उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक १, २०८१
|
|
४७ पटक हेरिएको
Shares
उद्घाटन खेलमा पाकिस्तानलाई ५-२ ले हराउँदै भारत विजयी

सारांश

  • काठमाडौं।
  • साफ महिला फुटबल च्याम्पियनशीप आजदेखि शुरु भएको छ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज च्याम्पियनशीपको उद्घाटनपछि प्रतियोगिताका खेलहरु शुरु भएका हुन्।

काठमाडौं। साफ महिला फुटबल च्याम्पियनशीप आजदेखि शुरु भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज च्याम्पियनशीपको उद्घाटनपछि प्रतियोगिताका खेलहरु शुरु भएका हुन्।

दशरथ रंगशालामा आयोजित उद्घाटन समारोहमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले बल हस्तान्तरण गर्दै च्याम्पियनशीपको शुभारम्भ गरेका हुन्।

च्याम्पियनशीपको उद्घाटन खेलमा भारत र पाकिस्तानबीच प्रतिस्पर्धा भएकोमा पाकिस्तानलाई ५-२ गोल अन्तरले हराउँदै भारत विजयी भयो। पहिलो हाफमै ४ -१ गोलको अग्रता बनाएको भारत विरुद्ध खेलको दोस्रो हाफमा पाकिस्तानले थप एक गोल गरेपनि जित आफ्नो पक्षमा पार्न सकेन।

आजको जितसँगै भारतले तीन अंक जोडेको छ। नेपालले भोलि भुटान विरुद्ध खेल्दै साफ च्याम्पियनशीपको यात्रा शुरु गर्नेछ। च्याम्पियनशिपमा नेपालसहित सात सार्क सदस्य राष्ट्रहरुले सहभागिता जनाएका छन्।

दुई समुहमा विभाजन गरी खेलाइएको प्रतियोगिताको पहिलो समूहमा भारत र पाकिस्तानसँगै साविक विजेता बंगलादेश रहेको छ। यसैगरी अर्को समूहमा आयोजक नेपालसहित भुटान, माल्दिभ्स र श्रीलंका छन्।

प्रतियोगिताको फाइनल खेल कात्तिक १४ गते हुनेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
व्यवस्थित हुँदै मन्त्रिपरिषद् निर्णय, हरेक बिहिबार लिखित सार्वजनिक
मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
मुम्बईमा भवन भत्किदा मृत्यु हुनेको संख्या १२ पुग्यो
अछाममा  नमूना मतदान सुरु
अछाममा नमूना मतदान सुरु
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना  स्थगित;
मुचुल्काभन्दा ३ मतपत्र बढी भेटिएपछि धनगढी उपमहानगरपालिकाको मतगणना स्थगित;
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
गुगलका संस्थापकहरूद्वारा कम्पनीको उच्च पदबाट हट्ने घोषणा
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
पर्यटनमन्त्रीलाई दुर्व्यवहार गरेको आरोपमा ज्ञानेन्द्र शाही पक्राउ
गोकर्णेश्वरको शिवचोकका सात घर सिल
गोकर्णेश्वरको शिवचोकका सात घर सिल
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
दरबारमार्ग ‘सामूहिक बलात्कार’ काण्डको रहस्य खुल्यो: खातामा लाखौं रकम भेटियो
संघीय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी, ओएनएम अन्तिम चरणमा
संघीय कर्मचारीको दरबन्दी घटाउने सरकारको तयारी, ओएनएम अन्तिम चरणमा
किन अाउँदैछन ४० देशका वामपन्थी युवाहरु काठमाडौंमा ?
किन अाउँदैछन ४० देशका वामपन्थी युवाहरु काठमाडौंमा ?

तपाईंले छुटाउनुभयो कि?