अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र २२, २०७९
|
|
४५ पटक हेरिएको
Shares
अज्ञात समूहद्वारा हात्तीको सुँड काटियो

सारांश

  • चितवन ।
  • पर्यटकीय नगरी सौराहामा बाँधी राखिएको एक हात्तीको सुँड काटिएको छ ।
  • पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो ।

चितवन । पर्यटकीय नगरी सौराहामा बाँधी राखिएको एक हात्तीको सुँड काटिएको छ । पर्यटन व्यवसायी दीपेन्द्र खतिवडाको उक्त हात्तीको सुँड गएराति काटिएको हो ।

सौराहास्थित रेष्टुराँ एण्ड बार एशोसिएशनका पूर्वअध्यक्ष समेत रहनुभएका खतिवडाका अनुसार गएराति ११ः३० बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सुँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । हात्ती पीडाले कराएपछि हेर्न जाँदा यस्तो घटना देखिएको उनको भनाइ थियो ।

हात्तीलाई मार्ने उद्देश्यले नै सुँड काटिएको हुनसक्ने खतिवडाले बताउनुभयो । उहाँका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सुँड छ इन्च काटिएको छ । बाघमारा सामुदायिक वन जाने बाटोमा तीन वटा हात्ती एकै ठाउँमा बाँधेर राखिएकामा चन्चलकलीको सुँड काटिएको थियो । काटिएको सुँडको भाग जोड्न नमिल्ने अवस्थामा रहेको र उपचारका बारेमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका चिकित्सक तथा प्राविधिकहरुबीच छलफल भइरहेको खतिवडाले बताए ।

हात्तीले खानका लागि आहारा तान्न र कुनै कुरा टिप्न सुँडको प्रयोग गर्दछ । जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रामेश्वर कार्कीले नेपाल प्रहरी र निकुञ्ज प्रशासनको सहयोगमा घटनाबारे अनुसन्धान भइरहेको बताए । हात्तीको सुँड काटिएको यो पहिलो घटना हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इलाममा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी परिचालन
इलाममा निर्वाचन सामग्रीसहित मतदान केन्द्रमा कर्मचारी परिचालन
राष्ट्रपति भण्डारी द्वारा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत
राष्ट्रपति भण्डारी द्वारा पहिलो पटक नीति तथा कार्यक्रम प्रस्तुत
कोठाभाडा दिने र लिने समस्याको साथी घरभेटी डटकम
कोठाभाडा दिने र लिने समस्याको साथी घरभेटी डटकम
जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्
जब कोमामा रहेका डिआइजी श्रेष्ठलाई एआइजी आशाले बिदाईको माला लगाइदिइन्
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
अमेरिकन खेलडीले स्वागत गर्न पुगेका नुवाकोटे टाइगरलाई भकुरे ! बदला लेलान त नुवकोटे टाइगरले ? (भिडियो सहीत)
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे
राजकुमार ह्यारीले राजपरिवारबाट अलग भएर आत्मनिर्भर बन्ने घोषणा गरे
काठमाडौंका यी भित्री शहरमा चारपांग्रे सवारी साधन निषेध
काठमाडौंका यी भित्री शहरमा चारपांग्रे सवारी साधन निषेध
भदौ ५ गते शुक्रवारको राशिफल यस्तो छ
भदौ ५ गते शुक्रवारको राशिफल यस्तो छ
जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश
जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्चको अन्तरिम आदेश
नेपालमा आएको ‘टोर्नाडो’को नेपाली नाम भेटिएन
नेपालमा आएको ‘टोर्नाडो’को नेपाली नाम भेटिएन

तपाईंले छुटाउनुभयो कि?