पोखरामा अटलबहादुरको आतंक !

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
पोखरामा अटलबहादुरको आतंक !

सारांश

  • काठमाडौ, १२ साउन ।
  • पोखरा थिएटरमा ‘अटलबहादुरको आतंक’ मन्चन भैरहेको छ।
  • खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको यो नाटक साउन ७ देखी सुरु भएको हो भने १६ गतेसम्म प्रदर्शन हुनेछ।

काठमाडौ, १२ साउन । पोखरा थिएटरमा ‘अटलबहादुरको आतंक’ मन्चन भैरहेको छ। खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको यो नाटक साउन ७ देखी सुरु भएको हो भने १६ गतेसम्म प्रदर्शन हुनेछ।सामाजिक कथामा आधारित नाटक ‘अटलबहादुरको आतंक’ मा एउटा मिलेर बसेको समाज हुन्छ जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान रहेको हुन्छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं परम्परा संरक्षणको विशेष जिम्मा त्यहाँका रामवीर, छत्रवीर, बलवीर र धर्मवीर(चार वीर) लाई दिएको हुन्छ।

चार वीर निकै मिल्ने साथी हुन्छन् , सँगै रक्सी पिउने, क्षण भरमा झगडा गर्ने अनि तत्काल मिल्ने पनि । एक दिन अर्कै गाउँबाट अटलबहादुर भन्ने व्यक्ति सोमरस भण्डारमा पुगेपछि सो गाउँमा विस्तारै उसैको रबाफ बढ्दै जान्छ । अटलबहादुरले गाउँका ती चार वीरलाई गोप्यरुपमा छुट्टाछुट्टै भेटेर सबैलाई मुख्य वीर बनाउने सपना पनि बाँड्छ । लहैलहैमा मुख्य वीर बन्ने आशमा चार वीर विभाजित गराएसँगै त्यसैको फाइदा उठाएर अटलबहादुर त्यस गाउँको मुखिया बनी सम्पूर्ण अधिकार आफूमा राखेको घोषणा गर्छ । मुखिया बनेपछि प्रत्येक चार वीरले आफू मुख्य वीर बन्ने आशा गरेकामा कसैलाई पनि मुख्य वीर नबनाएपछि उनीहरु अटलबहादुरसँग रिसाउँछन् । चार वीरमध्येका बलवीरले अटलबहादुरको फटाईं र ऊ अर्को कुनै ठाउँबाट भागेर आएको भनी प्रहरीमा उजुर गरी उसलाई पक्राउँछ । पछि विभाजित समाज पुनःएकाकार हुन्छ ।

केहि वर्ष पहिले आरोहण गुरुकुलमा देखाईसकिएको नाटक अटलबहादुरको आतंक निकै रुचाईएको थियो । प्रतिकात्मक रुपमा नेपाली समाज र राजनीतिक चित्रण रहेको यो नाटकलाई पोखरामा पनि दर्शकको राम्रो साथ मिलेको छ । नाटकका लेखक तथा निर्देशक खगेन्द्र लामिछाने पछिल्लो समय फिल्म निर्माणमा पनि सक्रिय छन् । लामिछाने मौलिक कथा र जिवन्त अभिनयका लागी चिनिने गर्छन्। उनको पहिलो फिल्म बधशाला भएपनी टलकजंग भर्सेज टुल्के बाट चर्चामा आएका हुन् । लामिछानेद्वारा लिखित र अभिनित चार फिल्म प्रदर्शनमा आइसकेका छन् ।

अटलबहादुरको आतंक पोखरा थिएटरले तयार पारेको तेस्रो नाटकको रुपमा मन्चन भैरहेको, र अन्य समुहले तयार परेका पनि थुप्रै नाटक प्रदर्शन भैसकेको पोखरा थिएटरका संस्थापक परिवर्तनले बताए। पछिल्लो समय नाटकमा दर्शकको संख्या बढ्दो छ । काठमाडौ बाहिर पनि लगातार नाटक मन्चन भैरहनु र दर्शकको साथ पाउनु नाटक क्षेत्रको बिकासमा सकारात्मक पक्ष हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

पोखरामा अटलबहादुरको आतंक !

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १२, २०७५
|
|
० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ, १२ साउन ।
  • पोखरा थिएटरमा अटलबहादुरको आतंक मन्चन भैरहेको छ।
  • खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको यो नाटक साउन ७ देखी सुरु भएको हो भने १६ गतेसम्म प्रदर्शन हुनेछ।

काठमाडौ, १२ साउन । पोखरा थिएटरमा अटलबहादुरको आतंक मन्चन भैरहेको छ। खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको यो नाटक साउन ७ देखी सुरु भएको हो भने १६ गतेसम्म प्रदर्शन हुनेछ।

सामाजिक कथामा आधारित नाटक ‘अटलबहादुरको आतंक’ मा एउटा मिलेर बसेको समाज हुन्छ जहाँ सामाजिक रीतिस्थितिअनुसार मुखिया प्रथा विद्यमान रहेको हुन्छ । गाउँका मुखियाले समाजको रीतिस्थिति एवं परम्परा संरक्षणको विशेष जिम्मा त्यहाँका रामवीर, छत्रवीर, बलवीर र धर्मवीर (चार वीर) लाई दिएको हुन्छ। चार वीरको निकै मिल्ने साथी हुन्छन् , सँगै रक्सी पिउने, क्षण भरमा झगडा गर्ने अनि तत्काल मिल्ने पनि । एक दिन अर्कै गाउँबाट अटलबहादुर भन्ने व्यक्ति सोमरस भण्डारमा पुगेपछि सो गाउँमा विस्तारै उसैको रबाफ बढ्दै जान्छ । अटलबहादुरले गाउँका ती चार वीरलाई गोप्यरुपमा छुट्टाछुट्टै भेटेर सबैलाई मुख्य वीर बनाउने सपना पनि बाँड्छ । लहैलहैमा मुख्य वीर बन्ने आशमा चार वीर विभाजित गराएसँगै त्यसैको फाइदा उठाएर अटलबहादुर त्यस गाउँको मुखिया बनी सम्पूर्ण अधिकार आफूमा राखेको घोषणा गर्छ । मुखिया बनेपछि प्रत्येक चार वीरले आफू मुख्य वीर बन्ने आशा गरेकामा कसैलाई पनि मुख्य वीर नबनाएपछि उनीहरु अटलबहादुरसँग रिसाउँछन् । चार वीरमध्येका बलवीरले अटलबहादुरको फटाईं र ऊ अर्को कुनै ठाउँबाट भागेर आएको भनी प्रहरीमा उजुर गरी उसलाई पक्राउँछ । पछि विभाजित समाज पुनःएकाकार हुन्छ ।

केहि वर्ष पहिले आरोहण गुरुकुलमा देखाईसकिएको नाटक अटलबहादुरको आतंक निकै रुचाईएको थियो । प्रतिकात्मक रुपमा नेपाली समाज र राजनीतिक चित्रण रहेको यो नाटकलाई पोखरामा पनि दर्शकको राम्रो साथ मिलेको छ ।

नाटकका लेखक तथा निर्देशक खगेन्द्र लामिछाने पछिल्लो समय फिल्म निर्माणमा पनि सक्रिय छन् । लामिछाने मौलिक कथा र जिवन्त अभिनयका लागी चिनिने गर्छन्। उनको पहिलो फिल्म बधशाला भएपनी टलकजंग बर्सेज टुल्के बाट चर्चामा आएका हुन् । लामिछानेद्वारा लिखित र अभिनित चार फिल्म प्रदर्शनमा आइसकेका छन् ।

अटलबहादुरको आतंक पोखरा थिएटरले तयार पारेको तेस्रो नाटकको रुपमा मन्चन भैरहेको, र अन्य समुहले तयार परेका पनि थुप्रै नाटक प्रदर्शन भैसकेको पोखरा थिएटरका संस्थापक परिवर्तनले बताए।

पछिल्लो समय नाटकमा दर्शको संख्या बढ्दो छ । काठमाडौ बाहिर पनि लगातार नाटक मन्चन भैरहनु र दर्शकको साथ पाउनु नाटक क्षेत्रको बिकासमा सकारात्मक पक्ष हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का  !
कांग्रेसका उम्मेदवार नरोत्तम वैद्यको उम्मेदवारी खारेज हुँदै, गगनलाई धक्का !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
राष्ट्रियसभा सदस्य प्रधानमन्त्री बन्ने गरी संविधान संसोधनको तयारी, बामदेव गौतम प्रम बन्न सक्ने !
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै
लेखापरीक्षण पेस नगर्ने दललाई पत्राचार गरिँदै
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ
लामो समयपछि दीपा नारायण झाले गाईन नेपाली गीत- देखु देखु लाग्छ
चितुवाको छाला सहित पक्राउ
चितुवाको छाला सहित पक्राउ
एशिया कप क्रिकेट नेपाल र भारतबीच खेल हुने
एशिया कप क्रिकेट नेपाल र भारतबीच खेल हुने
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
मतदाता शिक्षामा ७५ करोड खर्च गरे पनि बदर मतको परिणाम उच्च रहेका कारण आयोग मौन
कतिबेलाको सेक्स रमाइलो हुन्छ ?
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
एमाले जनप्रतिनिधिको २ दिने भेला : २० बुँदे काठमाडौं संकल्पपत्र जारी
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय
सम्पदा बानिया भन्दैछिन: मेरो दिलमा तिमी छौ अरु कोहि छैन प्रीय

तपाईंले छुटाउनुभयो कि?