सिटामोल र जीवनजल अभाव

Abhiyanpost Abhiyanpost
|
बुधबार, बैशाख ५, २०७५
|
|
६० पटक हेरिएको
Shares
सिटामोल र जीवनजल अभाव

सारांश

  • सन्धिखर्क : अर्घाखाँचीका स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल अभाव भएको छ।
  • चौकीमा एक महिनादेखि सिटामोल र जीवनजल अभाव हुँदै आएको हो।
  • सिटामोल र जीवनजल नपाएपछि सेवाग्राही महंगो मुल्यमा किन्न बाध्य भएका छन्।

सन्धिखर्क : अर्घाखाँचीका स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल अभाव भएको छ। चौकीमा एक महिनादेखि सिटामोल र जीवनजल अभाव हुँदै आएको हो।

सिटामोल र जीवनजल नपाएपछि सेवाग्राही महंगो मुल्यमा किन्न बाध्य भएका छन्।जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले स्वास्थ्य चौकी स्थानीय तहलाई हस्तान्तरण गरेसँगै स्वास्थ्य चौकीमा औषधीको अभाव भएको हो।

जनप्रतिनिधि आएपछि सिंहदरवारको सम्पूर्ण अधिकार गाउँमै पाउने आश गरेका स्थानीय स्वास्थ्य सेवा लिन नपाउँदा निरास बनेका छन्। मालारानी, पाणिनि गाउँपालिका र शितगंगा नगरपालिकाका विभिन्न वडामा रहेका स्वास्थ्य चौकीमा  सिटामोल र जीवनजल सकिएको स्वास्थ्य चौकीका इन्चार्जले बताए।

मालारानी गाउँपालिकाको बाँगी स्वास्थ्य चौकीमा झण्डै एक महिनादेखि जीवनजल छैन, बिरामीलाई तातो पानी पिउन सल्लाह दिएको स्वास्थ्य चौकी ईन्चार्ज नेत्रबहादुर खत्रीले बताए। उनले भने,’ बिरामी चौकीमा आउनुहुन्छ, अौषधि छैन भन्न पनि लाज लाग्छ।’

ढुवानी हुँदैछ भन्ने कुरा सुनेका छौं, उनले भने,’ बिरामीलाई उमालेको पानी र प्रशस्त मात्रामा झोलिलो पदार्थ पिउन सल्लाह दिँदै आएका छौं ।’ आफुले चाहेर पनि सेवाग्राहीलाई समयमा सेवा दिन नपाएको स्वास्थ्य चौकी  ईन्चार्ज पुनाराम भुसालले बताए । उनले भने,’ सबै स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी आउनुपर्ने हो,तर सबै औषधी आउन सकेको छैन।’ ३५ प्रकारका औषधी निशुल्क पाइने भने पनि सबै प्रकारका औषधी सहजरुपमा पाउन नसकेको सन्धिखर्कका स्थानीय दिपक खड्काले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ: सरकार परिवर्तनको कुनै सम्भावना छैन
मंसिर १३ गते शनिवारको राशिफल यस्तो छ
मंसिर १३ गते शनिवारको राशिफल यस्तो छ
खुर्सानी खानुस, यस्ता छन् ६ अचम्म लाग्ने फाइदा
खुर्सानी खानुस, यस्ता छन् ६ अचम्म लाग्ने फाइदा
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड
समृद्धिको परिणामले कम्युनिष्ट आन्दोलन अझ सुदृढ हुन्छः अध्यक्ष प्रचण्ड
गण्डकी प्रदेशको बजेट विकासको खाका कोर्ने र जनमुखी छः सांसद पहारी
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
विश्वकप एसिया क्षेत्र छनोट : कतारलाई हराउँदै नेपाल सेमिफाइनलमा
पाइलटले त्यही जहाज सोमबार क्यानडाबाट बंगलादेश ल्याएका थिए, दुर्घटनाले उब्जाएका सात प्रश्न
डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत
डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे
भाइटीकाको साइत कात्तिक १२ गते ११ः५५ बजे
Pin-up Original Casino Turke

तपाईंले छुटाउनुभयो कि?