आज भिमाद कप फाइनल : नवयुग श्रेष्ठ र सरोज कार्कीको टिमबीच भिडन्त

Abhiyanpost Abhiyanpost
|
सोमबार, माघ ८, २०७४
|
|
४८ पटक हेरिएको
Shares
आज  भिमाद कप फाइनल : नवयुग श्रेष्ठ र सरोज कार्कीको टिमबीच भिडन्त

सारांश

  • तनहुँ – तनहुँको भिमादमा जारी तेस्रो भिमाद कप नकआउट फुटवल प्रतियोगीताको फाइनलमा जलथल एफसी झापा र एनएसी युएसए भिमाद आज भिड्ने भएका छन् ।
  •  फाइनल खेल आज २ बजे हुनेछ ।
  • शनिबार भएको पहिलो सेमिफाइन खेलमा राजदल गण खैरेनीटार माथि ४-० गोलको प्रभावशाली जित दर्ता गर्दै जलथल एफसी झापाले फाइनल यात्रा तय गरेको हो ।

तनहुँ – तनहुँको भिमादमा जारी तेस्रो भिमाद कप नकआउट फुटवल प्रतियोगीताको फाइनलमा जलथल एफसी झापा र एनएसी युएसए भिमाद आज भिड्ने भएका छन् । फाइनल खेल आज २ बजे हुनेछ ।

शनिबार भएको पहिलो सेमिफाइन खेलमा राजदल गण खैरेनीटार माथि ४-० गोलको प्रभावशाली जित दर्ता गर्दै जलथल एफसी झापाले फाइनल यात्रा तय गरेको हो ।

झापाको लागि सरोज कार्कीले ह्याट्रिक तथा कर्ण लिम्बुले १ गोल गरेका थिए । कार्की खेलको म्यान अफ द म्याच घोषित भए ।

दोस्रो सेमिफाइनलमा आयोजक युवा क्लब भिमादलाई ० का विरुद्ध २ गोलले पराजित गदै एनएसी युएसए भिमादले जलथल एफसी झापासंगको फाइनल भेट पक्का गरेको हो ।

एनएसीको लागि दुवै गोल नवयुग श्रेष्ठले गरेका थिए । श्रेष्ठले खेल शुरु भएको १३ औँ मिनेट र पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । फरवार्ड श्रेष्ठ नै म्यान अफ द म्याच घोषित भए ।

विजेताले ३ लाख रुपैयाँ र उपविजेताले १ लाख ५० हजार रुपैयाँ सहित ट्रफी मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा उत्कृष्ट, खेलाडी, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्तालाई जनही नगद १०-१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?