काँडाघारीबाट अपहरित ११ वर्षीय बालक मृत फेला

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २१, २०७५
|
|
३६ पटक हेरिएको
Shares
काँडाघारीबाट अपहरित ११  वर्षीय बालक मृत फेला

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं, २१ साउन । आइतबार साँझ काठमाडौंको काँडाघारीबाट अपहरित ११  वर्षीय बालक निशान खड्काको हत्या भएको छ ।ठिमी नगरपालिकास्थित एक घरभित्र हत्या गरिएको अवस्थामा खड्काको शव भेटिएको हो । सोमबार दिउँसो १२ बजे खड्काको शव भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले पुष्टि गरे ।

अपहरणकारीले खड्काको परिवारसँग ३० लाख रूपैयाँ फिरौती माग गरेका थिए ।उता, अपहरणकारीको खोजीमा गएको महाशाखाको टोलीसँग मुठभेडमा पर्दा दुर्इ अपहरणकारीको मृत्यु भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?