प्रदेश नं. २ लाई २२४ रनको लक्ष्य

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ १४, २०७५
|
|
५७ पटक हेरिएको
Shares
प्रदेश नं. २ लाई २२४ रनको लक्ष्य

सारांश

  • काठमाडौँ, १४ जेठ ।
  • राजधानीमा जारी प्रधानमन्त्री कपको दोस्रो दिनको पहिलो खेलमा प्रदेश नं.
  • १ ले प्रदेश नं.

काठमाडौँ, १४ जेठ । राजधानीमा जारी प्रधानमन्त्री कपको दोस्रो दिनको पहिलो खेलमा प्रदेश नं. १ ले प्रदेश नं. २ लाई २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

मुलपानी खेलमैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नं. १ ले ७ विकेट गुमाउँदै २२३ रन बनाएकाे हाे ।

टोलिलाई राम्रो सुरुवात दिएका प्रदेश नं. १ का सुरुवाति ब्याट्म्यान सन्दिप ढुंगानाले ६९ बल खेल्दै ५१ रन बनाएका थिए । बाँकि ब्याट्सम्यान खुलेर खेल्न नसक्दा टिम एक पटक धरापमा परेको थियो । तर मध्यक्रमका ब्याट्सम्यान फिर्दोश अन्सारी र श्रवण यादवले टोलिलाई सम्मानजनक स्कोर सम्म पु¥याउन मद्दत गरे । ३३ बल खेलेका फिर्दोशले २ छक्काको मद्दतले ३७ रन हाने भने श्रवणले ३४ रन बनाए । उनले ३६ बल खेल्दा २ चौका र १ छक्का हानेका थिए ।

प्रदेश नं. १ लाई सस्तैमा रोक्ने क्रममा प्रदेश नं. २ का संसद सेखले ४ विकेट लिए । भने कप्तान मेहबुव आलमले २ विकेट लिए ।

प्रदेश नं. ७ ले ३२४ रनको लक्ष्य पछ्याउँदै

त्यस्तै त्रिवि मैदानमा भएको अर्को खेलमा नेपाल पुलिस क्लबले प्रदेश नं. ७ लाई ३२५ रनको लक्ष्य दिएको छ । पहिले टस जितेर ब्याटिङ गरेको पुलिसले सुनिल धमलाको उत्कृष्ट पारीको सहायताले ६ विकेटकाे नाेक्सानीमा ३२४ रन बनाएको हो ।
८३ रनमा आउट हुनु अघि उनले ११३ बल खेलेका थिए भने ९ चाका हानेका थिए । टिमको स्कोर बलियो बनाउन आरिफ शेख र मन्जित श्रेष्ठको आक्रामक पारी पनि महत्वपूर्ण रह्यो । मात्र ३७ बलको सामना गरेका आरिफले ५ छक्का र २ चौका प्रहार गर्दै ५७ रन बनाएका थिए । त्यस्तै ३ छक्का र ४ चौका प्रहार गरेका मन्जितले ३३ बलमा अभिजित ४९ रनको पारि खेले ।

प्रदेश ७ बाट शेर मल्लले २ तथा सागर भण्डारी, सन्तोष भट्ट र सुरेन्द्र चन्दले १÷१ विकेट लिए ।
नेपाल पुलिस क्लबको कप्तानी मन्जित श्रेष्ठले गरेका छन् भने प्रदेश नं. ७ का कप्तान सुदर्शन चन्द हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?