एसपी दुर्गा चन्दको काम लाई सलाम ! यो समाचार पढ्नेहरुले सेयर पनि गर्नेछन

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र ६, २०७४
|
|
५७ पटक हेरिएको
Shares
एसपी दुर्गा चन्दको काम लाई सलाम ! यो समाचार पढ्नेहरुले सेयर पनि गर्नेछन

सारांश

  • घोराही ।
  • दाङमा प्रमुख एसपी दुर्गा चन्द सिंहले सर्बसाधारणलाई खुशी पार्ने काम गर्न थालेकी छिन ।
  • डिउटीको समयमा घुस लिएको आरोपमा एक जना ट्राफिक प्रहरी जवानलाई एसपी दुर्गा चन्द सिंहले नियन्त्रणमा लिएकी छिन् ।

घोराही । दाङमा प्रमुख एसपी दुर्गा चन्द सिंहले सर्बसाधारणलाई खुशी पार्ने काम गर्न थालेकी छिन । डिउटीको समयमा घुस लिएको आरोपमा एक जना ट्राफिक प्रहरी जवानलाई एसपी दुर्गा चन्द सिंहले नियन्त्रणमा लिएकी छिन् ।

उनले सवारी जाँचका क्रममा विना रसिद सर्बसाधारणबाट रकम घुस लिएको पत्ता पाए पछी ट्राफिक प्रहरी जवान गोपालराज कुँवरलाई नियन्त्रणमा लिएकी हुन् । कुवरले सवारी जाँचका क्रममा चालकसंग विना रसिद ७ सय रुपैया लिएको नेपालीपत्रमा खबर छ ।

दाङ घोराहीको शहिद गेटमा डिउटीमा खटिएका प्रहरी जवान कुँवर माथि एउटा ट्रकसंग रुटपरमिट नभएको भन्दै दुई सय र एउटा मोटरसाईकल चालकसंग लाईसेन्स नभएको भन्दै पाँभ सय रुपैयाँ असुलेको आरोप छ । जरिवाना भन्दै बिना रसिद रकम असुलेको सूचना आएपछि आफै गएर डिउटीमा खटिएका जवानलाई नियन्त्रणमा लिएको एसपी सिंहले जानकारी दिइन् ।

कुवरलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेपछि सोधपुछ गर्दा ७ सय रुपैयाँ असुलेको स्वीकारी सकेको र उनलाई निलम्बन गरिएको एसपी सिंहले जानकारी दिइन् । ६ महिनालाई निलम्बन गरिएको र सो अवधीमा आवश्यक विभागीय छानबीन हुने र त्यसपछि कारबाहीको टुंगो लाग्ने एसपी सिंहको भनाई छ ।

सोमबार बिहान ६ बजेदेखि १० बजेसम्म कुँवरलाई जिल्ला ट्राफिकले शहिद गेटमा डिउटी खटाएको थियो । जिल्ला प्रहरी कार्यालयमा केही दिन पहिले अञ्चल प्रहरी गुल्म भेरीबाट काजमा दाङ आएका कुँवर सोमबार पहिलो पटक डिउटीमा खटिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए । नया ठाउमा कसैले नचिन्ने भए पछी उनले घुस लिन उक्सिएको आशंका गरिएको छ ।

(Valium)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
भोलि राष्ट्रियसभा निर्वाचनको मनोनयन दर्ताका लागि यस्तो छ आयोगको तयारी
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
यसरी गर्नेछ घरभेटीले तपाईंको समस्याको समाधान -सिइओ राजन दाहाल
के गच्छदारलाई फसाइएकै हाे ?
के गच्छदारलाई फसाइएकै हाे ?
आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने
आजको मौसमः पश्चिमी वायुको आंशिक प्रभाव रहने
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
त्रिभूवन राजपथमा जामका कारण बिरामीको बाटोमै मृत्यु
कोरोना भाइरस संक्रमण : मापसे चेकिङ स्थगित
कोरोना भाइरस संक्रमण : मापसे चेकिङ स्थगित
प्रहरी कार्यालय भित्रै  शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?
प्रहरी कार्यालय भित्रै शव फेला, झुण्डिएको कि झुन्ड्याइएको?
डेङ्गुविरुद्ध भारतको ऐतिहासिक कदम: जापानी खोप ‘क्युडेङ्गा’ लाई अनुमति, महामारी नियन्त्रणमा नयाँ आशा
डेङ्गुविरुद्ध भारतको ऐतिहासिक कदम: जापानी खोप ‘क्युडेङ्गा’ लाई अनुमति, महामारी नियन्त्रणमा नयाँ आशा
मलेसिया रोजगारी संकटमा : श्रम मन्त्री भन्छन् – कुटनीतिक पहल भईरहेको छ
मलेसिया रोजगारी संकटमा : श्रम मन्त्री भन्छन् – कुटनीतिक पहल भईरहेको छ

तपाईंले छुटाउनुभयो कि?