हवाईभाडा नियन्त्रणका लागि पाँच बुँदे सहमति गरिएको भएपनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्रीले एयरलाइन्सहरुले नागरिकको मर्का बुझिदिन अनुरोध गरेका थिए।

निगमका अनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यही नोभेम्बर १ देखि २२ सम्म डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा दिल्लीको दुईतर्फी उडानमा ३७ जना क्यान्सर रोगीलाई शतप्रतिशत र ती बिरामीका ३३ कुरुवालाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महंगी बढेपछी सरापे बिदेशिय (भिडियाे)
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
भूकम्पपछि चुनौतीपूर्ण अवस्थामा टर्की, २१ हजार भन्दा बढीको मृत्यु
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
नेवानिका कार्यकारी अध्यक्ष खरेलले जापानमा नेपालको बेइज्जत गरे
पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन
पृथ्वीबाट डाइनोसर नै लोप हुनेगरी महाप्रलय भएको त्यो दिन
कर्मचारी सरुवामा प्रविधिको फड्को: अनलाइन प्रणालीमार्फत १७३ को सरुवा, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य
कर्मचारी सरुवामा प्रविधिको फड्को: अनलाइन प्रणालीमार्फत १७३ को सरुवा, मन्त्रालय धाउनुपर्ने बाध्यता अन्त्य
राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने
राष्ट्रपतिमा विद्या भण्डारी नै दोहोरिने
चैत १० गते मंगलवारको राशिफल यस्तो छ
चैत १० गते मंगलवारको राशिफल यस्तो छ
अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारीले गराउने
अयोध्याको श्रीराम मन्दिरको प्राण प्रतिष्ठा नेपालका पुजारीले गराउने
के ‘सरप्राइज’ दिँदैछन् त ओली–प्रचण्ड ?
के ‘सरप्राइज’ दिँदैछन् त ओली–प्रचण्ड ?
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले  !
पोखरामा पत्रकार माथि हातपात, यस्तो समाचार लेखेका थिए पत्रकार सुरेशराज अधिकारीले !

तपाईंले छुटाउनुभयो कि?