सुनको मूल्य बढेर प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ पुग्यो

Asmita-Newsdesk Asmita-Newsdesk
|
आइतबार, भाद्र ७, २०८३
|
|
३४ पटक हेरिएको
Shares
सुनको मूल्य बढेर प्रतितोला ३ लाख १९ हजार ५०० रुपैयाँ पुग्यो

सारांश

  • नेपाली सुनचाँदी बजारमा साताको सुरुवातमै सुनको मूल्य बढेको छ।
  • नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  गरेको नयाँ दररेट अनुसार छापावाल सुनको मूल्यमा एकै दिन प्रतितोला दुई हजार आठ सय रूपैयाँको वृद्धि दर्ता भएको हो।
  • अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा सुनको मूल्य बढेको व्यवसायीहरूले जनाएका छन्।

नेपाली सुनचाँदी बजारमा साताको सुरुवातमै सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले  गरेको नयाँ दररेट अनुसार छापावाल सुनको मूल्यमा एकै दिन प्रतितोला दुई हजार आठ सय रूपैयाँको वृद्धि दर्ता भएको हो।

अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावका कारण स्थानीय बजारमा सुनको मूल्य बढेको व्यवसायीहरूले जनाएका छन्। अन्तर्राष्ट्रिय स्तरमा प्रतिऔँस सुन चार हजार छ सय तेइस अमेरिकी डलरमा कारोबार भएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा परेको देखिन्छ।

मूल्य वृद्धि भएसँगै आज छापावाल सुन प्रतितोला तीन लाख १९ हजार ५०० रूपैयाँ पुगेको छ। गत शुक्रबार यही सुन प्रतितोला तीन लाख १६ हजार ७०० रूपैयाँमा कारोबार भएको थियो।

सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने सामान्य गिरावट आएको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १० रूपैयाँले घट्दै चार हजार ९७५ रूपैयाँ निर्धारण गरिएको छ।

विश्वव्यापी आर्थिक सूचक र अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔँस ६९ अमेरिकी डलरमा कारोबार भइरहेकाले स्थानीय बजारमा पनि सोही अनुसार मूल्य समायोजन गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद
साहोसँग जुध्न लागेका फिल्मले सारे आफ्नो प्रदर्शन मिति, प्रभासले दिए धन्यवाद
महेश बस्नेतको खुलासा : ‘दिउँसोसम्म भक्तपुर, साँझ एकाएक हेटौँडा !’
महेश बस्नेतको खुलासा : ‘दिउँसोसम्म भक्तपुर, साँझ एकाएक हेटौँडा !’
काठमाडौंमा एकै दिन ५१ कोरोना संक्रमित थपिए उपत्यका भयावह बन्दै
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
विश्वकप फुटबल २०१८: सट्टेबाजको धन्दा साँझ ५ बजेबाट शुरु हुन्छ बिहान ८ बजेसम्म हिसाब किताब क्लियर हुन्छ
नेपाली काँग्रेसको प्रवक्तामा गगन थापा मनोनित !
नेपाली काँग्रेसको प्रवक्तामा गगन थापा मनोनित !
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा
भारतका पूर्व राष्ट्रपति प्रणब मुखर्जीको निधनबारे खबर भ्रम भएको खुलसा
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
कालिमाटिमा तरकारिकाे मुल्य बढ्नुकाे रहस्य यस्ताे
गिरीको निधनप्रति ओली र थापाद्धारा दुख व्यक्त
गिरीको निधनप्रति ओली र थापाद्धारा दुख व्यक्त
ओली सरकारकै पालामा चुनाव !
ओली सरकारकै पालामा चुनाव !
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

तपाईंले छुटाउनुभयो कि?