नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २२, २०७५
|
|
५६ पटक हेरिएको
Shares
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने

सारांश

  • काठमाडौं, २२ साउन ।
  • नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने निर्णय गरेको छ ।
  • आइतवार सम्पन्न चेम्बरको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं, २२ साउन । नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने निर्णय गरेको छ । आइतवार सम्पन्न चेम्बरको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो । चेम्बरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कैलाश बजिमयले संस्थागत सदस्यताबाट हटाउन अनुरोध गर्दै सोमवार महासङ्घमा पत्राचार गरेको जानकारी दिए ।

चेम्बरको उक्त बैठकले सर्वसम्मत रूपमा महासङ्घको सदस्यता त्याग्ने निर्णय गरेको हो । चेम्बरका सीईओ बजिमयले भने, ‘हामीले संविधानअनुसार सातै प्रदेशमा सङ्गठन विस्तार गरिसकेका छौं । साथै जिल्लागत रूपमा सङ्गठन विस्तार गर्ने तयारीमा छौं ।’ यसअनुसार महासङ्घकै हैसियतमा चेम्बर हुने भएकाले सदस्यता त्याग्ने निर्णय गरेको उनको भनाइ छ । चेम्बरको ६७औं वार्षिक साधारणसभाले पनि महासङ्घकै स्वरूपमा सबै जिल्लामा साङ्गठनिक संरचना खडा गर्ने निर्णय गरेको थियो । विसं २०७४ पुस ११ गतेको मन्त्रिपरिषद् बैठकले चेम्बरलाई जिल्लागत रूपमा सङ्गठन विस्तार गर्न अनुमति दिएको थियो । सोहीअनुरूप चेम्बरले हालसम्म ६० जिल्लामा सङ्गठन विस्तार गरिसकेको छ । निकट भविष्यमा बाँकी जिल्लामा पनि सङ्गठन विस्तार गर्ने चेम्बरको तयारी छ । आफ्नो दायरा फराकिलो हुँदै गएकाले महासङ्घलाई सदस्यताबाट हटाउन अनुरोध गरेको सीईओ बजिमयको भनाइ छ । उनले आगामी दिनमा संस्थागत संरचना बलियो बनाउँदै निजीक्षेत्रको अधिकारका लागि चेम्बरले काम गर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घले चेम्बरको यस निर्णयप्रति दुःख व्यक्त गरेको छ । महासङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठले यो घटना अन्यन्त दुःखद भएको बताए । यो निर्णय उद्यमी व्यवसायीको हितमा नभएको उनको भनाइ छ । श्रेष्ठले भने, ‘चेम्बर जिल्लागत संरचनामा जाँदा स्थानीय उद्यमी दोधारमा पर्छन् । यसले उद्यमी, व्यवसायीबीच गलत प्रतिस्पर्धा हुन सक्छ ।’ तर, चेम्बरको उक्त निर्णयले आफूहरू निरुत्साहित नहुने उनको भनाइ छ । उनले भने, ‘महासङ्घले अझ बलियो रूपमा काम गरेर उद्यमीको मन जित्छ । चेम्बरलाई महासङ्घकै हैसियतमा आउन त्यति सजिलो छैन ।’ उनले चेम्बरप्रति कुनै गुनासो नभएको बताउँदै चेम्बरलाई सफलताको शुभकामनासमेत व्यक्त गरे ।

यो निर्णयसँगै महासङ्घ र चेम्बरको ५३ वर्षदेखिको सम्बन्ध टुट्ने सम्भावना बढेको छ । चेम्बरको स्थापना विसं २००७ मा र महासङ्घको विसं २०२२ मा भएको थियो । चेम्बरका तत्कालीन अध्यक्ष लोकनाथ जोशीको अध्यक्षतामा नै महासङ्घको स्थापना गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भोलिदेखि माओवादी केन्द्रीय समितिको बैठक
भोलिदेखि माओवादी केन्द्रीय समितिको बैठक
देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल
देशले खेल क्षेत्रमा फड्को मार्दैछ : वरिष्ठ नेता पौडेल
संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित
संदीपले ४ विकेट लिएपनि नेपाल बंगलादेशसँग पराजित
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
‘कोरोना महामारी आफै अन्त हुने, भ्याक्सिन आवश्यक नपर्ने’ अक्फोर्डमा भएको अध्ययनको दाबी
प्रेमिकाको छायाँसंगै भागे गायक सुमन के.सी.
प्रेमिकाको छायाँसंगै भागे गायक सुमन के.सी.
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
बाम गठबन्धनका उम्मेदवार वलीमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले आक्रमण !
PINUP-AZ Online Casino Pin U
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
भोली सार्वजनिक विदा
भोली सार्वजनिक विदा

तपाईंले छुटाउनुभयो कि?