एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
बुधबार, श्रावण २३, २०८१
|
|
५३ पटक हेरिएको
Shares
एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा पाँच जनाको मृत्यु

सारांश

  • काठमाडौं।
  • नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
  • मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्।

काठमाडौं। नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन्।

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जंगलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको थियो। विमानमा चार जना चिनियाँ नागरिक सवार थिए भने । उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए।

नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार दिउँसो १ः५४ मा हेलिकप्टर काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीका लागि उडेको थियो। हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?