अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग

Abhiyanpost Abhiyanpost
|
मंगलबार, पौष २५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न मधेशवादी दलको माग

सारांश

  • ५ पुस, काठमाडौं ।
  • राष्ट्रिय जनता पार्टीका नेता जितेन्द्र सोनलले मधेशी जनतालाई सरकारले उपेक्षा गरेको अरोप लगाएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता सोनलले शीतलहरका कारण जनजीवन अस्तव्यस्त हुँदासमेत सरकारले चासो नदेखाएको बताएका हुन् ।

५ पुस, काठमाडौं । राष्ट्रिय जनता पार्टीका नेता जितेन्द्र सोनलले मधेशी जनतालाई सरकारले उपेक्षा गरेको अरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता सोनलले शीतलहरका कारण जनजीवन अस्तव्यस्त हुँदासमेत सरकारले चासो नदेखाएको बताएका हुन् ।
“मुलुकमा सरकार नै छैन जस्तो आभास भएको छ ।” सोनलले भने ।

आफूहरुले सकेजति दाउरा र कपडाको व्यवस्था गर्ने प्रयास गरिरहेको भन्दै सोनलले व्यक्तिले भन्दा पनि सरकारले दायित्व पूरा गर्नुपर्नेमा जोड दिए ।
“राजनीति व्यक्ति र दलले के गर्न सक्छ ? गर्ने त सरकारले हो ।” सोनलले भने ।

फरक प्रसङ्गमा नेता सोनलले ठूला दलहरु संघीयतालाई धरापमा पार्ने षडयन्त्रमा लागि परेको आरोप लगाए । प्रदेशको अस्थायी राजधानी नतोकेर सरकारले संघीयता विरोधी काम गरेको उनको आरोप थियो ।

सम्बन्धित प्रदेशमा नै सपथ ग्रहण गर्ने व्यवस्था गर्नुपर्ने माग उनले गरेका छन् । आफूहरु काठमाण्डौमा आएर सपथ खान नसक्ने भन्दै सोनलले भने, “काठमाण्डौमा आएर सपथ खानका लागि प्रदेशसभाको चुनाव जितेको होइन ।”

प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न सोनलले माग गरेका छन् । अस्थायी राजधानीबाट नै बाँकी काम सुरु हुने भन्दै उनले काठमाण्डौलाई अस्थायी राजधानी मान्न नसकिने स्पष्ट पारे ।

यसअघि सोमबार राजपाका शीर्ष नेता राजेन्द्र महतोले पनि प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तत्काल तोक्न सरकारसँग माग गरेका थिए ।रिपोर्तेर्स नेपाल बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
ई-पेपर बेलायती पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमा याचना
यी हुन् सातवटै प्रदेशमा एमालेका सम्भावित मुख्यमन्त्री
यी हुन् सातवटै प्रदेशमा एमालेका सम्भावित मुख्यमन्त्री
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
मोटरसाइकलको ठक्करले उछिटिट्एकी महिलाको शरीरमा तीनवटा सरिया
बुधवार २५५ कोरोना संक्रमित थपिए
बुधवार २५५ कोरोना संक्रमित थपिए
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
वामदेव गाैतम सासंद बन्नबाट बञ्चित : वाम गठबन्धनले गुमायाे दुर्इ ‘हभिवेट’ नेता !
बाढीका कारण सुनसरीका आधा दर्जन बस्ती डुबानमा
डा. गोविन्द केसीलाई पक्रन आदेश दिने प्रधानन्यायाधिसको नागरिकता सच्याएको सम्बन्धी छानविन कसले गर्ने ?
डा. गोविन्द केसीलाई पक्रन आदेश दिने प्रधानन्यायाधिसको नागरिकता सच्याएको सम्बन्धी छानविन कसले गर्ने ?
प्लस साइजको ज्याक्पट अफर : ५ रुपैयाँमै पाइन्छ रोजे जतिको लुगा
प्लस साइजको ज्याक्पट अफर : ५ रुपैयाँमै पाइन्छ रोजे जतिको लुगा
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
राष्ट्रिय सुरक्षालाई सुदृढ तुल्याउन अन्तर निकाय समन्वय र सहकार्य बलियो हुनुपर्छ ः प्रधानमन्त्री
बैंस नआएका लालीगुराँस
बैंस नआएका लालीगुराँस

तपाईंले छुटाउनुभयो कि?