नागबेली झार नहुदा उपभोक्ता निराश

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, भाद्र २२, २०७५
|
|
६२ पटक हेरिएको
Shares
नागबेली झार नहुदा उपभोक्ता निराश

सारांश

  • पर्वत, २२ भदौ ।
  • विगतमा नागबेली झारबाट मनग्य आम्दानी गर्दै आएका यहाँका बासिन्दा अहिले निराश छन् ।
  • सामुदायिक वनमा प्रसस्त मात्रामा पाइने नागबेली झार बिक्री हुन छाडेपछि उनीहरु निराश बनेका हुन् ।

पर्वत, २२ भदौ । विगतमा नागबेली झारबाट मनग्य आम्दानी गर्दै आएका यहाँका बासिन्दा अहिले निराश छन् ।सामुदायिक वनमा प्रसस्त मात्रामा पाइने नागबेली झार बिक्री हुन छाडेपछि उनीहरु निराश बनेका हुन् । जलजला गाउँपालिका–९ बनांै, वडा नं ५ लेखफाँट, ६ शालिजा तथा मोदी गाउँपालिका–१ भुकताङ्ले र क्याङमा नागबेली पर्याप्त पाइन्छ । नागबेली झारबाट उत्पादित पाउडर विदेश निर्यात गर्दै आएका किसान हाल निराश छन् । दुई वर्षयता नागबेलीको पाउडर निर्यात हुन सकेको छैन ।

उपभोक्ताले सामूहिक रुपमा नागबेली सङ्कलन गरी बिक्री गर्दै आएका थिए । हाल नागबेली बिक्री हुन छाडेको छ । अहिले लाखौं रुपैयाँको सो झार वनमै कुहिन थालेको छ । स्थानीयस्तरमा लहरे झार, सिन्धुरे, वनमाला, सिमाललगायत झार विवाह व्रतबन्ध लगायतका काममा प्रयोग गरिँदै आएको थियो । सो झारको कोसाबाट विभिन्न शृृङ्गारका सामाग्री बन्ने थाहा पाएपछि किसान उत्साहित भएका थिए ।

कमेरे तथा छहरे पाखा सामुदायिक वन उपभोक्ता समूह क्याङका सदस्य श्याम प्रकाश पुर्जाका अनुसार यहाँका तीन सामुदायिक वन समूहले छुट्टाछुट्टै समूहमा नागबेली कोसा सङ्कलन गर्ने गरेका थिए । सङ्कलन गरिएको कोसालाई घाममा सुकाएर प्रशोधन गरी पाउडर बनाएर बिक्री गरिँदै आएको थियो । दुई वर्षअघि लोहोसे सामुदायिक वन उपभोक्ता समूह खुइजुरीबाट दुई सय किलो तथा छहेरे तथा कमेरा पाखा वन समूहबाट १५० किलो पाउडर उत्पादन गरी बिक्री गरिएको थियो । चिसापानी वन समूह लेस्पारले भने कोसा नै बिक्री गरेको थियो । किसानले प्रतिकिलो रु सात सयदेखि रु आठ सयसम्म आम्दानी गर्ने गरेका थिए । जिल्ला वन कार्यालयका अनुसार जिल्लामा १० टन भन्दा बढी पाउडर उत्पादन हुने अनमान गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
सहकारी ठगी प्रकरणः छविलाल जोशीको बन्दीप्रत्यक्षीकरण रिट खारेज
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
तराई धेरै स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्न प्रधानमन्त्री देउवाको मोदीसँग आग्रह
सीमा विवाद द्विपक्षीय संयन्त्रमार्फत् समाधान गर्न प्रधानमन्त्री देउवाको मोदीसँग आग्रह
कस्तो आउला सरकारको नीति तथा कार्यक्रम
कस्तो आउला सरकारको नीति तथा कार्यक्रम
पुल भत्किँदा स्थानीयवासीलाई सास्ती
पुल भत्किँदा स्थानीयवासीलाई सास्ती
६० सांसद रहेको गण्डकीमा २ जिल्लाबाट मात्रै २२ सांसद
६० सांसद रहेको गण्डकीमा २ जिल्लाबाट मात्रै २२ सांसद
मंसिरमा बैंकको ब्याजदर घट्यो, मुद्दती निक्षेपमा औसत ब्याज ३.८७ प्रतिशतमा झर्‍यो
मंसिरमा बैंकको ब्याजदर घट्यो, मुद्दती निक्षेपमा औसत ब्याज ३.८७ प्रतिशतमा झर्‍यो
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान
नेविसंघका दुई समूहबीच पार्टी कार्यालयमै हानाहान
लिच्छविकालीन शैलीमा मन्दिर निर्माण
लिच्छविकालीन शैलीमा मन्दिर निर्माण
कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्
कांग्रेस संसदीय दलको बैठकमा तय भएका एजेण्डाहरु यस्ता छन्

तपाईंले छुटाउनुभयो कि?