एमाले कार्यदलको बैठक सकियो ! के भयो निर्णय



एमाले कार्यदलको बैठक सकियो ! के भयो निर्णय

काठमाडौं । नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक भोलि फेरि बस्ने गरि सकिएको छ । सिंहदरबारमा बसेको एकता कार्यदलको बैठक भोलि १ बजे फे‍रि बस्ने गरी सकिएको हो ।

बैठकमा सहभागी रघुजी पन्तले आजसम्म भएका अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले भोलि १ बजे फेरि बस्ने निर्णय भएको जानकारी दिए।

कार्यदल निर्माण भएपछि २०/२५ वटा अनौपचारिक छलफल गरे पनि औपचारिक रूपमा आज पहिलो पटक छलफल गरेको नेता गोकर्ण विष्टले जानकारी दिए।

विवादका विषय कसरी टुङ्ग्याउने भन्नेमा आफ्नो छलफल केन्द्रीत रहेको भन्दै भोलि फेरि १ बजे बैठक बसेर फेरि यसलाई टुङ्ग्याउँदै लानूपर्छ भन्नेमा एक मत रहेको बताए।

अभियान पोष्ट