कोरोना भाइरस संक्रमण : मापसे चेकिङ स्थगित

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, चैत्र ७, २०७६
|
|
३८ पटक हेरिएको
Shares
कोरोना भाइरस संक्रमण : मापसे चेकिङ स्थगित

सारांश

  • काठमाडौं।
  • कोरोना भइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मादक पदार्थ सेवन (मापासे) जाँच गर्ने भएको छ।
  • महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापासे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताए।

काठमाडौं। कोरोना भइरस (कोभिड–१९)को संक्रमणका कारण ट्राफिक प्रहरीले अत्यावश्यक अवस्थामा मात्र मादक पदार्थ सेवन (मापासे) जाँच गर्ने भएको छ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले कोरोना संक्रमणको जोखिमलाई ध्यान दिएर मापासे जाँच गर्ने तरिकामा केही परिवर्तन गरिएको बताए। अत्याधिक मात्रामा मापसे सेवन गरी सवारी चलाएको भेटिए अस्पतालमा लगेर परीक्षण गरी आफन्तको जिम्मा लगाइने उनले बताए। उनले पहिले जस्तो मेसिन लगाएर जाँच नगर्ने तर चालकले मापासे गरेको आशंका लागेमा अस्पताल लगेर जाँच गर्ने व्यवस्था गरिएको बताए। जोखिमको अवस्थमा प्रहरीले चेक जाँच खुकुलो बनाएको मौकामा मापासे गरेर सवारी साधन नचलाउन समेत ढकालले आग्रह गरे।
महाशाखा प्रमुख ढकालले ट्राफिक प्रहरीले कोरोनाको संक्रमणबाट बच्न शुक्रबारदेखि जनचेतनाको अभियान सञ्चालन गरिएको बताए। उपत्यकाका ८० भन्दा बढी स्थानमा ट्राफिक प्रहरीको टिम परिचालन गरी कोरोना संक्रमणको जोखिमबाट बच्ने जनचेतनामुलक अभियान सञ्चालन गरिएको बताए। ‘मास्क लगाऔं, भिडभाड नगरौं, हात धोऔं’ लेखिएका ब्यानर सहित नागरिकमा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिएको उनले बताए।
ट्राफिक प्रहरीले उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुमा भिडभाड हुन नदिन र सवारी साधनको सरसफाइलाई ध्यान दिन यातायात व्यवसायीहरुलाई समेत सचेत गराएको छ। त्यस्तै ट्राफिक प्रहरी भित्र पनि कोरोना भाइरसको सचेतना कार्यक्रम गरी सावधानी अपनाइएको छ। त्यस्तै विभिन्न चेकजाँचमा परी लाइसेन्स, बिलबुक लिन जानेहरु दिने सचेतना कक्षा समेत तत्काल स्थगित गरिएको बताए। यद्यपी सचेतना कक्षा पछि लिइने गरी लाइसेन्स र विलबुक उपलब्ध गराइने उनले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
अख्तियारमा स्थानीय तहका उजुरी धेरै
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
गोंगबुमा फेला परेको टाउको र खुट्टा अलग अवस्थाको शव पहिचान, बेहोस बनाइ संवेदनशील अङ्गमा हथौडाले प्रहार
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
बालुवाटार बैठक: प्रदेश राजधानी, प्रमुख र राष्ट्रियसभा निर्वाचनको मिति तोक्ने सहमति
अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह
अनिवार्यरुपमा आचारसंहिता पालना गर्न आग्रह
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
जिपले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु
मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
मलेसियामा साथीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ
देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु
देशभर बाढीपहिरोमा परी एक सय आठको मृत्यु
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको निधन
सर्लाहीबाट काठमाडौं आउँदै गरेको ट्रक त्रिशुलीमा खस्यो, दुई जनाको निधन

तपाईंले छुटाउनुभयो कि?