Sunday, May 5
Shadow

प्रदेश नं. १

सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ३० वटा ढोका खोलियो

सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ३० वटा ढोका खोलियो

प्रदेश नं. १
 विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो । कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ । ...
प्रदेश १ सरकारले ल्यायो संसद मर्फाद प्रहरी विधेयक

प्रदेश १ सरकारले ल्यायो संसद मर्फाद प्रहरी विधेयक

प्रदेश नं. १, राजनीति
विराटनगर ।  प्रदेश १ सरकारले प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सदनमा प्रस्तुत गरेको छ । मंगलबारको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले विधेयर्क प्रस्ताव स्वरुप पेश गरेका हुन् । प्रदेशसभा नियमावली, २०७४ को नियम ९२ बमोजिम पेश भएको विधेयकको विचार गरियोस् भन्ने प्रस्ताव मंगलबारनै सर्वसम्मतिले पारित भएको छ । संविधानमा प्रदेश सरकारको एकल अधिकार सूचीमा प्रदेश प्रहरीको व्यवस्था भएकाले प्रदेश १ सरकारले विधेयक सदनमा पुर्याएको हो । प्रदेशमा शान्तिसुरक्षा, अमनचयन र अपराध अनुसन्धानमा यो विधेयकले मद्दत पुर्याउने भएकाले ढिलै भए पनि सदन समक्ष विधेयक ल्याउन प्रदेश सरकार सफल भएको मन्त्री कार्कीले बताए । उनले नेपाल प्रहरी ऐन, २०१२ को निर्देशिका अनुसार बन्न लागेको यो ऐन संविधानले व्यवस्था गरेअनुसार हुने बताए । संघीय प्रहरी समायोजन अन्तर्गत अब यस प्रदेशमा ११ हजार न...
ताप्लेजुङ सदरमुकाममा आगलागी, ७ घर जले

ताप्लेजुङ सदरमुकाममा आगलागी, ७ घर जले

प्रदेश नं. १
ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । गएराति १० बजेदेखि लागेको आगो शनिबार बिहान साढे ५ बजेतिर नियन्त्रणमा आएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार सात वटा घर र पाँच वटा घुम्ती पसल जलेर नष्ट भएका छन् । गएराति भट्टराई होटल एण्ड लजबाट आगलागी सुरु भएको थियो । दमकल, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । साना–साना आगो निभाउने काम भने आइतबार बिहानसम्म पनि जारी छ । आगलागीको कारण भने खुलेको छैन । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । ताप्लेजुङ सदरमुकाममा हरेक वर्ष आगलागी हुँदै आएको छ । २०७१ सालको आगलागीमा ३५ घर जल्दा करोडौंको क्षति भएको थियो भने ९० परिवार विस्थापित भएका थिए ।...
उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

उदयपुरमा थप ८ जनामा कोरोना संक्रमण

प्रदेश नं. १, स्वास्थ्य
काठमाडौं । उदयपुरमा थप ८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा नतिजा शंकास्पद आएपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः परीक्षण गरिएको थियो । त्यस क्रममा आठै जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले जानकारी दिए । कोसी अस्पतालका एक चिकित्सकका अनुसार उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपाली कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको हो । उदयपुरका अर्का एक युवकमा पनि मंगलबार नै कोरोना संक्रमण पुष्टि भएको छ । योसमेत मंगलबार उदयपुरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।...
फेरि देखियो उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ, पुन: परीक्षणका लागि धरान पठाइयो

फेरि देखियो उदयपुरका थप ८ जनामा कोरोना पोजेटिभ, पुन: परीक्षणका लागि धरान पठाइयो

प्रदेश नं. १, स्वास्थ्य
उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १३ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ८ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ। विराटनगरस्थित कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ती ८ जनामा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको हो। पोजेटिभ देखिएका नमूनालाई थप परीक्षण गर्न धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। गत शुक्रबार उदयपुरको भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो। पछि फेरि बाँकी चारजना मध्ये एकजनालाई पनि संक्रमण पुष्टि भएको थियो। संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोसी अस्पताल विराटनगर पठाइएको थियो। तीनैमध्ये ८ जनामा फेरि कोरोना पोजेटिभ देखिएको हो। यसअघि  संक्रमण पुष्टि भएका १३ जना विराटनगरको कोरोना अस्पतालमा उपचाररत छन्।...
टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि मिलनचाेकमा तनाव

टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि मिलनचाेकमा तनाव

प्रदेश नं. १
विराटनगर, २१ फागुन । टिपरको ठक्करबाट हजुरबुबा र नातिनीको मृत्यु भएपछि विराटनगर-विराटचाेक सडक खण्डमा तनाव भएको छ । मंगलबार राति साढे ९ बजे विराटनगर– १९ मिलनचोकमा टिपरले अटोलाई ठक्कर दिँदा एकै परिवारका दुई जनाको मृत्यु भएपछि तनाव उत्पन्न भएको हो । विराटचोक–घिनाघाट सडकखण्डमा विराटनगरतर्फ आउँदै गरेको को १ ख २९१७ नम्बरको टिपरको ठक्करबाट ४५ वर्षीय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षीया सविता सरदारको मृत्यु भएको थियो । पूर्वतर्फ जाँदै गरेको प्रदेश १–००२ ह ८६०६ नम्बरको अटोलाई टिपरले ठक्कर दिँदा अटो चालक मोरङ ग्रामथान गाउँपालिका–२ बस्ने बाबुराम र उनको नातिनी सविताको घटनास्थलमै मृत्यु भएको थियो । एकै परिवारका दुई जनाको मृत्यु भएपछि बुधबार बिहानैदेखि स्थानीयले सडक अवरुद्ध गरेका छन् । ठूलो संख्यामा प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको छ । दुर्घटना पछि आक्राेशित बनेका स्थानीय र आफन्तले...
स्वास्थ्य शिविरबाट १ हजार १३० बिरामीको निःशुल्क उपचार

स्वास्थ्य शिविरबाट १ हजार १३० बिरामीको निःशुल्क उपचार

प्रदेश नं. १
संखुवासभा । नोबेल शिक्षण अस्पतालले संखुवासभाको पाँचखपन नगरपालिका–८ चुङ्गखुरुङमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा कार्यालय, न्यौपाने कुलबंश समाज र न्यौपाने बन्धु समाजसँगको सहकार्यमा सञ्चालित शिविरबाट १ हजार १ सय ३० जना बिरामीको निःशुल्क उपचार गरिएको छ । शिविरमा ३ सय ४१ जनाको भिडियो एक्सरे, २ सय ३ जनाको ल्यावटेष्ट र १ सय ५४ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । शरिरमा गाँठागुँठी पलाएका २४ जना र आँखामा समस्या भएका २१ जनाको शिविरमा सामान्य शयक्रियासमेत गरिएको छ । गरिब तथा बिपन्न बिरामीलाई लक्षित गरी नोबेल अस्पतालले पूर्वी नेपालका बिभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यसैवीच शुक्रबार संखुवासभाको खाँदवारी र आइतबार भोजपुरको गोगनेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने नोबेल अस्पतालले जनाएको छ । ...
उडिरहेको हेलिकोप्टरबाट जस्तापाता झरेपछि…

उडिरहेको हेलिकोप्टरबाट जस्तापाता झरेपछि…

प्रदेश नं. १
उडिरहेको हेलिकोप्टरबाट  जस्तापाता खसेपछि स्थानीय नागरिक त्रसित बनेका छन् ।  सोलुदूधकुण्ड नगरपालिका–१ को लुङ्दिङ जङ्गलमा कैलाश एयरको हेलिकोप्टरबाट गत हप्ता  करिब छ केजी जस्तापातासहित दुई रोल म्याट्रिक्स खसेपछि स्थानीयवासीमा त्रास र आक्रोश पैदा भएको हो । टाक्सिन्दुका कुमार विश्कर्माले हेलिकोप्टरबाट  पटक पटक सामग्री खस्ने गरेको भए पनि सम्बन्धित निकायले सुरक्षामा ध्यान नदिएको गुनासो गरे । सोही गाउँका टेण्डी शेर्पाले सुरक्षित ढुवानीका लागि सम्बन्धित पक्षलाई बारम्बार आग्रह गरेको स्मरण गर्दै आफूहरुको सुझाव कार्यान्वयन नभएकोमा गुनासो गरे  । उनले सुरक्षित ढुवानी गर्नेतर्फ कम्पनीले ध्यान नदिँदा मानवीय क्षति भएमा जिम्मेवारी नियमनकारी निकायले लिनुपर्छ भने ।  सोलुदूधकुण्ड नगरपालिका–१ टाक्सिन्दुडाँडाबाट खुम्बु क्षेत्रका लागि निर्माणलगायत दैनिक उपभोग्य वस्तु ढुवानी भइरहेको छ । निर्माण सामग्रीसहित काठस...
आफूविरुद्ध मुद्दा परेपछि मुख्यमन्त्री राईले भने– मलाई फसाउन खोजियो

आफूविरुद्ध मुद्दा परेपछि मुख्यमन्त्री राईले भने– मलाई फसाउन खोजियो

प्रदेश नं. १
सुनसरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आफूले देश, जनता र पार्टीको शीर निहुर्‍याउने गरी कुनै गल्ती नगरेको बताएका छन् । राईलाई आफ्नो श्रीमान दावी गर्दै एक महिलाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि राईले आफूलाई फसाउन अनेक षड्यन्त्र भइरहेको बताए । उनले मुद्दा दिने महिलाललाई आफूले नभेटेको दावी गर्दै उनले आफूविरुद्ध कसैले षड्यन्त्र गरी ती महिलाललाई प्रयोग गरिरहेको दावी गरे ।शनिबार प्रेस संगठन प्रदेश नम्बर १ को भेलालाई सम्बोधन गर्दै उनले वास्तविकता विस्तारै खुल्दै जाने पनि बताए । दोलखाकी बालिका खड्काले मुख्यमन्त्री राई आफ्नो पति भएको दाबी गर्दै  ‘नाता कायम गरी अंश दिलाई पाँउ’ भनी शुक्रबार जिल्ला अदालत काठमाडौंमा अंश मुद्दा दायर गरेकी थिइन् । सञ्चारमन्त्री भएका बेला राईले राजधानीको गोल्फुटारमा आफूलाई कोठा लिएर राखेको र आफू राईसँग २०७१ सालदेखि सँगै रहेको खड्काले दायर ...
गाईले पत्ता लगाएको गुप्तेश्वर महादेव गुफा ओझेलमा

गाईले पत्ता लगाएको गुप्तेश्वर महादेव गुफा ओझेलमा

प्रदेश नं. १
परापूर्वकालमा गाईले पत्ता लगाएको भनेर चिनिने खोटाङको अर्खैलेस्थित गुप्तेश्वर महादेव गुफा आझेलमा परेको छ । दर्शन गर्न सुतेरै पस्न र निस्कनुपर्ने अनौठो किसिमको गुप्तेश्वर महादेव गुफा हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित दुक्सिलीमा अवस्थित छ । विशाल चट्टानको फेदमा अवस्थित गुप्तेश्वर महादेव गुफाभित्र सात जना दर्शनार्थी मात्र अटाउन सकिन्छ । कालो चट्टानले बनेका गुफामा थुप्रै शिला देख्न सकिन्छ । ती सबैको धार्मिक मान्यताअनुसार नामकरण गरिएका छन् । गुप्तेश्वर महादेवको विशाल गुफाभित्र महादेव, चन्द्रमा, गणेश, शिवजी, सप्तऋषि, महादेवको शिर र कछुवालगाइत थुप्रै आकृति देख्न सकिन्छ । त्यसमध्ये डेढ फिट उचाइको शिलालाई गुप्तेश्वर महादेव भन्ने गरिन्छ । गुफाभित्रको विशाल शिलाबाट चौबीसै घण्टा तपतप पानी चुहिरन्छ । गुफा पस्ने र निस्कने ठाउँमा गाई आकारको शिला टाढैबाट प्रस्ट देख्न सकिन्छ । गुप्तेश्वर महादेव ...
करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

प्रदेश नं. १
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–६ डढुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बत्ति बनाउन पोलमा चढ्दा करेन्ट लागेर डढुवाका २६ बर्षीय पबन राईको मृत्यु भएको हो । गएराति करिव १० बजे राईको घरमा करेन्ट नआएपछि पोलमा चढेर बत्ति बनाउने क्रममा उनलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गंभीर घाईते भएका राईलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । उपचारकै क्रममा राती करिव ११ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । ...