अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ९, २०७५
|
|
६४ पटक हेरिएको
Shares
अपहृत भई हराईरहेकी कारीदेवी यादवको शव गाडिएको अवस्थामा फेला

सारांश

  • लहान ९,भदौ।
  • दुई साता अघि घरबाटै अपहृत भई हराईरहेकी  सिरहाको गोलबजार नगरपालिका–१० की महिला कारीदेवी यादवको शव आज माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ ।
  • सिरहा जिल्लाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी गराए।

लहान ९,भदौ। दुई साता अघि घरबाटै अपहृत भई हराईरहेकी  सिरहाको गोलबजार नगरपालिका–१० की महिला कारीदेवी यादवको शव आज माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहा जिल्लाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा गाडिएको अवस्थामा ५५ वर्षीय यादवको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी गराए।

उनको शब कुहिएर गन्हाउन थालेपछि स्थानीय बासिन्दा ले बाँसघारीमा शव गाडिएको हुनसक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए ,इलाका प्रहरी कार्यालय विष्णुपुर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले शव गाडिएको अवस्थामा निकालेको थियो ।प्रहरीले शव निकालेपछि उक्त शव अपहृत कारीदेवी कै भएको निजका आफन्त ले बताएका छन् । शव परीक्षणका लागि सिरहा जिल्ला अस्पताल पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए ।गत साउन २५ गते आफ्नै घरबाट अपरिचित दुई जनाले तपाइँको भतिजा बिरामी रहेको भन्दै कारीदेवीलाई अपहरण गरी लगेको स्थानीय बासिन्दाले बताएका छन् ।

जेठाजु सँग  घरजग्गा अंशको विषयमा कारीदेवीको विवाद चल्दै आएकोे र सोही विवादका कारण निजको  अपहरण भएको हुनसक्ने भन्दै स्थानीय बासिन्दाले तीन दिनअघि मात्र यादवको दुई जना आफन्तलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएका थिए ।

यसैबीच आक्रोशित स्थानीय बासिन्दाले अपहृत यादवको खोजतलासमा प्रहरीले चासो नदिँदा अपहरणकारीले हत्या गरी गाडेको भन्दै,उनीहरुले आज पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चोहर्वा सडक खण्ड एक घण्टा अवरुद्ध गरेका थिय ।

स्थानीय बासिन्दाको अवरोधका कारण पूर्व र पश्चिमबाट आएका सवारी साधनहरु बाटोमै अलपत्र परेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी
‘प्रोक्युरमेन्ट क्लिनिक’ सञ्चालन गरिने : सचिव रेग्मी
कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
कोरोना र फाइभ जी बीच सम्बन्धको रहस्य के हो ? जहाँ फाइभ जी त्यहाँ बढी संक्रमण किन?
विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा
विभिन्न आकृतिका मूर्ति रहेको खानीगाउँको गुफा ओझेलमा
बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध
बुद्धमूर्ति तोडफोड गर्नेलाई कारबाही गर्न माग गर्दै सडकमै सुतेर विरोध
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
मुख्यमन्त्रीलाई चेतावनी दिने अधिकार प्रचण्डलाई कसले दियो ?: शेखर कोइराला
अर्घाखाँची,इलाम,बुटवल,ताप्लेजुङ,प्यूठान को ताजा पारीणाम
अर्घाखाँची,इलाम,बुटवल,ताप्लेजुङ,प्यूठान को ताजा पारीणाम
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
महानगर र उपमहानगरका उम्मेदवार टुंगो लगायो माओवादीले
कृष्णप्रसाद सिटौलाले अाेली र दाहाल लार्इ बहर र साँढेगाेरू भनेपछि…
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’
शक्ति कपूर भन्छन् ‘श्रद्धाको विहेको कुरा वाहियात हो’

तपाईंले छुटाउनुभयो कि?