आफ्ना उम्मेदवारलाई जिताउन सत्तासाझेदार दलको अपिल

Abhiyanpost Abhiyanpost
|
आइतबार, पौष २९, २०८०
|
|
५३ पटक हेरिएको
Shares
आफ्ना उम्मेदवारलाई जिताउन सत्तासाझेदार दलको अपिल

सारांश

  • काठमाडौँ ।
  • सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् ।
  • सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ ।

काठमाडौँ । सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् ।

सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि प्रस्तुत उम्मेदवार सबैका साझा भएको उल्लेख गरिएको छ । “नेपालको संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको सुदृढीकरणका लागि हामीले यो राजनीतिक गठबन्धन निर्माण गरेका हौँ”, अपिलमा अगाडि भनिएको छ, “देशमा दिगो शान्ति, सुशासन, विकास, समृद्धि र सामाजिक न्याया प्राप्त गर्ने हाम्रो साझा लक्ष्य हो ।”

अपिलमा ‘देशको उन्नतिका लागि राजनीतिक स्थिरता पूर्वशर्त भएको स्पष्ट पार्दै लोकतान्त्रिक गणतान्त्रिक प्रणालीको सुदृढीकरण, राजनीतिक स्थिरता, दिगो शान्ति, सुशासन र समृद्धिका लागि गठबन्धन प्रतिबद्ध रहेको र निष्ठापूर्वक क्रियाशील रहने प्रतिज्ञा गर्दछौँ’ उल्लेख गरिएको छ ।

निर्वाचनका क्रममा गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुनसक्नेतर्फ सचेत गराउँदै अपिलमा भनिएको छ, “यो निर्वाचन गठबन्धनलाई अझ सङ्गठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो । तसर्थ गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक छ । हामी सम्पूर्ण मतदातालाई राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरी अत्यधिक मतले विजय गराउन अपिल गर्दछौ ।”

सत्तासाझेदार दलका कृष्णप्रसाद सिटौला, चम्पादेवी कार्की, आनन्दप्रसाद ढुङ्गाना, पूजा चौधरी विष्णुदेवी पुडासैनी, जीतजङ्ग बस्नेत, श्रीकृष्णप्रसाद अधिकारी र घनश्याम रिजाललाई उम्मेदवार बनाएको छ । त्यसैगरी मनरुपा शर्मा, किरणबाबु श्रेष्ठ, पदमबहादुर परियार, विष्णुकुमारी सापकोटा, झक्कुप्रसाद सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, रेणु चन्द, बलदेव बोहोरा र नारायणदत्त भट्टलाई उम्मेदवार बनाएको छ ।

सत्तासाझेदारकातर्फबाट प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हस्ताक्षर गर्दै गठबन्धनका उम्मेदवरालाई विजयी गराउन आग्रह गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

योगेश भट्टराईले  रु. ९० हजार फिर्ता गर्ने, यस्ताे छ कारण
योगेश भट्टराईले रु. ९० हजार फिर्ता गर्ने, यस्ताे छ कारण
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !
चर्चित अनुहार जसको हारजितले राष्ट्रिय राजनीति तरङ्गित हुने छ !
शीर्ष तथा केन्द्रीय नेताः कसले कहाँबाट गरे मतदान ?
शीर्ष तथा केन्द्रीय नेताः कसले कहाँबाट गरे मतदान ?
ओखलढुंगामा पनि मतगणना शुरु
ओखलढुंगामा पनि मतगणना शुरु
आयोजना प्रमुखलाइ काठमाडौं छाड्न कुलमान घिसिङको चेतावनी !
आयोजना प्रमुखलाइ काठमाडौं छाड्न कुलमान घिसिङको चेतावनी !
सर्लाहीमा प्रहरी विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए
बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण
बाढी, पहिरो र सडक दुर्घटनाप्रति ध्यानाकर्षण
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय
गयल विद्यार्थीका अभिभावकले एक दिन विद्यालयमा काम गर्नुपर्ने विद्यालय
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
अहिलेसम्म ९४ स्थानीय तहको नतिजा सार्वजनिक, कांग्रेसभन्दा एमाले १० बढि स्थानमा विजयी
एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा
एनसेलले ल्यायो भ्यालेन्टाइन प्याक, यस्तो छ सुविधा

तपाईंले छुटाउनुभयो कि?