अव जुगाको लडाई नलडि राष्ट्रको हित खोज्छौँ: प्रधानमन्त्री ओली
सारांश
- काठमाडौं , २१ जेठ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले अव जुगाको लडाई नलड्ने राष्ट्रको हित खोज्ने बताएका छन्।
- ओलीले ‘नेपालले नयाँ उचाइमा छिमेकीहरुसँगको सम्बन्ध विस्तार गरेको र अव खोक्रो दावी मात्रै गर्दैनौ गरेर देखाउने बताएका छन ।
काठमाडौं , २१ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले अव जुगाको लडाई नलड्ने राष्ट्रको हित खोज्ने बताएका छन्।
ओलीले ‘नेपालले नयाँ उचाइमा छिमेकीहरुसँगको सम्बन्ध विस्तार गरेको र अव खोक्रो दावी मात्रै गर्दैनौ गरेर देखाउने बताएका छन ।’ एकजुट भएर राष्ट्रिय सार्वभौमसत्ता अगाडि बढेको भन्दै हाम्रा आन्तरिक मामिलामा कसैले हस्तक्षेप गर्न नसक्ने अाेलीकाे दाबि रहेको थियो ।
प्रदेश ३ को प्रदेशसभालाई सोमबार हेटौडामा सम्बोधन गर्ने क्रममा ओलीले अझै पनि कतिपय क्षेत्रमा बस्ने तथा खाने र बालबालिका स्कुल जाने अवस्था नहुनु दुखद् भएको बताए। ओलीले सबैलाई समान अधिकार दिन र विकासको मूल मार्गमा ल्याउनका लागि सबै भाषा, क्षेत्र तथा जातजातीका लागि आरक्षण र समानुपातिक व्यवस्था गरिएको बताए। उनले कुनै पनि नागरिकले अधिकार उपभोग गर्ने सामर्थ्य राख्दैन भने विशेष नीति तर्जुमा गरेर अगाडि बढ्ने नीति लिएको बताए।
अधिकार उपभोग गर्न सक्दैन भने उसलाई विशेष नीति बनाएर अधिकार उपभोग गर्ने बनाउनुपर्छ । ओलीले सबैलाई समान अधिकार दिन र विकासको मूल मार्गमा ल्याउनका लागि सबै भाषा, क्षेत्र तथा जातजातीका लागि आरक्षण र समानुपातिक व्यवस्था गरिएको बताए। उनले कुनै पनि नागरिकले अधिकार उपभोग गर्ने सामर्थ्य राख्दैन भने विशेष नीति तर्जुमा गरेर अगाडि बढ्ने नीति लिएको बताए।
अबको केही वर्षभित्र पनि कसैले भिख माग्नुपर्ने अवस्था आयो भने सरकारको नीति, कार्यक्रम र प्रणालीको अर्थ नहुने प्रधानमन्त्रीले बताएका छन । ओली भ्रष्टाचार गर्नेहरुको अनुहार नहेरी कारबाही गर्ने चेतावनी दिएका छन्। भ्रष्टाचारमा सरकारले कति पनि सम्झौता नगर्ने भन्दै उनले आफ्नो पार्टी वा जो सुकै भएपनि उनीको अनुहार तथा पृष्ठभुमी नहेरी कारबाही गरिने बताए।
Limbu Man
अब पालो आइ हाल्यो होइन त? पालो न आको भए पेट्रोल को भाउ पाच पटक त के 1 पटक बृदी भको भएनी सडकमा आगो बाल्ने टोडफोड गर्ने जस्ता उताउलो काम गरि हाल्थ्योउ