रसुवामा २५ प्रतिशत मत बदर

Abhiyanpost Abhiyanpost
|
सोमबार, मंसिर २५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
रसुवामा २५ प्रतिशत मत बदर

सारांश

  • रसुवा, मंसिर २५–मंसिर १० गते रसुवामा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा साढे ६ हजार मत पूर्ण बदर भएको छ ।
  • निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बदर मत बढेको हो ।
  • जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार ६ हजार पाँच सय ९१ मत पूर्ण बदर भएको छ ।

रसुवा, मंसिर २५–मंसिर १० गते रसुवामा भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा साढे ६ हजार मत पूर्ण बदर भएको छ ।

निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा बदर मत बढेको हो । जिल्ला निर्वाचन कार्यालय रसुवाका अनुसार ६ हजार पाँच सय ९१ मत पूर्ण बदर भएको छ ।

प्रत्यक्षतर्फ दुई हजार मत बदर भएकोमा समानुपातिकतर्फ चार हजार पाँच सय ९१ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी नविन खालिङले बताउनुभयो ।

समानुपातिकतर्फ तीन हजार चार सय ३७ मत आशिंक रुपमा बदर भएको पाइएको छ । ३२ हजार तीन सय २२ मतदाता रहेको जिल्लामा प्रत्यक्ष तथा समानुपातिकतर्फ २६ हजार एक सय मत खसेको थियो ।

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा २६ हजार ८७ मत खसेको एक हजार एक सय ४५, प्रदेशसभा क मा १३ हजार दुई सय ५३ मत खसेको ४ सय ५० र प्रदेशसभा ख मा १३ हजार तीन सय ५३ मत खसेकोमा ४ सय ५ मत पूर्ण बदर भएको छ ।

त्यसैगरी समानुपातिकतर्फ प्रतिनिधिसभामा खसेको २६ हजार ९८ मतमध्ये २२ सय ९४ पूर्ण र नौ सय ८ आंशिक रुपमा बदर भएको छ । प्रदेशसभामा खसेको २६ हजार ९८ मतमध्ये २२ सय ९७ पूर्ण र २५ सय २९ आंशिक रुपमा बदर भएको छ ।

मत माग्नका लागि घरदैलो अभियानमा लागेका राजनीतिक दलले गठबन्धनका कारण समानुपातिकतर्फ मत नमागेपछि बढी मात्रामा मत बदर भएको पार्टीका नेताहरुले बताएका छन् ।
मतदानको क्रममा एउटै मत्रपत्रमा दुई वटा छाप लगाएको र ल्याप्चे लगाएको मत बदर भएको सहायक मतदान अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जिल्लामा यसभन्दा अघि भएका निर्वाचनमा भन्दा यो पटक अत्याधिक मत बदर भएको छ, आशिंक रुपमा बदर भएको मतलाई मान्यता नदिने निर्वाचन आयोगको निर्णय भएको भएपनि यहाँ पूर्ण बदर मत नै धेरै भएको देखिन्छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो   
‘हामी अन्तिम १६ मा प्रवेश गर्न पनि लायक थिएनौं’ -जर्मनी प्रशिक्षक जोचिम लो  
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
नेकपा सचिवालय बैठक बालुवाटारमा बस्दै
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
क्यान्सरपीडित समाजसेवीका लागि अमेरिकाबाट झण्डै १ लाख सहयोग
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सुर्खेतको भेरी गगां नगरपालीकाको वडानम्बर १ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई, सोमबार बिहान सपथ
केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’
केपी ओलीलाई गगन थापाको चेतावनीः ‘तपाईंको बोली खतरनाक ट्रेलर हो’
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित
आँधीका कारण दक्षिण अफ्रिकाका पाँच लाख विस्थापित
रक्षाको समीक्षा : वित्तीय प्रगति कमजोर
रक्षाको समीक्षा : वित्तीय प्रगति कमजोर
नागढुङ्गा–कलङ्की सडकखण्डमा सोलारबत्ती जडान !
नागढुङ्गा–कलङ्की सडकखण्डमा सोलारबत्ती जडान !

तपाईंले छुटाउनुभयो कि?