Friday, April 26
Shadow

अटो

लोभी अख्तियारका प्रस्तावित प्रमुख राई, एक बर्स्सम्म पनि फिर्ता गरेनन् सरकारी गाडी

लोभी अख्तियारका प्रस्तावित प्रमुख राई, एक बर्स्सम्म पनि फिर्ता गरेनन् सरकारी गाडी

अटो, आर्थिक, जीवनशैली, रोजगार
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रस्तावित प्रमुख आयुक्त प्रेम राईले सचिवबाट निवृत्त भएको एक वर्षसम्म पनि सरकारी गाडी फिर्ता गरेका छैनन् । गत २२ माघमा अवकाश पाएका उनले अहिलेसम्म गृह मन्त्रालयकै सवारीचालक र सुरक्षाकर्मी प्रयोग गरिरहेका छन् । सरकारी गाडीमा रातो नम्बर प्लेट राखेर उनले चलाइरहेको गृह मन्त्रालयको स्रोतले जनाएको छ । त्यस्तै, कुनै निर्णयविना नै दुईजना प्रहरीसमेत पूर्वसचिव राईले घरमा राखेको स्रोतको दाबी छ । अवकाशप्राप्त व्यक्तिलाई सवारी दिने कुनै व्यवस्था नै छैन । संवैधानिक परिषद्ले आफूभन्दा कनिष्ठ व्यक्ति प्रेमकुमार राईलाई प्रमुख आयुक्तमा सिफारिस गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा. गणेशराज जोशीले राजीनामा दिने तयारी गरेका छन् । उनले यसबारे आफूले निकटस्थहरूसँग छलफलसमेत गरेको स्रोत बताउँछ । निजामती प्रशासनमा राई...
जोर विजोर हट्यो लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

जोर विजोर हट्यो लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने

अटो, विशेष खबर, समाज
अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्‍यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए । तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो । भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ । मन्त्री खतिवडाका अनुसार निजी सवारीको जोर विजोर भने हटेको छ । सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो । यातायात व्यवसायीको सकारात्मक प्रतिक्रिया याताया...
सार्वजनिक सवारी चलाउनेबारे ‘केन्द्रीय महासंघ’सँग सहमति, ‘राष्ट्रिय महासंघ’सँग सोमबार छलफल

सार्वजनिक सवारी चलाउनेबारे ‘केन्द्रीय महासंघ’सँग सहमति, ‘राष्ट्रिय महासंघ’सँग सोमबार छलफल

अटो, आर्थिक, रोजगार
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग आवद्ध सार्वजनिक सवारी चलाउनेबारे सोमबार यातायात व्यवस्था विभागसँग छलफल हुने भएको छ । सार्वजनिक यातायात केन्द्रीय महासंघले भने सोमबारदेखि नै गाडी चलाउनेबारे विभागसँग आइतबार सहमति गरेको छ । मौद्रिक नीतिमार्फत माग सम्बोधन भएपछि सुरक्षित तवरले यातायात सञ्‍चालनबारे सोमबार यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने भएको हो । महासंघका महासचिव सरोज सिटौलाले कान्तिपुरसित भने, 'भोलि १ बजे यातायात व्यवस्था विभाग र व्यवसायीहरुबीच छलफल हुने कार्यक्रम छ ।' यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले स्वास्थ्य सावधानी बलियो रुपमा नअपनाइ गाडी चलाउन नसकिने भनाइ दोहोर्‍याए । उनले चालक, सहचालकको कोरोना स्वास्थ्य बीमा गराउने, गाडी कहाँ-कहाँ गाडी रोक्ने, सुरक्षाका उपायबारे कार्यविधि बनिसकेको जनाउँदै विभागसँग छलफलपछि निर्णयमा पुगिने बताए । सरका...
राजी भयो सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी

राजी भयो सार्वजनिक सवारी चलाउन यातायात व्यवसायी

अटो, आर्थिक, रोजगार, समाज
सार्वजनिक यातायात चलाउन यातायात व्यवसायीहरु तयार भएका छन् । केही दिनभित्रै सार्वजनिक सवारीहरु चल्न सुरु गर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सिट क्षमताको आधा यात्रु राखेर सार्वजनिक सवारी चलाउन दिने निर्णय गरेको थियो । यातायात व्यवसायीका छाता संगठनहरुले विभिन्न माग राख्दै सवारी नचलाउने निर्णय गरेका थिए । चर शुक्रबार आएको मौदि्रक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवस्ाायीहरुले बताएका छन् । बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग सम्बाधेन भएकाले सार्वजनिक सवारी चलाउन अब सहज अवस्था बनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौलाले बताए अब मौद्रिक नीतिले गरेका व्यवस्थाबारे थप स्पष्ट हुँदै...
निजी सवारीमा भाडाका यात्रु बोक्न नदिन यातायात व्यवसायीको माग

निजी सवारीमा भाडाका यात्रु बोक्न नदिन यातायात व्यवसायीको माग

अटो, रोजगार
काठमाडौं । यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन बन्द गराएर रातो प्लेटका निजी सवारी साधनले यात्रु ओसारपसार गरिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रमान कर्माचार्य, महासचिव सरोज सिटौला लगायतको टोलीले गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको छ । महासंघले संक्रमणको जोखिमको कारण देखाउँदै सार्वजनिक सवारी बन्द गरिएको अवस्थामा यसलाई मौका बनाएर रातो प्लेटका सवारीले यात्रु ओसारिरहेको र यात्रुबाट पनि ठूलो दरको भाडा असुल भइरहेको बताएको छ । गृहसचिव महेश्वर न्यौपानेलाई बुझाइएको पत्रमा सार्वजनिक सवारी बन्द गरेर बस्नुपर्दा व्यवसायीलाई ठूलो मार परिरहेको भन्दै यही बेलामा निजी सवारीले भाडाका यात्रु बोक्दा संक्रमण नियन्त्रणका लागि व्यवसायीले गरेको त्याग खेर जाने उल्लेख छ । महासचिव सिटौलाले रातो प्लेटबाट कोरोना नसर्ने जसरी कानूनविपर...
दुई यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउने दिने तयारी

दुई यात्रु राख्न पाउने गरी ट्याक्सी चलाउने दिने तयारी

अटो, रोजगार
काठमाडौं । सरकारले दुई जनासम्म यात्रु राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिने तयारी गरेको छ । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकमा ट्याक्सीसहित सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिनेबारे छलफल भएको थियो । एक मन्त्रीका अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने गरी चालकबाहेक दुईजना राख्ने गरी ट्याक्सी सञ्चालन गर्न दिनेबारे सकारात्मक छलफल भएको छ । ‘यसबारे कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)मा छलफल गरेर निर्णय हुनेछ ।’ यस्तै सार्वजनिक यातायात सञ्चालनबारे पनि गृहकार्य गर्ने जिम्मा सीसीएमसीलाई दिइएको छ । यातायात व्यवसायी लगायत सरोकारबाला पक्षसँग यातायात व्यवस्था मन्त्रालयले छलफल गरेर सीसीएमसीमा मोडालिटी पेश गर्ने र त्यसअनुसार थप निर्णय हुने एक मन्त्रीले बताए । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना नगर्दा...
फोर्ड एन्डेभर नेपाली बजारमाः मूल्य १.४९ करोड, बीएस६ मापदण्ड अनुरुप यस्ता छन् विशेषताहरु

फोर्ड एन्डेभर नेपाली बजारमाः मूल्य १.४९ करोड, बीएस६ मापदण्ड अनुरुप यस्ता छन् विशेषताहरु

अटो, आर्थिक
काठमाडौं । फोर्डको नेपालका लागि आधिकारिक विक्रेता जीओ अटोमावाइल्सले फोर्ड एन्डेभरको २०२० मोडलको गाडी नेपाली बजारमा ल्याएको छ । विश्वको पहिलो १०–स्पीड स्वचालित ट्रान्समिशन भएको यस गाडीमा नयाँ २.० लिटर इकोब्लू डीजेल इन्जिन राखिएको छ । नेपालमा यसको मूल्य रु. १.४९ करोड रहेको छ । १४ प्रतिशतसम्म इन्धन खपतमा सुधार गरिएका, शक्तिशाली अफरोड क्षमता, सस्तो सर्भिसिङ्ग सेवा, उत्कृष्ट पर्फरमेन्सका साथ २०२० एन्डेभर एसयूवी सेग्मेन्टमा नेपालमा आफ्नो छुट्टै प्रभूत्व स्थापित गर्ने आशा राखेको छ । एसयूवी चालकले अपेक्षा गरेभन्दा बढी सुविधाहरू भएकाले एसयूवी पारखीहरुको यो पहिलो रोजाइ बन्नेमा कम्पनी विश्वस्त छ । उत्कृष्ट पर्फर्मेन्स र अनुकूल मूल्यका साथ नेपालमा यो कार भित्रिएको छ । विश्वको पहिलो १० स्पीड स्वचालित ट्रान्समिशनयुक्त यो कार सेलेक्ट सिफ्ट टेक्नोलोजीयुक्त सेग्मेन्टको पहिलो गाडी हो साथै चाहेको दा...