नयाँ सरकारअघि एमाले–माओवादी केन्द्रको एकता : प्रवक्ता भुसाल
सारांश
- काठमाडौँ, ४ माघ ।
- नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छन् ।
- रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् ।
काठमाडौँ, ४ माघ । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता पम्फा भुसालले नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकतापछि मात्र नयाँ सरकार गठन हुने सम्भावना बढ्दै गएको बताएकी छन् । रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा एमालेसँग चाँडो एकता हुने तयारी भइरहेको बताइन् ।
दुबै पाटीबीच एकता भएपछि दुबै दलका नेताहरु एउटै पार्टीको हुने भएकाले पार्टी अध्यक्ष र प्रधानमन्त्री जो भए पनि एउटै पार्टीका नेता हुने बताइन् । दुबै दलका अध्यक्षलाई पार्टी एकता गर्न दिइएको जिम्मेवारी अब चाँडै पूरा हुने उनको भनाइ थियो ।
मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने उद्देश्यले चुनावअगावै निर्माण गरिएको वाम गठबन्धन कसैले चाहेर पनि फुटाउन नसक्ने बताउँदै प्रवक्ता भुसालले भनिन्, “जनताले दुबै दलका नेतालाई वाम एकता गर्न जनादेश दिएका हुन्, जनादेशअनुसार एकता र सरकार गठन हुन्छ ।”
सरकारले प्रदेशको अस्थायी मुकाम र प्रमुख तोक्ने विषयमा आफ्नो दलसँग कुनै पनि छलफल नगरेकोे उनले बताइन् । उनले जनताले आवश्यक देखेमा दुई तिहाइको प्रक्रियाबाट मुकाम परिवर्तन गर्नसक्ने पनि बताइन् ।
Mohan Kayasta
Logne Swasniko Thakka Thukka jasto .
Kyacee SB
Yo desh ko. Bhrasta. Nashidai. Bandaina.