इतिहास रच्ने बाटोमा बार्सिलोना, ७२ मिनेटमा बराबरी
सारांश
- काठमाडौं, २४ वैशाख- ७२ मिनेटमा बेलको गोलको रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ ।
- बार्सिलोनाले ४५ मिनेट १० खेलाडीको भरमा खेलेको थियो ।
- यो बराबरीसँग ला लिगामा सिंगो सिजन अपराजित रहन तीन खेल बाँकी छ ।
काठमाडौं, २४ वैशाख- ७२ मिनेटमा बेलको गोलको रियल मड्रिडले ला लिगा च्याम्पियन बार्सिलोनासँग बराबरी खेलेको छ । बार्सिलोनाले ४५ मिनेट १० खेलाडीको भरमा खेलेको थियो । यो बराबरीसँग ला लिगामा सिंगो सिजन अपराजित रहन तीन खेल बाँकी छ ।
आइतबार राति भएको खेलमा चिरप्रतिद्वन्द्वी बार्सिलोना र रियलले २-२ को बराबरी खेले। नाउक्याम्पमा भएको खेलमा बार्सिलोनाले १० औं मिनेटमा नै लुइस स्वरेजको गोलबाट अग्रता लिएको थियो । तर फेरि ४ मिनेटपछि नै क्रिष्टियानो रोनाल्डोले बराबरी गोल गरे । पहिलो हाफको इन्जुरी टाइममा बार्सिलोनाका सार्गी रोबर्टोले रातो कार्ड पाए ।
१० खेलाडीमा सीमित बार्सिलोनाले दोस्रो हाफमा फेरि अग्रता लियो । उसका लागि ५२ औं मिनेटमा लिओनल मेस्सीले गोल गरे । तर, ७२ औं मिनेटमा बेलले बराबरी गोल गरे । दोस्रो हाफमा बार्सिलोना १० खेलाडीमा रहँदा रियलका रोनाल्डो घाइते भएका कारण मैदान बाहिर थिए । उनको स्थानमा एसेन्सिओ थिए । यो बराबरी बार्सिलोनाका लागि जित सरह हो ।
किनकी उ अझै चिरप्रतिद्वन्द्वी रियलभन्दा १५ अंकले अगाडि छ । साथै च्याम्पियन्स लिगको फाइनलमा पुगेको रियल पछिल्लो चार एल क्लासिको जित्न असफल रहृयो । यो बराबरीसँगै बार्सिलोनाले अब बाँकी तीन खेल नहारे ला लिगाको सिजन अपराजितको रेकर्ड बनाउनेछ ।
Bhim Lama Pakhrin
Congratulation Messi n team mates