अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
३६ पटक हेरिएको
Shares
अध्यक्ष भागेपछि सहकारी सञ्चालकनै पीडित !

सारांश

  • काभ्रेपलाञ्चोक ।
  • काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।
  • दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट रु १४ करोड लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् ।

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी रु १४ करोड रकम कुम्ल्याएर भागेपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् ।

दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भई बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट रु १४ करोड लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चालकका अनुसार उक्त सहकारीको करिब रु पाँच करोड रकम अपचलन भएको छ ।

सोही सहकारीका सञ्चालक समितिका उपाध्यक्ष झम्कप्रसाद गौतमको रु ६५ लाख र उनका दाजु देवीप्रसाद गौतमको रु ५१ लाखसमेत गौतमले लिएर फरार भएको बताइएको छ । गौतम प्रमुख कार्यकारी अधिकृतसमेत रहेको पुण्यश्वर सहकारीको चौँरीदेउराली र पाँचखाल सेवा केन्द्रमा बचत गर्ने बनेपा नगरसहितका सात हजार दुई सय सदस्यको रु नौ करोड रकम गौतमले नै खर्च गरेर महिनौँदेखि बेपत्ता भएको पीडितको निवदेनमा उल्लेख छ ।

गौतमका साथै सो सहकारीका सचिव गङ्गाबहादुर तामाङ, अमृत गौतम, टीकालाल श्रेष्ठलगायत ३१ बचतकर्ताले बनेपा नगरपालिका कार्यालय, सहकारी विभाग, जिल्ला प्रशासन, प्रहरी कार्यालयलगायतका स्थानमा उजुरी दिएका छन् । विसं २०७९ पुस २६ गते जिल्ला प्रशासन कार्यालयमा पुण्यश्वर सहकारीले बचत फिर्ता नदिई कार्यालयसमेत बन्द गरेर भागेकाले आवश्यक गरिपाउँ भनी निवेदन दिएको पाइएको छ ।

पीडितले हेटौँडास्थित बागमती प्रदेशको सहकारी मन्त्रालयमा समेत निवदेन दिएका छन् । सोही निवेदनका आधारमा मन्त्रालयले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई खोजकार्य तथा आवश्यक कारबाहीका लागि पत्राचार गरेपछि फरार गौतम तथा सहकारीबारे छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुस १४ गते सोमबारको राशिफल यस्तो छ
पुस १४ गते सोमबारको राशिफल यस्तो छ
मंसिर ६ गते शनिवारको राशिफल यस्तो छ
मंसिर ६ गते शनिवारको राशिफल यस्तो छ
सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
सहकारी ठगीमा संलग्न जो कोहीमाथि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
वामदेवको मुद्दा उपर आज संवैधानिक इजलासमा दुईपक्षीय छलफल हुँदै
बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै
बन्दीपुर केबलकारको आइपिओ निष्कासन हुँदै
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
ठमेल र पोखरा २४ सै घण्टा खुल्ला राख्न सुरक्षा व्यवस्था मिलाउँछौं : गृहमन्त्री शर्मा
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
अपडेटः आयो २२८ स्थानको नतिजा, एमालेले पार गर्‍यो शतक
एमाले माओवादी एकता- केन्द्रीय कमिटीमा ६०/४०, आठ तह बनाउने तयारी
एमाले माओवादी एकता- केन्द्रीय कमिटीमा ६०/४०, आठ तह बनाउने तयारी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
दीपकराज जोशीको नाम सर्वोच्च अदालतका न्यायाधीश पदमा सिफारिश गर्दा नै पार्टीले विरोध जनाएको थियोःचित्रबहादुर केसी
मन्त्री शर्माले भनिन् : सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ
मन्त्री शर्माले भनिन् : सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ