अमेरिकी राजदुतको ‘राजदुतसँग गफगाफ’ रोक्न परराष्ट्रको निर्देशन !

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ९, २०७६
|
|
४६ पटक हेरिएको
Shares
अमेरिकी राजदुतको ‘राजदुतसँग गफगाफ’ रोक्न परराष्ट्रको निर्देशन !

सारांश

  • नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले सामाजिक सञ्जालका फलोअर्ससँग अन्तरक्रिया गर्ने भन्दै सुरु गर्ने घोषणा गरेको ‘राजदूतसँग गफगाफ’ सिरिजप्रति परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको छ ।
  • परराष्ट्र स्रोतका अनुसार राजदूतले तयारी गरेको सिरिज रोक्नका लागि निर्देशन दिइएको छ ।
  • तर यसबारे स्पष्ट रुपमा परराष्ट्र मन्त्रालयले बताएको छैन ।

नेपालका लागि अमेरिकी राजदूत र्याण्डी डब्लु बेरीले सामाजिक सञ्जालका फलोअर्ससँग अन्तरक्रिया गर्ने भन्दै सुरु गर्ने घोषणा गरेको ‘राजदूतसँग गफगाफ’ सिरिजप्रति परराष्ट्र मन्त्रालयले चासो व्यक्त गरेको छ । परराष्ट्र स्रोतका अनुसार राजदूतले तयारी गरेको सिरिज रोक्नका लागि निर्देशन दिइएको छ । तर यसबारे स्पष्ट रुपमा परराष्ट्र मन्त्रालयले बताएको छैन । परराष्ट्र मन्त्रालयले गफगाफ सिरिजबारे चासो व्यक्त गर्दै यसबारे जानकारी लिन मंगलबार अमेरिकी राजदूत बेरीलाई मन्त्रालयमा बोलाएको थियो । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीले मंगलबार मन्त्रालयमा राजदूत बेरीसँग छलफल गरेका हुन् ।

सो भेटमा योजनामा रहेको सिरिजका बारेमा बैरागीले चासो व्यक्त गरेको उल्लेख गरिएको छ । तर परराष्ट्र मन्त्रालयले विस्तृत विवरण दिएको छैन । तर बैरागीले कुनै पनि कूटनीतिक अधिकारीले स्वेच्छाले यस्तो खालको संवाद गर्न नमिल्ने बताएका छन् । यसको अर्थ, राजदूत बेरीको योजनामा रहेको सिरिज रोक्ने पक्षमा सरकार रहेको छ ।

राजदूत बेरीले आफ्नो केही महिनाको नेपाल बसाईको क्रममा सबै फलोअर्ससँग भेटघाट गर्न नसक्ने सम्भावना नरहेको बुझेपछि ‘गफगाफ’ सिरिज सुरु गर्न लागेको उल्लेख गरेका छन् । राजदूत बेरीले आफू सामाजिक सञ्जालमा रहेका सबैसँग अन्तरक्रिया गर्नका लागि सिरिज रहेको बताउँदै आएका छन् । देश सञ्चारबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?