६ महिनाकालागि विद्यालय बन्द

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर ८, २०७५
|
|
६२ पटक हेरिएको
Shares
६ महिनाकालागि विद्यालय बन्द

सारांश

  • डोल्पा, ८ मंसिर ।
  •   चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् ।
  • यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत ९६–८० र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् ।

डोल्पा, ८ मंसिर ।  चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत ९६–८० र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् । चिसो बढेसँँगै बन्द भएका विद्यालय छ महीनापछि मात्रै खुल्छन् । प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले बताउनुभयो ।

“चिसोले बस्न नसकिने भएपछि प्रत्येक वर्ष कात्तिक अन्तिमतिरै त्यहाँका स्थानीय विद्यालय छ महीनाका लागि जाडो छल्न बेशी झर्छन्” उहाँले भन्नुभयो । शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख सिंहराज डाँगीले उपल्लो डोल्पामा कात्तिक लागेसँगै भारी हिमपातका कारण तापक्रम माइनसमा झर्ने र केही दिनसम्म हिमपात हुने भएकाले बालबालिका विद्यालयसम्म पुग्ने स्थिति नहुने बताउनुभयो । अत्यधिक चिसोका कारण त्यहाँका स्थानीयवासी सबै बन्दोबस्तीका सामानसहित घरमा ताल्चा लगाएर जाडो छल्न बेंशी झर्ने र बालबच्चा पनि सँगै लैजाने गरेपछि सम्पूर्ण विद्यालय छ महीनाका लागि बन्द हुँदै आएका छन् ।” शैक्षिक सत्र सकिएसँगै उपल्लो डोल्पाका २४ विद्यालयका करीब दुई हजार ९०० विद्यार्थी घरमै रहेका छन् ।

आर्थिक हैसियत मजबुत भएका विद्यार्थी काठमाडौँ जाने गर्दछन् । जाडोयामको सदुपयोग गर्दै उतै विषयगत ज्ञान लिने गरेको शिक्षक कठायतको भनाइ छ ।कमजोर आर्थिक अवस्था भएका विद्यार्थी अभिभावकसँगै तल्लो डोल्पाका दुनै, त्रिपुराकोट, लिकु, पहाडालगायतका विभिन्न स्थानमा जाडो छल्न झर्ने गर्दछन् । चिसो मौसम सकिएर गर्मी शुरु भएपछि चैत अन्तिमतिर मात्रै शिक्षक विद्यार्थीको जमघट हुने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
प्रहरी अतिरिक्त महानिरीक्षक डा. पोखरेलबाट मौलो पूजा सम्पन्न
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा
‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ, उपत्यकामा सार्वजनिक विदा
प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह
प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह
बेनी–जोमसोम सडकमा पहिराको अध्ययन
बेनी–जोमसोम सडकमा पहिराको अध्ययन
राति १२ बजेदेखि सार्वजनिक सवारी चलाउन बन्द
राति १२ बजेदेखि सार्वजनिक सवारी चलाउन बन्द
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
रातारात प्रधानमन्त्री र प्रधानन्यायाधीश भेटको रहस्य के होला ?
ओली सरकारका ५ महिना : सिन्डिकेट हटाउनेदेखि स्वास्थ्य बीमासम्म
ओली सरकारका ५ महिना : सिन्डिकेट हटाउनेदेखि स्वास्थ्य बीमासम्म
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
बजेट कार्यान्वायनमा प्रदेश न ३ मुख्यमन्त्री, मन्त्री सहित सचिबहरुको अन्तरक्रिया
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे,  सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध
बबर्इ नदीकाे जलसतहले सतर्कता तह पार गर्याे, सतर्क रहन सर्वसाधारणलार्इ अनुराेध
बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु
बसले मोटरसाईकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?