इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण ५, २०७५
|
|
५३ पटक हेरिएको
Shares
इन्टरनेटको मूल्य घटाइने, सरकारले दियाे इन्टरनेट सेवा प्रदायक संघलाइ चेतावनि

सारांश

  • काठमाडाै, ५ साउन ।
  • अन्तर्राष्ट्रिय बजारमा आएको इन्टरनेटको मूल्यमा आएको र्‍हास अनुसार नेपालमा पनि मूल्य समायोजन गर्न समिति गठन भएको छ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको उपस्थितिमा मन्त्रालयमा भएको छलफलको निर्णय अनुसार समिति गठन भएको हो।

काठमाडाै, ५ साउन । अन्तर्राष्ट्रिय बजारमा आएको इन्टरनेटको मूल्यमा आएको र्‍हास अनुसार नेपालमा पनि मूल्य समायोजन गर्न समिति गठन भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाको उपस्थितिमा मन्त्रालयमा भएको छलफलको निर्णय अनुसार समिति गठन भएको हो।

छलफलमा मन्त्री सहित मन्त्रालयका उच्च अधिकारीहरु र इन्टरनेट सेवा प्रदायक संघ (इस्पान) का पदाधिकारीहरु सहभागी थिए। अन्तर्राष्ट्रिय बजारमा इन्टरनेट मूल्य घटेकाले उपभोक्तालाई थप आर्थिक भार नपर्ने गरी मूल्य समायोजन गर्न समिति गठन गरिएको छलफलपछि मन्त्रालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ। विज्ञप्तीका अनुसार समितिले मूल्य समायोजनका लागि लागत विश्लेषणका साथै नीतिगत तथा कानूनी उपाय खोज्नेछ।

समितिमा सञ्चार तथा सूचना प्रबिधि मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र इस्पानका प्रतिनिधि रहनेछन्। सेवा प्रदायकहरुले आफूले खरिद गरेभन्दा तीन गुणा महङ्गो मूल्यमा उपभोक्ताहरुलाई इन्टरनेट बिक्री गर्दै आएका थिए। आर्थिक बर्ष २०७५/०७६ को बजेट बक्तव्यमा बढेको करलाई आधार बनाउँदै इन्टरनेटको मूल्य बृद्धि गरेपछि मूल्य घटाउन सरकारले प्रयास थालेको थियो।

त्यसैक्रममा मन्त्रालयले इस्पानका प्रतिनिधिहरुलाई बोलाएर यसअघि दुई पटक मूल्य समायोजनका लागि आग्रह गर्दै आएको थियो। तर, उनीहरुले मानेका थिएनन्। मूल्य समायोजन नगर्ने हो भने सरकार कडाईका साथ प्रस्तुत हुने चेतावनीपछि शुक्रबार मन्त्रालय र इस्पानका प्रतिनिधिहरुबीच वार्ता भएको हो। समितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्नेछ। समितिको प्रतिवेदन अनुसार इन्टरनेट मूल्य समायोजन हुनेछ।

छलफलमा सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका साथै अर्थ मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायक संस्थाका प्रतिनिधि सहभागी थिए। छलफल इन्टरनेट सेवामा लागेको १३ प्रतिसत दुरसञ्चार शुल्कका बिषयमा आयोजना गरिएको थियो। त्यसैक्रममा अन्तर्राष्ट्रिय मूल्य बिपरित लिइएको मूल्यबारे कुरा उठेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदको तलब कति ?
प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसदको तलब कति ?
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता
हङ्‌कङको चुनावमा बेइजिङ समर्थकको हार, आन्दोलनकारीलाई ठूलो सफलता
फेरि ब्याटिङ नचल्दा नामिबियासँग हार
फेरि ब्याटिङ नचल्दा नामिबियासँग हार
सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
सर्वोच्चले दियो अर्को आदेश : सुमार्गीले बैंकबाट झिकेको रकम फिर्ता गर्नुपर्ने
बिरगंज हार्डवेयर एशोसिएसन को सातौ वार्षिक साधारण सभा ।
बिरगंज हार्डवेयर एशोसिएसन को सातौ वार्षिक साधारण सभा ।
उपसभामुखलाई राजिनामा गराइदै, को बन्ला नयाँ सभामुख ?
उपसभामुखलाई राजिनामा गराइदै, को बन्ला नयाँ सभामुख ?
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
राजपा नेता प्रदेश २ को सभामुखमा निर्विरोध निर्वाचित
९० सेकेण्डमै ७७ जिल्लाका नाम सहित सदमुकाम भन्ने यी व्यक्ति (भिडियो सहित)
९० सेकेण्डमै ७७ जिल्लाका नाम सहित सदमुकाम भन्ने यी व्यक्ति (भिडियो सहित)
राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री
राष्ट्रपति साझा व्यक्तित्व हुनुपर्छ : प्रधानमन्त्री
बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !
बिहे गर्न नमानेको भन्दै युवतीमाथि तातो घिऊ आँखामा !

तपाईंले छुटाउनुभयो कि?