बलात्कार घटनाका दोषीलाई कडा कारवाही हुन्छ : गृहमन्त्री

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र १९, २०७४
|
|
६५ पटक हेरिएको
Shares
बलात्कार घटनाका दोषीलाई कडा कारवाही हुन्छ : गृहमन्त्री

सारांश

  • काठमाडौँ, १९ चैत ।
  • गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताएका छन् ।
  • न्याय तथा अधिकार संस्था नेपाल (जरी)का अध्यक्ष शर्मिला श्रेष्ठ, नेपाल बार एसोसिएन, महिला समितिका अध्यक्ष उषा मल्ल, सर्वोच्च अदालत बार एशोसिएन महिला समिति अध्यक्ष अञ्जु उप्रेतीलगायत विभिन्न संस्थाले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले बलात्कारजस्तो गम्भीर अपराधमा संलग्नलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

काठमाडौँ, १९ चैत । गृहमन्त्री रामबहादुर थापाले दैनिकजसो भइरहेका महिला तथा बालिका बलात्कार घटनामा संलग्न दोषीलाई कडा कारबाही हुने बताएका छन् ।

न्याय तथा अधिकार संस्था नेपाल (जरी)का अध्यक्ष शर्मिला श्रेष्ठ, नेपाल बार एसोसिएन, महिला समितिका अध्यक्ष उषा मल्ल, सर्वोच्च अदालत बार एशोसिएन महिला समिति अध्यक्ष अञ्जु उप्रेतीलगायत विभिन्न संस्थाले बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले बलात्कारजस्तो गम्भीर अपराधमा संलग्नलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अधिवक्ताहरुले महिला तथा बालबालिकाविरुद्ध बढ्दै गएको बलात्कारलगायत यौनजन्य अपराधको रोकथाम तथा नियन्त्रणका लागि तत्काल कदम चाल्न सरकारसँग माग गरेका थिए । ज्ञापनपत्रमा नेपालको संविधानले प्रत्याभूत गरेको लैंगिक हिंसाबाट संरक्षित भई सम्मानपूर्वक बाँच्न पाउने महिला तथा बालिकाको मौलिक हकको प्रभावकारी कार्यान्वयन गरी समाजमा देखिएको हिंसा अविलम्ब रोक्न माग गरिएको छ ।

बलात्कारजस्तो जघन्य अपराधमा प्रहरीले जाहेरी नलिने, मिलापत्रका लागि प्रत्यक्ष अप्रत्यक्ष दबाब दिने, घरगाउँमा नै मिलापत्र गराउन प्रश्रय दिने, दलका नेता कार्यकर्ता तथा स्थानीय जनप्रतिनिधिबाट बलात्कारीलाई संरक्षण दिने खालका काम रोक्न ज्ञापनपत्रमा माग गरिएको छ । नेपाल प्रहरीले दिएको पछिल्लो ६ महिनाको अवधि (२०७४ साउनदेखि पुस महिनासम्म)को तथ्याङ्कनुसार ५ सय २७ महिला एवं बालिका बलात्कृत तथा पछिल्लो ३ महिनामा बलात्कारपछि ५ जनाको हत्यासमेत भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
भारत सरकारद्वारा दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जा हस्तान्तरण
Participants take interest in Nepal’s natural beauty in PATA Travel Mart-2018
Participants take interest in Nepal’s natural beauty in PATA Travel Mart-2018
विनोद र सोमपालले सम्हाले नेपालको इनिङ, चिया ब्रेकसम्म स्कोर सय माथि
विनोद र सोमपालले सम्हाले नेपालको इनिङ, चिया ब्रेकसम्म स्कोर सय माथि
भारतमा एकैदिन २६ हजार कोरोना संक्रमित, अहिलेसम्मकै उच्च
भारतमा एकैदिन २६ हजार कोरोना संक्रमित, अहिलेसम्मकै उच्च
नेपाल टि–ट्वेन्टी वरियताको १४ औँ स्थानमा, खेलाडीको पनि स्तर सुधारियो
नेपाल टि–ट्वेन्टी वरियताको १४ औँ स्थानमा, खेलाडीको पनि स्तर सुधारियो
मुख्यमन्त्रीले पाए विश्वासको मत : सरकार बने पनि काम गर्न नपाएको गुनासो
मुख्यमन्त्रीले पाए विश्वासको मत : सरकार बने पनि काम गर्न नपाएको गुनासो
“букмекерская Контора Мостбет: Ставки На Спорт И Казино Онлай
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
नक्कली शरणार्थी प्रकरण : १०६ जनाले दिए २३ करोड ठगिएको उजुरी
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
सिंहदरबारको मुख्य योजनाकार देउवाका साला प्रदिप राणा
​फेरि अर्का कमरेड परस्त्रीसँग फन्दामा, बाहिरियो फोन रेकर्ड
​फेरि अर्का कमरेड परस्त्रीसँग फन्दामा, बाहिरियो फोन रेकर्ड

तपाईंले छुटाउनुभयो कि?