एक हजार भन्दा कम मत अन्तरले हार्ने चर्चित नेताहरु !

Abhiyanpost Abhiyanpost
|
शनिबार, पौष १, २०७४
|
२
|
५७ पटक हेरिएको
Shares
एक हजार भन्दा कम मत अन्तरले हार्ने चर्चित नेताहरु !

सारांश

  • वामदेव ७५३ मतले पराजित एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए ।
  • कांग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले वाम गठबन्धन बनाउन भूमिका खेल्ने वामदेवलाई पराजित गरेका हुन् ।
  • सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत ल्याए ।

वामदेव ७५३ मतले पराजित
एमाले उपाध्यक्ष वामदेव गौतम बर्दिया १ मा कांग्रेसका सञ्जय गौतमसँग ७५३ मतले पराजित भए । कांग्रेस बर्दिया जिल्ला सभापति रहेका सञ्जयले वाम गठबन्धन बनाउन भूमिका खेल्ने वामदेवलाई पराजित गरेका हुन् । सञ्जयले ४४ हजार ८२९ र वामदेवले ४४ हजार ७६ मत ल्याए ।

शेखर ६७५ मतले पराजित
मोरङ ६ मा कांग्रेस नेता शेखर कोइराला एमाले नेता लालबाबु पण्डितसँग ६७५ मतले पराजित भए । मोरङमा शेखरले ३३ हजार २६६ र पण्डितले ३३ हजार ९४१ मत ल्याए ।

जोशी ४४४ मतले पराजित
काठमाडौं ८ मा कांग्रेस नेता नवीन्द्रराज जोशी ४४४ मतले एमालेका जीवनराम श्रेष्ठसँग पराजित भए । ०७० मा यही क्षेत्रबाट जितेका जोशीले १२ हजार ९५३ मत ल्याउँदा श्रेष्ठले १३ हजार ३९७ मत प्राप्त गर्दै जित दर्ता गरे ।

गच्छदारसँग भगवती चौधरी ३२१ मतले पराजित
निर्वाचनको मुखैमा कांग्रेस फर्किएका विजयकुमार गच्छदारले रोचक जित हात पारे । सुनसरी ३ मा गच्छदारले एमाले उम्मेदवार भगवती चौधरीविरुद्ध ३२१ मतको रोचक जित हात पारेका हुन् । गच्छदारले ३८ हजार ९७२ र चौधरीले ३८ हजार ६५१ मत प्राप्त गरिन् ।

२५८ मतले लेखक पराजित
कञ्चनपुर ४ बाट कांग्रेस उम्मेदवार रमेश लेखक २५८ मतले पराजित हुन पुगे । मतगणना अवधिभर नै एमालेका दीपकप्रकाश भट्टसँग थोरै मतको घटबड भइरहँदा अन्ततः लेखक २५८ मतले पछि परेका हुन् । भट्ट २६ हजार तीन सय ६४ मत ल्याएर विजयी हुँदा लेखकले २६ हजार एक सय ६ मत मात्र प्राप्त गरे ।

मञ्जुविरुद्ध खड्काको ५४८ मतको जित
उदयपुर १ को प्रतिनिधिसभामा कांग्रेस नेता डा। नारायण खड्का ५४८ मतले विजयी बने । उनले ३३ हजार १४२ मत र एमालेकी मञ्जुकुमारी चौधरीले ३२ हजार ५९४ मत ल्याइन् । चौधरीले ०७० को संविधानसभा निर्वाचनमा २३ मतले पराजय बेहोरेकी थिइन् ।

नयाँपत्रीका  बाट!

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Narbahadaur Kunwar

    बामदेब करमठ नेतात हुन तर अाेलीकाे शिकार भए बिचरा

    Comment Author

    Shyam Shubham Giri

    सून ले चर्चित गराएको नेता बामदेव र कृष्ण महरा

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
प्रधानमन्त्री कार्यालयका सचिवको गाडी नेविसंघको कब्जामा
स्माईल प्लीज (कथा)
स्माईल प्लीज (कथा)
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
सरकारी कार्यालयहरु फुलफ्लेजमा सञ्चालनमा आउने
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
लोन्ली प्लानेटले छान्यो नेपालका उत्कृष्ट पदयात्रा मार्ग
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
सदनमा प्रतिनिधित्व गर्ने सबै दलको सहमतिमा राष्ट्रपतिको चुनाव हुनुपर्छ
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
भूमिहीनको सुखद दिन: इच्छाकामना र कनकाईका ३९ परिवारले पाए वर्षौँपछि जग्गाको लालपुर्जा
नेपालको २५० रन पुरा, सागर र दिपेन्द्रको सतकिय साझेदारी
नेपालको २५० रन पुरा, सागर र दिपेन्द्रको सतकिय साझेदारी
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
जेठ २७ गते सोमबारको राशीफल यस्तो छ, आज कुन राशीलाई के योग ?
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे

तपाईंले छुटाउनुभयो कि?