पार्टी स्थापना दिवसमा भोलि बैशाख ९ मा के भन्लान् ओली र प्रचण्डले ?

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ८, २०७५
|
|
५४ पटक हेरिएको
Shares
पार्टी स्थापना दिवसमा भोलि बैशाख ९ मा के भन्लान् ओली र प्रचण्डले ?

सारांश

  • काठमाडौं, ८ बैशाख ।
  • नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा नेकपाको स्थापना दिवस अर्थात भोलि बैशाख ९ गते गर्ने भनिएकोमा त्यो नहुने पक्का भएको छ ।
  • यद्यपि, नेकपाको स्थापना दिवसकै दिनमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने तयारी भइरहेको बताइएको छ ।

काठमाडौं, ८ बैशाख । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकताको घोषणा नेकपाको स्थापना दिवस अर्थात भोलि बैशाख ९ गते गर्ने भनिएकोमा त्यो नहुने पक्का भएको छ । यद्यपि, नेकपाको स्थापना दिवसकै दिनमा नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विशेष सम्बोधन गर्ने तयारी भइरहेको बताइएको छ ।

दुई अध्यक्षले औपचारिक एकताको घोषणा नभए पनि आइतवार स्थापना दिवसको अवसरमा आफूहरु चाँडै एकीकृत हुने भनेर ठोस सन्देश दिन थालेको बताइएको छ । अध्यक्षद्वय ओली र प्रचण्ड एकता चाँडै हुनेमा पूर्ण विश्वस्त रहेको र एकताबारे विवादित विषयहरुमा समेत सहमति बनिसकेको बताइएको छ ।

अध्यक्षद्वयबीच भएको एक्लाएक्लै बैठकमा धेरै विषयमा टुंगो लागे तापनि केही विषयमा सहमति गर्न बाँकी रहेकाले एकताको औपचारिक घोषणा नगरी संयुक्त कार्यक्रमबाट ठोस सन्देश दिने ओली र प्रचण्डबीच सहमति भएको बताइएको छ ।

पार्टी एकता संयोजन समितिको आयोजनामा आइतवार राष्ट्रियसभा गृहमा दिउँसो १२ बजे विशेष कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष “प्रचण्ड”लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?