उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त

Abhiyanpost Abhiyanpost
|
बुधबार, कार्तिक ८, २०७४
|
|
६३ पटक हेरिएको
Shares
उपचार नपाउँदा जीवनभर अर्काको सहारामा महन्त

सारांश

  • रामपुर, पाल्पा, ८ कात्तिक   नेपाल निम्वार्क पीठ केन्द्रीय कार्यालय, केलादीधामका महन्त गुरु गोपालशरण देव परिवारको सानो लापर्बाहीका कारण जीवनभर अपांग भएर बाँच्नुपरेको छ ।
  • स्याङ्जाको मग्याम चिसापानीमा जन्मनुभएका महन्त गोपाल दुई वर्षको उमेरदेखि नै सधँै अर्काको सहारामा हुनुहुन्छ ।
  • पोलियो माइलाइटिस अर्थात् गाउँघरमा चलनचल्तीको भाषामा सैनेपात नामक रोगले बिरामी पर्नुभएका महन्त गोपाललाई परिवारले औषधि उपचारमा चासो नदिँदा उहाँ आफ्नो जीवनलाई अर्काको सहारामा व्यतीत गर्न बाध्य हुनुहुन्छ ।

रामपुर, पाल्पा, ८ कात्तिक   नेपाल निम्वार्क पीठ केन्द्रीय कार्यालय, केलादीधामका महन्त गुरु गोपालशरण देव परिवारको सानो लापर्बाहीका कारण जीवनभर अपांग भएर बाँच्नुपरेको छ ।

स्याङ्जाको मग्याम चिसापानीमा जन्मनुभएका महन्त गोपाल दुई वर्षको उमेरदेखि नै सधँै अर्काको सहारामा हुनुहुन्छ । पोलियो माइलाइटिस अर्थात् गाउँघरमा चलनचल्तीको भाषामा सैनेपात नामक रोगले बिरामी पर्नुभएका महन्त गोपाललाई परिवारले औषधि उपचारमा चासो नदिँदा उहाँ आफ्नो जीवनलाई अर्काको सहारामा व्यतीत गर्न बाध्य हुनुहुन्छ ।

“दुई वर्षको उमेरमा बिरामी भइयो, त्यतिबेला परिवार, आफन्त कसैबाट पनि औषधि उपचारमा ध्यान पुगेन, अहिले जीवनभर अपांग बनेर बसिरहेको छु” उहाँले भन्नुभयो । बाल्यकालदेखि नै जीवनलाई आध्यात्मिक क्षेत्रमा बिताउने प्रण गर्दै उहाँले संस्कृत माध्यममा पठनपाठन पूरा गरेपछि अहिले नेपाल निम्वार्क पीठ अर्थात् वैष्णव सम्प्रदायको केन्द्रीय कार्यालय केलादिधामका महन्त गुरु हुनुुहन्छ । उहाँले संस्कृत भाषामा आचार्यसम्मको अध्ययन गर्नुभएको छ ।

मृदुभाषी, शालिन स्वभावका, सबैसँगको सम्बन्ध र सहकार्यलाई आत्मीयताका साथ नजिक मान्ने सबैका प्रिय महन्त गुरु गोपाल शरण देवकै नेतृत्वमा केलादिधाम क्षेत्रको अस्तित्व अहिलेसम्म रहन सकेको छ ।

औषधि उपचारमा परिवारले सोधखोज नगरीदिँदा आफूलाई निकै दुःख लागेको गुनासो उहाँ गर्नुहुन्छ । दुईवटा खुट्टा नचल्दा अर्काको सहारा लिनुपरेकोमा आफूलाई कहिलेकाहीँ दुःख लाग्ने गरेको उहाँ बताउनुुहुन्छ ।

उहाँ भन्नुहुन्छ, “खुट्टाले हिँड्न नसके पनि बसेर सबै काम मिलाएको छु, मन्दिर संरक्षण समितिले पनि सबै जिम्मा मलाई सुम्पिएको छ ।” “मैले राम्रो सेवा पाएको छु, बाहिर पूजाआजा सप्ताह महायज्ञ लगाउन जान प¥यो भने पनि सबैले लैजाने, ल्याउने गर्नुहुन्छ” उहाँले भन्नुभयो ।

उहाँको स्वास्थ्य अवस्थालाई ध्यान दिँदै केलादिधाम संरक्षण समितिले स्याहार सुसारका लागि हेरालुको व्यवस्था मिलाएको सचिव लेखनाथ बस्ताकोटीले बताउनुभयो ।

यहाँका स्थानीयवासी र मन्दिर संरक्षण समितिको माया, ममता, सहयोग, सत्कार सेवाप्रति महन्त गोपाल सधैँ खुशी हुनुहुन्छ । “सानै उमेरमा यहीँ आएँ, यहीँबाट बाहिर पढ्न गएँ, पढाइ सकिएपछि यहीँ आएर मन्दिरको सेवा गरिरहेको छु” महन्त गोपालशरण देवले भन्नुभयो ।

उहाँ अहिले उमेरले ६८ वर्ष पुग्नुभयो । आध्यात्मिक भक्तिभावले मनलाई सधँै सुखी र खुशी तुल्याउने हुँदा जीवनलाई भगवान्का नाममा एकाग्र भएर बिताउने उहाँको अठोट छ । पारिवारिक सांसारिक बन्धनबाट टाढा रहेर जीवनलाई धार्मिक क्रियाकलाप गरेर बिताउने चाहनाअनुरुप नै उहाँको दिनचर्या बितिरहेको छ ।

पोलियो माइलाइटिस नामक रोग पोलियो भाइरसका कारण पाँच वर्षमुनिका बालबालिकालाई लाग्ने जिल्ला जनस्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो ।

महन्त गुरु गोपालशरण देव त एउटा प्रतिनिधि पात्र हो । उहाँ जस्ता कैयौँ व्यक्ति औषधि उपचारको अभावमा आफ्नो जीवनलाई सधैँ अर्काको सहारामा व्यतीत गर्न बाध्य छन् । आर्थिक अभाव, अशिक्षा, अन्धविश्वासका कारण धेरैले जीवनलाई अरुको सहाराको भरमा बिताइरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५५ वर्षपछि एमाले-माओवादीको एकता ,टुटफुटको शृंखलामा टिक्ला एकता ?
५५ वर्षपछि एमाले-माओवादीको एकता ,टुटफुटको शृंखलामा टिक्ला एकता ?
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
विस्फोटनको घटनापछि लेवनानका प्रधानमन्त्रीले दिए राजीनामा
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
ट्रान्सपरेन्सीका अध्यक्ष रेग्मीको अख्तियारलाई प्रश्न : तत्कालिन् प्रधानमन्त्रीलाई किन उन्मुक्ति ?
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
प्रधानमन्त्री देउवाका प्रतिस्पर्धी भट्टको गाडी एम्बुसमा पर्‍यो, यस्तो छ क्षतिको अवस्था
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस् : प्रधानमन्त्री ओली
प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा, २२ वर्ष पुरानो हिसाब खोजिने
प्रधानमन्त्री देउवा भारत भ्रमणको तयारीमा, २२ वर्ष पुरानो हिसाब खोजिने
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित
आईपीएल : कोलकत्ता नाइट राइडर्सको दोस्रो जित
वर्षाको जोखिम र सरकारी चेतावनीपछि चलचित्र ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि स्थगित
वर्षाको जोखिम र सरकारी चेतावनीपछि चलचित्र ‘शुभ विवाह’को छायांकन तीन दिनका लागि स्थगित

तपाईंले छुटाउनुभयो कि?