अब मृतक कामदारका परिवारलाई २२ लाख क्षतिपूर्ति

Abhiyanpost Abhiyanpost
|
बिहिबार, श्रावण २५, २०८०
|
|
५१ पटक हेरिएको
Shares
अब मृतक कामदारका परिवारलाई २२ लाख क्षतिपूर्ति

सारांश

  • काठमाडौं।
  • सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत् उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्‍याउने भएको छ।
  • हाल वैदेशिक रोजगारीका क्रममा मृत्युका परिवारले म्यादी बिमाबाहेक सात लाख रुपैयाँमात्र क्षतिपूर्ति पाउँदै आएका छन् ।

काठमाडौं। सरकारले वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कामदारका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत् उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्‍याउने भएको छ। हाल वैदेशिक रोजगारीका क्रममा मृत्युका परिवारले म्यादी बिमाबाहेक सात लाख रुपैयाँमात्र क्षतिपूर्ति पाउँदै आएका छन् ।

उक्त रकम दोब्बर बढाएर १५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगार नियमावली २०६४ को पाँचौँ संशोधनमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका श्रमिकको करार अवधि वा करार अवधि सकिएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अंगभंग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले एक वर्षभित्र बोर्डमा नियमअनुसार आर्थिक सहायताका लागि पीडित परिवारले निवेदन दिन पाउने व्यवस्था छ। सोही व्यवस्थाअनुसार मृतकका परिवारले बिमाबाहेक सात लाख रुपैयाँ क्षतिपूर्ति पाउने गरेको श्रम मन्त्रालयले जनाएको छ।

सरकारले मृतकका परिवारले पाउँदै आएको रकम दोब्बर बढाउन लागेको श्रम मन्त्रालयका सह-सचिव राजिव पोखरेलले जानकारी दिए।

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकका हकवालाले नियमअनुसार पाउने बिमाबाहेक रकम १५ लाख रुपैयाँ बनाउने तयारी भइरहेको र चाँडै निर्णय हुने उनको बताए।

सहसचिव पोखरेलले भने, ‘विगतमा बिमाबाहेक सात लाख रुपैयाँमात्रै विदेशमा मृत्यु भएका कामदारका परिवारले पाउँदै आएका थिए। अब यो रकम दोब्बर हुनेछ। मृतक कामदारका परिवारले मात्र होइन। मृत्यु, अंगभंग, बिरामी भएका र अन्य समस्याबाट फर्किएका कामदारको पनि क्षतिपूर्ति रकम वृद्धि हुन्छ।’

वैदेशिक रोजगारीका लागि बिमा गरिसकेको अवस्थामा स्वदेश वा विदेश जहाँ, जसरी, जुनसुकै कारणले मृत्यु भए पनि त्यस्ता मृतक व्यक्तिको हकमा बिमा कम्पनीहरूले बिमाबापतको करिब सात लाख रुपैयाँ नै क्षतिपूर्ति दिँदै आएका छन्।

आगामी दिनमा वैदेशिक रोजगारीका क्रम मृत्यु भएका कामदारका परिवारले २२ लाख रुपैयाँ क्षतिपूर्ति पाउनेछन्।

त्यस्तै, मृतक कामदारका परिवारले पाउने छात्रवृत्तिसमेत श्रम मन्त्रालयले बढाउने भएको छ। हाल वार्षिक आठ हजार छात्रवृत्ति पाइरहेको परिवारका सन्तानले १२ हजार र १२ हजार रुपैयाँ पाइरहेका परिवारले १८ हजार रुपैयाँ पाउने गरी छात्रवृत्ति रकम बढ्ने श्रम मन्त्रालयले जनाएको छ।

वैदेशिक रोजगारीका क्रममा विदेशमा मृत्यु, अंगभंग, बिरामी भएका र अन्य शीर्षकमा सरकारले क्षतिपूर्ति दिँदै आएको छ। सरकारले एक वर्षमा वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग, बिरामी तथा मृतकका सन्ततिको शिक्षाका लागि ८५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

वैदेशिक रोजगार बोर्डले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को तथ्यांकअनुसार वैदेशिक रोजगारीका क्रममा ४५ महिलासहित एक हजार दुई सय आठ नेपाली श्रमिकको विदेशमा मृत्यु भएको छ। जसअन्तर्गत उनीहरूका आफन्तलाई मात्र बोर्डले ६५ करोड ५१ लाख आर्थिक सहयोग गरेको थियो।

अघिल्लो वर्ष विदेशमा मृत्यु भएर बोर्डबाट आर्थिक सहायता लिनेको संख्या एक हजार चार सय ७९ थियो। सो अवधिमा बोर्डले मृतक आफन्त, अंगभंग, बिरामी, उद्धार, शव व्यवस्थापन अभिमुखीकरण र छात्रवृत्तिका लागि ८४ करोड ८० लाख १० हजार सात सय रुपैयाँ वितरण गरेको जनाएको छ।

बोर्डबाट प्रदान हुने आर्थिक सहायतालगायतका सेवा वैदेशिक रोजगार कल्याणकारी सूचना व्यवस्थापन प्रणालीबाट प्रदान भइरहेको छ । क्षतिपूर्ति रकम पाउन मृत्यु भएका कामदारको हकमा सम्बद्ध व्यक्तिको राहदानी, श्रम स्वीकृति पत्र, करारपत्र, मृत्यु प्रमाणपत्र, हकवालाको नाता प्रमाणित भएको प्रमाण, सम्बद्ध मुलुकमा रहेको दूतावासको सिफारिस पत्रलगायतका कागजात पेश गर्नुपर्ने व्यवस्था छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
कोरोना प्रभावित क्षेत्रबाट तत्काल नेपालीलाई उद्धार गर्न सरकारको ध्यानाकर्षण
वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु
वैदेशिक रोजगारीका क्रममा रोल्पाका ३९ को मृत्यु
पर्सामा मतदातालाई वितरण गर्न राखिएको  ट्युववेल र  पाइप बरामद
पर्सामा मतदातालाई वितरण गर्न राखिएको ट्युववेल र पाइप बरामद
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
‘हिन्दूराष्ट्र नेपाल’ माग्दै भारतमा गतिविधि, त्यसको प्रभाव काठमाण्डूमा कति?
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु
Zia Orphanage Trust case: Khaleda’s bail extended till Sep 5
Zia Orphanage Trust case: Khaleda’s bail extended till Sep 5
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
परराष्ट्रमन्त्री ज्ञवालीले चीन पुगेर राखे यी ५ कुरा…
एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर
एक वर्षमा १६ हजारभन्दा बढी भ्रष्टाचारसम्बन्धी उजुरी, १ सय ३१ वटा मुद्दा दायर
पप्पु कन्स्ट्रक्सनले कमला नदीमा पुल नसकेपछि अनसन शुरु
पप्पु कन्स्ट्रक्सनले कमला नदीमा पुल नसकेपछि अनसन शुरु

तपाईंले छुटाउनुभयो कि?