झापा ५ मा केपी ओलीको यि हुन १३ प्रतिस्पर्धि

Abhiyanpost Abhiyanpost
|
सोमबार, कार्तिक २०, २०७४
|
|
५५ पटक हेरिएको
Shares
झापा ५ मा केपी ओलीको यि हुन १३ प्रतिस्पर्धि

सारांश

  • नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा क्षेत्र नं.
  • ५ मा ३ स्वतन्त्र सहित १४ जनाले उम्मेदवारी दिएको पाईएको छ ।
  • यसभन्दा अघि पनि दोस्रो संबिधानभसा निर्वाचन यसै क्षेत्रबाट उठनु भएका ओलीले यो पटक अधिकाँश नयाँ उम्मेदवारहरुसंग प्रतिस्पर्धा गर्नु हुनेछ ।

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा क्षेत्र नं. ५ मा ३ स्वतन्त्र सहित १४ जनाले उम्मेदवारी दिएको पाईएको छ । यसभन्दा अघि पनि दोस्रो संबिधानभसा निर्वाचन यसै क्षेत्रबाट उठनु भएका ओलीले यो पटक अधिकाँश नयाँ उम्मेदवारहरुसंग प्रतिस्पर्धा गर्नु हुनेछ ।

बाम गठबन्धननको तर्फबाट ओलीले उम्मेदवारी दिएको यस क्षेत्रमा नेपाली काँग्रेसले डा. खगेन्द्र अधिकारीलाइ उम्मेदवार बनाएको छ । अधिकारी सक्रिय राजनीतिमा स्थानीय स्तरमा देखिनु भएको थिएन । उहाँ त्रिभूवन बिश्वबिद्यालयमा प्राध्यापन पेशा गर्दै आउनु भएको थियो ।

निर्वाचनमा उम्मेदवार बन्ने निश्चित भएपछि प्राध्यापन पेशाबाट राजिनाम दिएर उहाँले यस क्षेत्रमा आउनु भएको हा । दूइवटा क्षेत्र मिलेर बनेको यस ५ नम्बरमा स्वतन्त्र सहित साना राजनीतिक दलहरुले पनि उम्मेदवारी दिएकाछन् । संघीय समाजबादी फोरमबाट सत्यदेव यादव उम्मेदवार बन्नु भएको छ । फोरमले यस क्षेत्रमा पहिलो संबिधानसभा निर्वाचनमा ओलीले हराउनु भएका बिश्वदीप लिङेनलाइ उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर लिङेन मनोनयनको एक दिन अघि काँग्रेसमा परेपछि यादवलाइ उम्मेदवार बनाएको हो । यसैगरी मालेबाट घनश्याम गुरागाइ, एकिकृत राप्रपा राष्ट्रवादीबाट चतनाथ थापा, राष्ट्रिय जनशक्ति पार्टीबाट पदम जबेगु, बिवेकशिल साझाबाट प्रकाश गौतम, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट भानुभक्त भट्टराइ, नयाँ शक्तिबाट भेषराज भट्टराइ, देशभक्त जनगणतन्त्रीक मोर्चाबाट बाशुदेब दुलाल उम्मेदवार बनेकाछन् ।

यसैगरी मंगोलन नेशनल अर्गनाइजेसनबाट सानबहादुर मेची र स्वतन्त्रबाट इन्द्रप्रसाद न्यौपाने, इन्द्रराज अधिकारी र प्रेमबहादुर खडकालले उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा आएकाछन् । साना दलहरुलाइ उम्मेदवार भेटाउन गाह्रो परेपनि अन्तिम समयमा उम्मेदवार खाजेर मनोनयन गर्न लगाएका थिए ।

यसैगरी यसै प्रतिनिधिसभा क्षेत्रमामा पनि दुइवटा प्रदेशसभा क्षेत्रमा पनि उम्मेदवारहरुको सूचि लामो नै रहेको छ । प्रदेशसभा ५ क्षेत्र क मा एमालेबाट हिक्मत कार्की र काँग्रेसबाट अनिलकृष्ण प्रसाइबीच प्रतिस्पर्धा हुनेछ । कार्की एमालेका केन्द्रिय सदस्य तथा प्रदेश नं. १ को प्रचार बिभाग प्रमुख हुनुहुन्छ । प्रसाइ तरुण दलको पूर्व महासचिब रहनु भएको छ । यो क्षेत्रमा १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यलयले जानकारी दिएको छ ।

यसैगरी प्रदेशसभा क्षेत्र नं. ख मा एमालेका अर्जुन राइ र काँग्रेसका राजन ढुंगानाबीच प्रतिस्पर्धा हुनेछ । राइले जिल्ला बिकास समितिका पूर्व सभापति तथा सुकुम्बासी आयोग झापाका पूर्व अध्यक्ष रहनु भएको छ । ढुंगाना अधिवक्ता तथा प्राध्यपन पेशामा संलग्न रहनु भएको थियो । यस क्षेत्रबाट ९ जनाले उम्मेदवारी दिएकाछन् ।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
बंगलादेशका राष्ट्रपतिद्वारा संसद भंग भएको घोषणा
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
स्कुटी नहरमा खस्दा एकजनाको ज्यान गयो, एक बेपत्ता
गायिका देखि नायिका सम्म को भ्यालेनटाइन (अडियो लिंक सहित )
गायिका देखि नायिका सम्म को भ्यालेनटाइन (अडियो लिंक सहित )
राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या
राजधानी भएसँगै ट्राफिक व्यवस्थापनमा समस्या
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
प्रधानमन्त्री ओलीको भ्रमणबाट नेपाल-चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने अपेक्षा
सिके राउतसहित चारजना पक्राउ, नाराबाजी र प्रहरीसँग झडप
सिके राउतसहित चारजना पक्राउ, नाराबाजी र प्रहरीसँग झडप
सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना
सोमबारको मौसम : तपाईमा हुस्सु र हिमाली भू-भागमा हिमपातको सम्भावना
नाग देवता उत्पत्ति भएको भन्दै पूजा
नाग देवता उत्पत्ति भएको भन्दै पूजा
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?
अाजीवन कारावास हुने यी छ अपराध, अरु के छ ‘मुलुकी अपराध (संहिता) ऐन’ मा ?

तपाईंले छुटाउनुभयो कि?