बेनीकाे गलेश्वरधाममा भक्तजनको ओइरो

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण २९, २०७५
|
|
६६ पटक हेरिएको
Shares
बेनीकाे गलेश्वरधाममा भक्तजनको ओइरो

सारांश

  • बेनी, २९ साउन ।
  • यहाँको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् ।
  • बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ ।

बेनी, २९ साउन । यहाँको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा एक लाख २० हजारभन्दा बढी भक्तजनले पूजाअर्चना गरेका छन् ।बेनी नगरपालिका–९ स्थित गलेश्वरधाममा भगवान शिवको विशेष पूजाअर्चना गरिन्छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अनुसार साउन महिनाको चार सोमबारका दिन भक्तजनको उत्साहजनक सहभागिता रहेको थियो । साउनको अन्तिम सोमबार ३० हजारभन्दा बढी भक्तजनले गलेश्वरमा पूजा गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले जानकारी दिनुभयो ।“बर्सेनि भक्तजनको सङ्ख्या बढ्दै गएको छ,” उहाँले भन्नुभयो ।

शालीग्राम पाइने कालीगण्डकी नदीको किनारमा नौ रोपनी क्षेत्रफल रहेको गलेश्वरधाममा पूजापाठ गर्न म्याग्दीसँगै बागलुङ, पर्वत, कास्कीलगायत जिल्लाबाट भक्तजन आएका थिए । साउनको तेस्रो सोमबारसम्म रु नौ लाख भेटी सङ्कलन भएको छ । गलेश्वर शिवालयको दर्शन तथा पूजापाठ गरेर १०८ शिवलिङ्गमा कालीगण्डकीको जल अर्पण गरेमा सुख, शान्ति, ऐश्वर्य प्राप्ति हुने धार्मिक विश्वास छ ।धार्मिक गन्थ्रमा गलेश्वरमा सतीदेवीको गला पतन भएको उल्लेख छ ।

कालीगण्डकी किनारमा चट्टानमाथि अवस्थित गलेश्वरको पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । विशेषगरी बिवाहित महिला पारिवारिक सुख तथा अबिबाहित महिला राम्रो बर पाइयोस भन्ने कामनासहित साउनको सोमबार शिवालयमा पुगेर पूजा गरी ब्रत बस्ने चलन छ । गलेश्वर मन्दिरमा साउनको सोमबार, बाला चतुर्दशी र शिवरात्रीमा विशेष मेला लाग्छ । मुक्तिनाथको प्रवेशद्वारका रूपमा रहेको गलेश्वरमा भक्तजनबाट सङ्कलन हुने भेटीलाई शिवालय क्षेत्र विकास कोषले सार्वजनिक गर्दै आएको छ । सङ्कलन भएको भेटी गलेश्वरको पूर्वाधार निर्माण र सामाजिक कार्यमा खर्च गरिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्य
कर्जा पाउन २१३ स्टार्ट-अप उद्यम अयोग्य
डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी
डा. स्वर्णिम वाग्ले तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
काँग्रेस महासमिति सदस्य मल्ल पार्टीबाट निष्काशित
सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा
सिंगापुरद्धारा पाँच अर्ब डलरभन्दा बढीको राहात प्याकेज घोषणा
पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोड्दै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट
पुष्पा, केजिएफ र कान्ताराको रेकर्ड तोड्दै ‘हनुमान’ उत्तर भारतमा सुपरहिट
सिन्धुलीका दुई गाउँपालिकाको मतपेटिका आज ल्याइने
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी
राप्रपाद्वारा सामान सार्न महानगरसँग ३५ दिनको समय माग
राप्रपाद्वारा सामान सार्न महानगरसँग ३५ दिनको समय माग
नेपाल प्रहरीमा ३ एआईजी, ३१ सय दरबन्दी थपियो
नेपाल प्रहरीमा ३ एआईजी, ३१ सय दरबन्दी थपियो
नेप्से संचालक समितिको लापरवाहीका कारण लगानीकर्ताको सम्पत्ति बन्धकमा
नेप्से संचालक समितिको लापरवाहीका कारण लगानीकर्ताको सम्पत्ति बन्धकमा

तपाईंले छुटाउनुभयो कि?