आज पुस १९ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष १९, २०७४
|
|
६० पटक हेरिएको
Shares
आज पुस १९ गते : हेर्नुहोस् कहाँ के-के घटनाहरु भए ?

सारांश

  • लागूऔषध सहित पक्राउ  धादिङको बेनिघाट गाउँपालिका–११ घर भएका ३० बर्षीय देवलाल तामाङलाई प्रहरीले अवैध लागूऔषध चरेस ९ किलो सहित पक्राउ गरेको छ ।
  • चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकपोष्टमा धादिङ्गबाट काठमाडौँतर्फ आउँदै गरेको बा.
  • ४ ख ७३८० नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा तामाङले झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले बुधबार उक्त चरेश बरामद गरी उनलाई पक्राउ गरेको हो ।

लागूऔषध सहित पक्राउ 
धादिङको बेनिघाट गाउँपालिका–११ घर भएका ३० बर्षीय देवलाल तामाङलाई प्रहरीले अवैध लागूऔषध चरेस ९ किलो सहित पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–२ नागढुंगास्थित चेकपोष्टमा धादिङ्गबाट काठमाडौँतर्फ आउँदै गरेको बा.४ ख ७३८० नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा तामाङले झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले बुधबार उक्त चरेश बरामद गरी उनलाई पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं चन्द्रागिरी नगरपालिका–२ नागढुंगा चेकपोष्टमा भारतको बरौनीबाट काठमाडौँतर्फ आउँदै गरेको ना.५ ख १६१० नम्वरको यात्रुबाहक बसका चालक मकवानपुर घर भएका ३१ बर्षीय बिक्रम लामा र सह–चालक सोही ठाउँका २४ बर्षीय रवि लोप्चनलाई चालकको सिटमुनी लुकाई छिपाई ल्याएको लागूऔषध कोरेक्स एकसय एमएलको ६ बोतल र भारतीय रुपैयाँ १६ हजार सहित महानगरीय प्रहरी प्रभाग नागढुंगाको प्रहरीले बुधबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुुसन्धान गरिरहेको छ ।

 मोटरसाइकल चोरी गर्ने पक्राउ
सर्लाही मलंगवा नगरपालिकाको बिभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने गिरोह मध्येका रौतहटको राजपुर नगरपालिका–९ बैरिया टोल बस्ने १८ बर्षीय मो. मजिदलाई चोरीको मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको छ ।
मलंगवा नगरपालिकाबाट विभिन्न मितिमा हराएका मोटरसाइकल खोजतलास गर्ने क्रममा सोमबार र मंगलबार प्रहरीले अपाची २ थान, पल्सर २ थान, गल्यामर २ थान र होण्डा कम्पनीको स्कुटर १ थान समेत गरी ७ थान मोटरसाइकल बरामद गरी उनलाई नियन्त्रणमा लिएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 सवारी दुर्घटनामा मृत्यु
सिराहा धनगढीमाई नगरपालिका–८ बस्ने रामकुमार शर्माकी डेढ वर्षीया छोरी सपनाकुमारी शर्माको स.१ त ५४७० नम्बरको ट्याक्टरले बुधबार ठक्कर दिँदा मृत्यु भएको छ । अर्नामा गाउँपालिका–३ स्थित मामाघर आएको अवस्थामा खेलिरहेकी ती बालिकालाई घरबाट ट्याक्टर निकाल्ने क्रममा अचानक ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।
हाल फरार रहेको उक्त ट्याक्टरका चालकको प्रहरीले खोजी गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

 करेन्ट लागेर मृत्यु 
रुपन्देही सैनामैना नगरपालिका–१ बेमतनी बस्ने ३५ बर्षीय भिकु थारुको करेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने नेत्र घर्तीको घर ढलान गर्ने क्रममा फलामको सरियाले हाईटेन्सनको लाईनको तारमा छुन जाँदा बुधबार करेन्ट लागेर असक्त भएका थारुको लुम्बिनी अंचल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 मृत अवस्थामा फेला 
स्याङजा वालिङ नगरपालिका–१४ बस्ने ३५ बर्षीय उमानाथ कुँवर सोही ठाउँको मनिखोलास्थित वालिङ–हुवास–पर्वत सडकको नालीमा बुधबार मृत फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बर्दिया  बर्दिया नगरपालिका–९ बस्ने ७६ वर्षीय ज्योति सिंह खत्री मंगलबार मृत अवस्थामा फेला परेका छन् । सोही ठाउँस्थित जनकल्याण सामुदायिक बनमा घाँस काट्न गएका खत्री घर नफर्केपछि खोजी गर्ने क्रममा रुखबाट लडेर मृत्यु भएको अवस्थामा फेला परेका हुन् ।मकवानपुर काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको ना.६ ख ५१५३ नम्बरको रात्री बसमा यात्रा गरिरहेका महोतरी बलुवा–३ बस्ने ३५ वर्षीय अनिलकुमार राय बसको सिटमै बुधबार मृत अवस्थामा फेला परेका छन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 कठ्याङग्रीएर मृत्यु 
मोरङ
बिराटनगर महानगरपालिका–१२ बस्ने सत्यनारायण सरदारको घरमा पाहुना आएका कटहरी गाउँपालिका–५ बस्ने ४० बर्षीया आशा सरदारको मंगलबार जाडोले कठ्याङग्रीएर मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा मृत्यु तथा घाइते
दाङ  राप्ती गाउँपालिका–८ पिपरीस्थित सडकमा टायर पञ्चर भई रोकी राखेको रा.१ त १४०९ नम्बरको ट्याक्टरमा लु.२४प ८८२४ नम्बरको मोटरसाइकल मंगलबार ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक २५ वर्षीय शम्भु चौधरीको लमही अस्पताल दाङमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिराहा गोलबजार नगरपालिका–३ स्थित राजमार्गमा स.६ प ३५०२ नम्बरको मोटरसाइकल मंगलबार अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार सुखिपुर नगरपालिका–६ बस्ने १९ वर्षीय मनोज रामको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मनोज सहित ४ जनालाई उपचारको लागि गोलबजारस्थित आकास गंगा मेडिकल लगिएकोमा राउ अस्पतालमा लहानमा थप उपचारको क्रममा उनको मृत्यु भएको हो ।

सुनसरी  कोशी गाउँपालिका–३ राजापोखरीमा को.११ प ६२५९ नम्बरको मोटरसाइकल बुधबार अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार दुहवी नगरपालिका–११ बस्ने ३० वर्षीय राजेन्द्र पासवानको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 माछा पोखरीमा डुबेर मृत्यु
सर्लाही बिष्णु गाउँपालिका–८ बतरौल बस्ने ७४ वर्षीया फुलवादेवी यादब सोही ठाउँ बस्ने अबध बिहारी राय यादबको माछा पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा बुधबार फेला परेकी छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 आगलागीबाट धनमाल क्षति
दोलखा  बैतेश्वर गाउँपालिका–२ गोपीखोला बस्ने डम्मरबहादुर बस्नेतको गोठमा मंगलबार बिद्युत सर्ट भई आगलागी हुँदा गोठ र गोठमा रहेको ६० मुरी धान तथा सोही ठाउँकी माया श्रेष्ठको करीव ३० हजार रुपैयाँ मुल्य बराबरको पराल समेत जलेर करीब २ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
रुकुम  त्रिवेणी गाउँपालिका–९ टिल्पी बस्ने मनकला दमाईको घरमा मंगलबार चुलोबाट आगलागी हुँदा लत्ताकपडा, भाडावर्तन समेत गरी करीब १ लाख ११ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
रौतहट  फतुवा बिजयपुर नगरपालिका–११ हिमलीवास बस्ने काजी श्रेष्ठको फर्निचरमा बुधबार बिद्युत सर्ट भई आगलागी हुँदा काठ, टेबल, कुर्ची लगायतका सामान जलेर करीब ३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?