सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु

Abhiyanpost Abhiyanpost
|
आइतबार, चैत्र १८, २०७४
|
|
६१ पटक हेरिएको
Shares
सार्वजनिक सवारीमा सिन्डिकेटवालाको ‘काउन्ट-डाउन’ सुरु

सारांश

  • काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्ने नियम ल्याएको छ।
  • आइतबारदेखि लागु भएको नयाँ नियम कार्यान्वयन भए यातायात व्यवसायीको दादागिरी अन्त्य हुनेछ।
  • भक्तपुरका यातायात व्यवसायीले कम्पनीमा दर्ता भइ काठमाडौं बनेपा सञ्चालनमा आएको मयूर यातायातको विरोधमा चरणबद्ध आन्दोलन सुरु गरेपछि यातायात व्यवस्था विभागले यो नियम लागू गरेको हो।

काठमाडौं : सरकारले सार्वजनिक सवारी साधनलाई व्यवस्थित गर्ने नियम ल्याएको छ। आइतबारदेखि लागु भएको नयाँ नियम कार्यान्वयन भए यातायात व्यवसायीको दादागिरी अन्त्य हुनेछ। भक्तपुरका यातायात व्यवसायीले कम्पनीमा दर्ता भइ काठमाडौं बनेपा सञ्चालनमा आएको मयूर यातायातको विरोधमा चरणबद्ध आन्दोलन सुरु गरेपछि यातायात व्यवस्था विभागले यो नियम लागू गरेको हो।

सार्वजनिक सवारी साधनले अब सवारी पञ्जीकरण नगरी नयाँ दर्ता र नविकरण गर्न नपाउँने नयाँ नियम ल्याएको हो। यसले सवारी साधनको दादागिरी स्वःतह अन्त हुनेछ।

नियम अनुसार सार्वजनिक सवारी साधनको रुट इजाजतका लागि कम्पनी वा फमबाट मात्र सवारी पञ्जीकरण गरेर नयाँ दर्ता र नविकरण गर्न पाउने छन्। पञ्जीकरण नभएका सवारीको रुट इजाजतदेखि सवारी नविकरण नहुने यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले जानकारी दिए।

कम्पनीमा पञ्जीकरण भएर आएका सवारी साधनलाई जुन रुटमा सवारी प्रयोग गर्न चाहेको हो सोही रुटको इजाजत दिइने छ। रुट इजाजतका लागि विभिन्न नामका यातायात समितिको सिफारिस चाहिँने व्यवस्थाको अन्त्य गरेको छ।

‘सवारी ऐन २०४९ ले यातायात व्यवसायी महासंघ र यातायातका नाममा दर्ता भएका समितिलाई चिन्दैन, उनीहरुको सिफारिस पनि चाहिँदैन’, निर्देशक भट्टराईले भने, ‘मापदण्ड पूरा गरेको अवस्थामा जसले जहाँ सवारी चलाउन चाहन्छ उसले सहजै रुट इजाजत पाउँछ। त्यसको सुरक्षाको जिम्मा सरकारको हो।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘चुनावले घरमा अन्‍न पुर्‍याउन्‍या हो र ?’
‘चुनावले घरमा अन्‍न पुर्‍याउन्‍या हो र ?’
१११ अंक घट्यो सेयर बजार
१११ अंक घट्यो सेयर बजार
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
राष्ट्रियसभामा कोमल वली : सामाजिक सञ्जालमा कतै गाली, कतै ताली
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
आजदेखि हुने कडा लकडाउनमा पास बिना चल्न पाउने सवारी र पास कसरी लिने ?
बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर
बाह्रबीसेमा उद्धारका लागि हेलिकप्टर
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास
म्यानचेस्टर युनाइटेडका पूर्व स्ट्राइकर बेर्बातोभ लिए फुटबलबाट सन्यास
यी हुन केन्द्रीय सदस्यमा मनोनीत हुने पूर्व एमालेका भाग्यमानीहरु
यी हुन केन्द्रीय सदस्यमा मनोनीत हुने पूर्व एमालेका भाग्यमानीहरु
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
पृथ्वीबहादुर ठगी प्रकरण : अमेरिकी फोन नम्बर देखाउने ‘नेटवर्क कन्ट्रोल’ पश्चिम बङ्गालबाट गरिन्थ्यो
मोरङ,अछाम,गुल्मी,इटहरी को ताजा पारीणाम
मोरङ,अछाम,गुल्मी,इटहरी को ताजा पारीणाम
कञ्चनपुर र नवलपरासीका पत्रकारमाथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण

तपाईंले छुटाउनुभयो कि?