रातो झण्डा फर्कियो ललितपुरमा

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २४, २०७४
|
|
६३ पटक हेरिएको
Shares
रातो झण्डा फर्कियो ललितपुरमा

सारांश

  • काठमाडौं, मंसिर २४ –२०१५ सालमा भएको पहिलो संसदीय चुनावमा देशभरीबाट ४ जना मात्रै कम्युनिष्ट पार्टीका उम्मेदवारले जित्दा काठमाडौं उपत्यकाभित्र रातो झण्डा एउटै मात्र फहरिएको थियो ललितपुरमा ।
  • त्यस झण्डाको बाहक हुनुहुन्थ्यो, तुल्सीलाल अमात्य ।
  • नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा गठन हुनुभन्दा अघि नै भारतीय कम्युनिष्टको संगतमा पुगिसकेका तुल्सीलाल अमात्य कम्युनिष्ट पार्टीका संस्थापक त बन्न पाउनुभएन, तर पहिलो पुस्ताका अत्यन्तै इमान्दार र सरल नेता हुनुहुन्थ्यो ।

काठमाडौं, मंसिर २४ –२०१५ सालमा भएको पहिलो संसदीय चुनावमा देशभरीबाट ४ जना मात्रै कम्युनिष्ट पार्टीका उम्मेदवारले जित्दा काठमाडौं उपत्यकाभित्र रातो झण्डा एउटै मात्र फहरिएको थियो ललितपुरमा । त्यस झण्डाको बाहक हुनुहुन्थ्यो, तुल्सीलाल अमात्य । नेपाल कम्युनिष्ट पार्टी २००६ सालमा गठन हुनुभन्दा अघि नै भारतीय कम्युनिष्टको संगतमा पुगिसकेका तुल्सीलाल अमात्य कम्युनिष्ट पार्टीका संस्थापक त बन्न पाउनुभएन, तर पहिलो पुस्ताका अत्यन्तै इमान्दार र सरल नेता हुनुहुन्थ्यो ।

सुक्ष्म अर्थ–सामाजिक विश्लेषक हुँदै रौतहट, जुगेडी किसान आन्दोलनको नेतृत्व गर्दै जीवनको उत्तराद्र्धमा नेकपा एमाले प्रवेश गर्नुभएका अमात्यलाई विशेषण दिइयो– अविश्रान्त नायक ।

उनै अविश्रान्त नायकसहित नेकपा संस्थापक नरबहादुर कर्माचार्य, देवेन्द्रलाल श्रेष्ठ (काइँला बा), दिलबहादुर श्रेष्ठ जस्ता अग्रज कम्युनिष्टहरुको जीवन पर्यन्तको त्याग र संघर्षद्वारा सिञ्चित हुँदै आएको ललितपुर जिल्ला २०४६ सालको परिवर्तनपछि ‘लालकिल्ला’ को नामबाट चिनियो ।
२०४८ सालको संसदीय चुनावमा १ नम्बरबाट मीठाराम शर्मा बजगाई (एमाले), २ नम्बरबाट सिद्धिलाल सिंह (एमाले) र ३ नम्बरबाट लीलामणि पोख्रेल (संयुक्त जनमोर्चा नेपाल) हरु निर्वाचित भएपछि ‘लालकिल्ला’ का रुपमा लिइएको ललितपुर त्यसको २८ वर्षपछि फेरि एकपटक ललितपुर ‘लालकिल्ला’ नै प्रमाणित भएको छ ।

यसपटक वाम गठबन्धनबाट प्रतिनिधिसभातर्फ ललितपुर १ नम्बरबाट नवराज सिलवाल, २ बाट कृष्णलाल महर्जन र ३ बाट पम्फा भुषाल विजयी भएर रातो झण्डा फहराएपछि ललितपुर फेरि एकपटक ‘लालकिल्ला’ प्रमाणित भएको हो ।

यसपटक वाम गठबन्धनका तर्फबाट १ नम्बरबाट उम्मेदवार भएका नवराज सिलवाल प्रहरी सेवाबाट आएका हुन् । आफू प्रहरीको सर्वोच्च पदमा पुग्नैपर्ने दाबी राजनीतिक पूर्वाग्रहका कारण पूरा नभएपछि एमाले प्रवेश गरेका सिलवालले ललितपुरको सुदूर दक्षिणी क्षेत्रमा पाकेको धान काट्दै गरेको फोटो भाइरल भएको थियो । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भएका उदय शमशेर राणालाई हराएर रातो झण्डा फहराए ।

यसैगरी ललितपुरकै २ नम्बर क्षेत्रबाट एमालेका कृष्णलाल महर्जनले नेपाली कांग्रेसका चन्द्र महर्जनलाई हराएर दोस्रो पटक रातो झण्डा फहराए । यसअघि २०५६ को चुनावमा एमाले र माले विभाजन हुँदा अग्रज सिद्धिलाल सिंहलाई पराजित गर्दै प्रतिनिधिसभाका सांसद भएका महर्जन संसदमा सार्वजनिक लेखा समितिका सदस्यका रुपमा कृयाशील थिए । ललितपुरको बहुमत रहेका ज्यापु समुदायको प्रतिनिधित्व गर्ने उनी सरल प्रकृतिका छन् ।

ललितपुरकै ३ नम्बर क्षेत्रबाट नेकपा माओवादी केन्द्रका पम्फा भुषालले दोस्रो पटक रातो झण्डा फहराएकी छन् । यसअघि २०६४ मा सम्पन्न संविधानसभाको पहिलो चुनावमा त्यसै क्षेत्रबाट निर्वाचित भएकी उनले विकास निर्माणका केही उदाहरणीय काम गरेकी छन् । काठमाडौं–ललितपुर जोड्ने नयाँ बागमती पुल निर्माणमा उनको भूमिकालाई स्थानीयबासिन्दाले सम्झने गरेका छन् ।

माओवादी, माओवादी र फेरि पनि माओवादी बन्दै पम्फाले आफ्नो श्रेष्ठता प्रमाणित मात्रै गरेकी छैनन्, नेपाली राजनीतिमा अग्रणी महिलाका रुपमा समेत प्रमाणित गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
कालापानीको मुद्दामा पन्छियो चीनस राजदूत यान्छीले भनिन्(कालापानीको मुद्दा नेपाल र भारतबीचको विषय हो
खानेपानी योजना अधुरै
खानेपानी योजना अधुरै
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
सार्वजनिक बिदाकोअवज्ञा गरेको भन्दै मन्त्रीले नै लगाए राष्ट्र बैंकमा ताला
ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं पुग्ने
ओलीको चीन भ्रमणअघि मोदी काठमाडौं पुग्ने
विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद
विश्व उपभोक्ता महासंघको अध्यक्षमा आजाद
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
मन्त्रिपरिषद बैठकः मुख्यसचिव र राजदुत नियुक्तिको सम्भावना, ऊर्जामन्त्रीले कुलमानको नियुक्तिको प्रस्ताव गर्ने
सरकारलाइ पत्रकार महासंघको चेतावनी
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
अंग्रेजी नयाँ बर्षमा बससेवाको अफर, अनलाइनबाट टिकट काट्दा निुशल्क यात्रा गर्न पाइने
भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा
भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा

तपाईंले छुटाउनुभयो कि?