कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ: मुख्यमन्त्री शाही

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख १४, २०७५
|
|
६१ पटक हेरिएको
Shares
कृषि उत्पादनको बजार व्यवस्थापन सरकारले गर्छ:  मुख्यमन्त्री शाही

सारांश

  • सुर्खेत, वैशाख १४ ।
  •   कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने वताउनुभएको छ ।
  • शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा मात्रै अर्वौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता नगर्न आग्रह गर्नुभयो ।

सुर्खेत, वैशाख १४ ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले कृषिजन्य उत्पादनको बजार व्यवस्थापन प्रदेश सरकारले गर्ने वताउनुभएको छ ।

शुक्रवार कृषि मन्त्रालयको सभाहलमा आयोजना गरिएको क्षेत्रिय स्तरको राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा वोल्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशमा मात्रै अर्वौं मुल्यको कृषि उत्पादन आयात भैरहेकोले वजारको चिन्ता नगर्न आग्रह गर्नुभयो ।

‘दुनियाले मरुभुमि र समुद्रमा समेत कृषिको विकास गरेका छन् ।’ मुख्यमन्त्री शाहीले भन्नुभयो–‘हाम्रो प्रदेशमा त झन उपयुक्त हावापानी, माटो र चरणक्षेत्र छन, हामीले किन वाहिरवाट आयात गरेर खाने?’ कर्णाली प्रदेश कृषि उत्पादनको लागि राम्रो संभावना वोकेको प्रदेश भएको वताउदै मुख्यमन्त्री शाहीले फलफुल, पशुपालन, तरकारी र अन्नवालीको व्यवसायीक खेतीमा लाग्न जोड गर्नुभयो ।

अहिलेसम्म टुक्रे उत्पादन प्रणालीमा किसानहरुले भर गरेको वताउदै व्यवसायीक उत्पादन प्रणालीको विकास नगरी कृषकहरु समृद्ध हुन नसक्ने उहाँले वताउनुभयो । मुख्यमन्त्री शाहीले व्यवसायीक कृषि उत्पादनको विकास तथा वजारीकरणका लागि आवश्यक वातावरण वनाउन प्रदेश सरकार तयार रहेको वताउनुभयो ।

सरकारले भर्खरै ल्याएको नीति तथा कार्यक्रम र वजेटमा समेत उच्च प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको कृषि उत्पादनलाई अर्गानिक कृषि उत्पादनका रुपमा ‘व्राष्डीङ्ग’ गरिने वताउनुभयो । कृषि उत्पादनलाई पर्यटनसंग जोडनुपर्ने वताउदै मुख्यमन्त्री शाहीले भन्नुभयो–‘कर्णाली प्रदेशमा आएका पर्यटकले समेत चिनोको रुपमा कृषि उत्पादन लिने वातावरण वनाउन जरुरी छ, सेल्फी खिचेर पर्यटक फर्किएमा हाम्रो समृद्धि संभव छैन ।’

पुरस्कार वितरण कार्यक्रममा तरकारीखेती, च्याउखेती, स्याउखेती, वाख्रापालन व्यवसायमा उत्कृष्ट ६ जना किसानहरुलाई पुरस्कृत गरिएको थियो । उनीहरुलाई जनही २५ हजार नगद, प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
नेपाली र भारतीय प्रधानमन्त्रीद्वयको ड्रेसअप पनि दुरुस्तै (तस्वीरसहित)
एक कप पानीकाे ५० रूपैया !
एक कप पानीकाे ५० रूपैया !
पहिलेका सहयात्री- अहिले फोरम देखेर राजपा किन तर्सिंदैछ
पहिलेका सहयात्री- अहिले फोरम देखेर राजपा किन तर्सिंदैछ
Hrithik Roshan Upcoming Movies List 2018 / 2019 & 2020 | Hrithik Roshan Movies Calendar
Hrithik Roshan Upcoming Movies List 2018 / 2019 & 2020 | Hrithik Roshan Movies Calendar
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
“जिम्माल बा को छोरो ”मिसनको गीत बजारमा आउँदै !
विदेशमा अलपत्र नेपालीको बारेमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै
विदेशमा अलपत्र नेपालीको बारेमा छलफल गर्न मन्त्रिपरिषद बैठक बस्दै
राष्ट्रियसभाका लागि दल दर्ता आजसम्म : एमाले–माओवादी अझै चूप
राष्ट्रियसभाका लागि दल दर्ता आजसम्म : एमाले–माओवादी अझै चूप
माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
माघ १४ गते पत्रपत्रिकाहरुमा छापिएका मुख्य समाचारहरु
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
समयमै मनसुन: कोशी प्रदेशमा साउनको पहिलो सातासम्ममै ७४ प्रतिशत धान रोपाइँ सम्पन्न
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया
प्रधानमन्त्री देउवाद्वारा मतदान, बहुमतसहित जित शुनिश्चित भएकाे प्रतिक्रिया

तपाईंले छुटाउनुभयो कि?